गवाही

येशूलाई वाहियात ठान्ने पीएचडी गरेकी नास्तिक लेखिका येशूद्वारा नै परिवर्तित

“२८ वर्ष पुग्दा म समलिङ्गी थिएँ भनी मैले साहसपूर्वक घोषणा गरेँ । अङ्ग्रेजी साहित्य र सांस्कृतिक अध्ययनमा मैले विद्यावारिधि सक्नै लागेकी थिएँ ।” यो The Secret Thoughts of an Unlikely Convert: An English Professor’s Journey into Christian Faith नामक पुस्तकमा रोजारिया बटरफिल्डद्वारा व्यक्त भनाइ हो । यो उनको आत्मकथा हो …

Read More »

बाइबलमा भुल छ भनी प्रमाण खोज्न हिँडेका राम्से अन्तत: बाइबल विद्वान् बने

आफ्ना नास्तिक आमाबाबुद्वारा अविश्वासीको रूपमा विलियम राम्सेलाई हुर्काइएको थियो । उन्नाइसौँ शताब्दीमा तिनले जर्मनीको ऐतिहासिक स्कुलबाट शिक्षा पाएका थिए । परिणामस्वरूप कट्टरवादीहरूले भनेजस्तै प्रेरितको पुस्तक पहिलो शताब्दीमा नभई दोस्रो शताब्दीको मध्यतिर लेखिएको थियो भनी तिनलाई सिकाइएको थियो । त्यसमा तिनी निकै विश्वस्त थिए । तर तिनलाई प्रमाण चाहिएको थियो । …

Read More »

बाइबलको वचन च्यातेका ज्याकको जीवनमा १८० डिग्रीको परिवर्तन आयो

तिनको नाउँ थियो, क्यास्पर वार्टजन । १९१३ मा अमेरिकामा जन्मेका वार्टजनको यस नाउँलाई माध्यमिक स्कुलमा जिस्काइएपछि आफ्नो नाउँ परिवर्तन गरी तिनले “ज्याक” राखे । ज्याक धर्मको उपेक्षा गर्दै हुर्के । ज्याकले स्कुल छाडे र तिनी जर्ज स्किलिङ्ग नाउँ गरेका जँड्याहाको मित्र बन्‍न पुगे । दिनहरू बित्दै जाँदा जर्जमा परिवर्तन आयो …

Read More »

मरे होलान् भनी ठानिएका बालक प्रसिद्ध पास्टरसाथै लेखक बने

तिनको जन्ममा तिनी मरे होलान् भनी ठानियो । त्यसैले धाईहरूको ध्यान आमापट्टि गयो जो बेसरी बिरामी परेकी थिइन् । तर ४० मिनेटपश्चात् शिशुको धड्कन फेला परेपछि तिनलाई जीवन दिने कोसिस गरियो । तिनी बाँच्न सफल भए । ती बच्चा अद्भूत देखा परे । तीन वर्षको उमेरमा तिनले बाइबलको एउटा पद …

Read More »

विज्ञानले सुप्रसिद्ध नास्तिक वैज्ञानिक स्यान्डेजलाई ख्रीष्टियानमा रूपान्तरण गर्‍यो

विज्ञान र धर्मको विषयसित सम्बन्धित सम्मेलनमा छलफल विश्वको उत्पत्तिमा केन्द्रित हुनेथियो । वैज्ञानिकहरू दुई भागमा विभाजित हुनुपर्थ्यो— परमेश्वरमाथि विश्वास गर्ने र परमेश्वरमाथि विश्वास नगर्ने । मञ्चमा वैज्ञानिकहरूको भिड लागेको थियो । वैज्ञानिकहरूको त्यस सम्मेलनमा अलान आर. स्यान्डेजले पनि भाग लिएका थिए । स्यान्डेज बिसौँ शताब्दीका अमेरिकाका अत्यधिक प्रभावशाली खगोलविद् थिए …

