Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

बाइबलमा उल्लिखित सम्राट् अगस्टसको शिर पत्ता लाग्यो

“ती दिनमा कैसर अगस्‍टसले तिनको सारा साम्राज्‍यमा जनगणना लिनू भन्‍ने हुकुम जारी गरे । कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्‍टको जनगणना थियो । सबै जना नाउँ दर्ता गराउन आफ्‍नो-आफ्‍नो सहर गए” (लूका २:१-३) । पूरै बाइबलमा अगस्टसको नाउँ एक पटक मात्र देखा परे तापनि येशूको जन्मको विवरणमा तिनी उल्लेखनीय …

Read More »

विश्वासका रक्षकहरू: १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह

पुस्तकको नाम : विश्वासका रक्षकहरू: १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : २४८ मूल्य रु. : २२० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२२   “तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो ह्रदयमा उहाँको श्रद्धा गर । तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्यसको जवाफ दिन …

Read More »

बाइबलको विश्वव्यापी प्रभाव

पुस्तकको नाम : बाइबलको विश्वव्यापी प्रभाव सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : २०४ मूल्य रु. : १८० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२१   यस कृतिमा जम्माजम्मी ५ ओटा भाग छन् । संसारका सबै धर्मशास्त्र र पुस्तकहरूभन्दा बाइबल कसरी फरक छ भनी पहिलो भागमा प्रस्ट पारिएको छ । …

Read More »

ख्रीष्टियान विश्वास बौद्धिक विश्वास

पुस्तकको नाम : ख्रीष्टियान विश्वास बौद्धिक विश्वास सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : १५९ मूल्य रु. : १५० प्रकाशक : कमल अधिकारी प्रकाशन मिति : २०२०   यो ख्रीष्टियान रक्षाशास्त्रबारे लेखिएको पुस्तक हो । रक्षाशास्त्र ख्रीष्टियान ईश्वरशास्त्रको एउटा हाँगा हो जसले ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्दछ । चारवटा …

Read More »

सभ्यता निर्माणमा ख्रीष्टियान योगदान

पुस्तकको नाम : सभ्यता निर्माणमा ख्रीष्टियान योगदान लेखक/सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : २७२ मूल्य रु. : २५० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०२२ ISBN : 978-9937-1-2780-6   पुस्तकको नामबाटै प्रस्ट छ कि यो सभ्यता निर्माणमा ख्रीष्टियान योगदानबारे लिखित रचना हो । ख्रीष्टियान शिक्षाको नतिजास्वरूप मानव इतिहासमा अभ्यास …

Read More »

बाइबलका कठिनाइहरूको जवाफ: बाइबलका १५५ ओटा कठिनाइ तथा विरोधाभासको जवाफ (भाग २)

पुस्तकको नाम : बाइबलका कठिनाइहरूको जवाफ: बाइबलका १५५ ओटा कठिनाइ तथा विरोधाभासको जवाफ (भाग २) लेखक/सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : १८७ मूल्य रु. : १५० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०२१ परमेश्वर सर्वव्यापी हुनुहुन्छ भने आदम र हव्वा कसरी उहाँको नजरबाट लुक्न सके ? परमेश्वर आत्मा हुनुहुन्छ …

Read More »

कठिन प्रश्नहरू सरल जवाफहरू: बाइबलका १५१ ओटा कठिनाइ तथा विरोधाभासको व्याख्या (भाग १) 

पुस्तकको नाम : कठिन प्रश्नहरू सरल जवाफहरू: बाइबलका १५१ ओटा कठिनाइ तथा विरोधाभासको व्याख्या (भाग १)  लेखक/सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : १६४ मूल्य रु. : १५० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०२० ISBN : 978-9937-0-8016-3 येशू शुक्रबार गाडिनुभयो र आइतबार पुनरुत्थान हुनुभएको थियो भने कसरी तीन …

Read More »

ख्रीष्टियान मिसनरीहरूको पहलमा खुट्टा बाँध्ने असभ्य प्रथा हटेर गयो

२००७ मा एनपीआर नामक अमेरिकाको निजी रेडियाले जोऊ गुइजान नाउँ गरेकी ८६ वर्षीय चिनियाँ स्त्रीसित अन्तर्वार्ता लियो । खुट्टा बाँध्ने चिनियाँ प्रथाको कारण सिकार बनेका अनगिन्ती स्त्रीमध्ये गुइजान एक थिइन् । उनले भनिन्, “मेरा खुट्टा बाँधेकोमा मलाई पछुतो छ । म नाच्न सक्दिनँ; म उचित तवरले हिँड्न सक्दिनँ । मलाई …

Read More »

चर्चको प्रभावसँगै मान्छे मार्ने खेल निर्मूलन गरियो

रोमको रङ्गशालामा मानिसहरू सदाझैँ खेल हेर्न झुम्मिएका थिए । टेलेमाखस नाम गरेका पूर्वबाट आएका ख्रीष्टियानले पनि आफ्नो उपस्थिति जनाएका थिए । खेल सुरु हुनै लाग्दै मैदानमा ओर्लिएर तिनले ती लडाकाहरूलाई छुट्ट्याउने कोसिस गरे । “ख्रीष्टको नाउँमा रोक!” भन्दै तिनी चिच्च्याए । तर दर्शकगण यति क्रूद्ध भए कि तिनीहरूले तिनीमाथि ढुङ्गा …

Read More »

सुसमाचारले प्रवेश पाएसँगै मानव बलिमा रोक

२७ जुलाई २०१५ मा सीएनएनले नेपालको कुरीतिबारे एउटा खबर प्रकाशित गर्‍यो जसअनुसार नवलपरासी जिल्लाको कुदिया गाविसमा जीवन कोहार नाउँ गरेका १० वर्षीय बालकलाई बलि दिइएको थियो । बालकलाई मन्दिरमा लगिएपछि धार्मिक रीति सम्पन्न गरियो अनि नजिकै लगेर घाँटी रेटियो । यस नरबलिका गुरुयोजनाकार कोदाई हरिजनका १८ वर्षे छोरो अस्वस्थ थिए …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle