रोचकैरोचक

उत्तर कोरियाबाट भाग्न सफल अनाथ ख्रीष्टियानहरूको पहलमा अमेरिका पुगे

ख्रिस्टाब्द १९९४ मा उत्तर कोरियामा अनिकाल पर्दा जोसेफ किम ४ वर्षका थिए । अनुगामी वर्षहरूमा भोकमरीले १० लाखभन्दा बेसीको ज्यान लिएर गयो जसमध्ये एक जना थिए, जोसेफका पिता । पैसा कमाएर घरमा पठाउने उद्देश्यले आमा चीनमा भाग्न सफल भइन् तर छोरोले उनलाई फेरि कहिल्यै देख्न पाएनन् । १२ वर्ष पुग्दा …

Read More »

विलेम्स— जसले आफैलाई पक्रन आउनेको जीवन बचाए

आफ्नो नियमित पुस्तक पठनमा हिजो मैले How Christianity Transformed the World  नामक पुस्तकमा डर्क विलेम्सको बारेमा पढेँ । साढे चार सय वर्षअगि तिनले अर्को मानवप्रति जुन त्याग गरे, त्यो अवर्णनीय छ । तिनको कथाले कसको मन नछोला र ? डर्क विलेम्सको जन्म पश्चिम युरोपेली मुलुक नेदरल्यान्डमा भएको थियो । तिनले …

Read More »

गोली बाइबलमा लाग्यो तर सिपाहीको ज्यान बच्यो

४ वर्षसम्म लम्बिएको (१९१४-१९१८) पहिलो विश्वयुद्धमा २ करोडभन्दा बेसी मानिस मारिएको थियो भनी अनुमान गरिएको छ । तर यही विश्वयुद्धमा एक जना १७ वर्षे सिपाहीलाई बाइबलले अचम्म किसिमले बचाएको थियो । ती सिपाहीको नाउँ थियो, लिओनार्द नाइट । विश्वयुद्ध जारी रहँदा जर्मन सिपाहीद्वारा तिनीमाथि गोली प्रहार गरियो । तर तिनले …

Read More »

फ्लोरेन्स नाइटिङ्गेल— जसले प्रभु येशूबाट मानिसहरूको सेवा गर्ने प्रेरणा पाइन्

“हातमा बत्ती लिएकी केटी” को उपनामले चिनिने फ्लोरेन्स नाइटिङ्गेलको जन्म ख्रिस्टाब्द १८२० मा इटालीमा भएको थियो । आज विश्वले उनलाई आधुनिक नर्सिङ पेसाको संस्थापकको रूपमा आदर गर्दछ । मानव-जातिको स्वास्थ्यको रेखदेखमा उनले अपार योगदान पुर्‍याएकी छन् । रातमा पनि हातमा बत्ती लिएर घाइतेहरूको सेवा पुर्‍याएकी हुनाले उनलाई “हातमा बत्ती लिएकी …

Read More »

विलियम सेक्सपिएरको जीवनमा बाइबलको औधी प्रभाव परेको थियो

विलियम सेक्सपिएर अङ्ग्रेज कवि, नाटककार र अभिनेता थिए । तिनलाई अङ्ग्रेजी भाषामा महान्‌तम लेखकको रूपमा आदर गरिन्छ । ५२ वर्षको आफ्नो जीवन कालमा सेक्सपिएरले साहित्यिक सङ्ग्रह नै तयार पारे जसमा तिनले ३७ ओटा नाटक, ६ ओटा कविता र १५४ ओटा सोनेट (चौध हरफको कविता) तयार पारे । तिनका नाटकहरू हरेक …

Read More »

रेडियोबाट प्रसारित ख्रीष्टियान गीत सुनेर कैयौँले उद्धार पाए

जोन बर्जर एसियामा केही गर्न चाहन्थे । त्यसको लागि तिनलाई कुनै एउटा केन्द्र चाहिएको थियो । तिनले छाने फिलिपिन्स । रेडियो प्रसारण अनुमतिको लागि तिनले फिलिपिन्सको सरकारलाई कागज पत्रहरू बुझाए । तर सरकारले ४ जुनभित्र काम फत्ते गर्नुपर्ने सर्त अगि तेर्सायो, नत्रता अनुमति नपाइने भयो । रुपियाँ-पैसा उठाउन थालियो । …

Read More »

ख्रीष्टियान राजनीतिज्ञ विल्बरफोर्सको सक्रियतामा दास प्रथा उन्मूलन भयो

“सर्वशक्तिमान् परमेश्वरले मेरो सामु दुईवटा महान् उद्देश्य राखिदिनुभएको छ: दास व्यापारको उन्मूलन र नैतिकताको सुधार”, २८ वर्षको उमेरमा विलियम विल्बरफोर्सले आफ्नो जर्नलमा परमेश्वरको बोलावटलाई यसरी व्यक्त गरेका थिए । विलियम विल्बरफोर्स ख्रीष्टियान राजनीतिज्ञ, ईश्वरशास्त्रीसाथै सामाजिक सुधारक थिए । तिनकै निरन्तर सक्रियतामा ब्रिटिस साम्राज्यबाट दास व्यापार सदाको निम्ति उन्मूलन भएको थियो …

Read More »

बाइबलको प्रकाशनसँगै छापाको दुनियाँमा नयाँ युगको सुत्रपात भयो

युरोप महादेशमा पहिलो पटक छापिएको मुख्य पुस्तक हो– गुटेनबर्ग बाइबल । यसको प्रकाशनसँगै पश्चिमी जगत्‌मा छापाको दुनियाँमा नयाँ युगको सुत्रपात भयो । धातुबाट निर्मित चलायमान टाइपद्वारा आफ्नो नवआविष्कृत छापाखानाको प्रयोग गरी जोहानेस गुटेनवर्गले यस बाइबललाई छापेका थिए । छापाखानको उदयसँगै सञ्चारको दुनियाँमा नयाँ उपलब्धि हासिल गरियो । जोहानेस गुटेनबर्गले यस …

Read More »

येशू ख्रीष्‍टमाथि मेरो अत्यधिक विश्‍वास छ— क्रिकेटर दरेन स्यामी

ख्रिस्टाब्द २०१० मा दरेन स्यामी वेस्ट इन्डिज क्रिकेट टिमका कप्‍तानमा नियुक्त गरिए । हालसम्म तिनी मात्र एक यस्ता कप्‍तान हुन् जसले दुई पटक आईसीसी वर्ल्ड ट्वेन्टी ट्वेन्टीको उपाधी उचालेका छन् । तिनकै कप्‍तानीमा वेस्ट इन्डिजले २०१२ मा श्रीलङ्कालाई हराएको थियो भने २०१६ मा इङ्गल्यान्डमाथि जित दर्ता गरेको थियो । २००४ …

Read More »

ख्रीष्टका भक्त डुनान्टको पहलमा रेड क्रसको स्थापना भयो

ख्रिस्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतीयलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्‍री डुनान्टले आफ्नै आँखाले देखे । युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए । तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई म कहिल्यै भुल्ने छैनँ …

Read More »

Powered by Youth Circle