Read More »

विश्व हल्लाएका नास्तिक फ्लुले ८१ वर्षको दीर्घायुमा परमेश्वरमाथि विश्वास गरे

ख्रिस्टाब्द १९२३ मा इङ्गल्यान्डको राजधानी लन्डनमा जन्मेका एन्टोनी फ्लु पास्टरसाथै ईश्वरशास्त्रीका छोरा थिए । ख्रीष्टियान परिवारमा जन्मेका भए तापनि तिनी १५ वर्षकै किशोरावस्थामा नास्तिक बन्न पुगे । तिनी सुप्रसिद्ध नास्तिक बनेर निस्के । विश्वप्रसिद्ध नास्तिकसाथै दार्शनिक फ्लुले अक्सफोर्ड, योर्क, अबर्डिनजस्ता विश्वका नामी विश्वविद्यालयहरूमा पढाए । रिचार्ड डाउकिन्स, क्रिस्टोफर हिचेन्स र …

Read More »

बारम्बार आत्महत्या गर्ने प्रयास गरेका कुपरलाई बाइबलले बदल्यो

३२ वर्षको उमेरमा विलियम कुपरले आफ्नो जीवनमा ठुलो सङ्कष्टमय परिस्थितिको सामना गर्नुपर्‍यो । अफिमबाट निर्मित औषधि पिएर तिनले आत्महत्या गर्ने कोसिस गरे । तर तिनी मरेनन् । त्यसपछि तिनले घोडाले तान्ने वाहन भाडामा लिए र चालकलाई थेम्स नदीको पुलमाथि निर्मित साँघुमा लैजाने आज्ञा दिए । त्यहाँबाट हाम्फालेर आत्महत्या गर्ने मनसाय …

Read More »

सन चु किल– ताओ धर्म-गुरुबाट ख्रीष्टियान धर्म-गुरु

“येशू साँचो मुक्तिदाता हुनुहुन्छ कि हुनुहुन्न भनी बिहानै प्रार्थना गर्दा मैले बाँसुरीको प्रस्ट आवाज र बन्दुक पड्केको ठुलो आवाज सुनेँ जसले कोठा नै हल्लाइदिए । मैले माथिबाट मलाई तीन पटक बोलाइएको आवाज सुनेँ, ‘सन चु किल, सन चु किल, सन चु किल!’ म थर्थर काँपेँ र मेरो शिर नै नउठाई …

Read More »

कहिल्यै स्कुल नगएका चार्ल्स अमेरिकाकै विशाल मण्डली स्थापना गर्न सफल भए

१८५१ मा चार्ल्स टिन्डले अमेरिकामा दासको रूपमा जन्मेका थिए । तिनका पिता दास थिए भने आमा फुक्का । तिनकी आमाले तिनलाई ख्रीष्टलाई प्रेम गर्नुपर्छ भनी सिकाए तापनि तिनको मालिकले तिनलाई मण्डलीमा जान रोकेको थियो । गएको खण्डमा तिनलाई कोर्राले हानिन्थ्यो भनी धम्की आउँथ्यो मालिकबाट । अमेरिकी गृहयुद्धको समाप्तिपछि चार्ल्स मुक्त …

Read More »

निकोलको जीवनमा बिमार आशिष् साबित भयो

विलियम रोबर्ट निकोलको जीवनमा बिमार आशिष् साबित भयो किनकि यही अस्वस्थताले तिनको सेवाकार्यको निधो गरेको थियो । ख्रिस्टाब्द १८५१ मा स्कटल्यान्डमा जन्मँदा तिनका फोक्सो कमजोर थिए । तिनकी आमासाथै परिवारका अन्य दुई जना क्षयरोगको कारण मरे । पिता पास्टर ह्यारीले तिनलाई हुर्काए । पिताको मण्डलीमा केवल सय जना विश्वासी भए …

Read More »

Powered by Youth Circle