“यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए, र तिनले सामरियामा इस्राएलमाथि बाईस वर्ष राज्य गरे । ओम्रीका छोरा आहाबले आफ्ना अघिका सबै राजाहरूभन्दा परमप्रभुको दृष्टिमा अझ बढी दुष्ट्याइँ गरे । नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्न तिनको निम्ति कम भएजस्तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा …
Read More »विज्ञान
बाइबलमा उल्लिखित सम्राट् अगस्टसको शिर पत्ता लाग्यो
“ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे । कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो । सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए” (लूका २:१-३) । पूरै बाइबलमा अगस्टसको नाउँ एक पटक मात्र देखा परे तापनि येशूको जन्मको विवरणमा तिनी उल्लेखनीय …
Read More »येशूका चेला फिलिपको चिहान पत्ता लाग्यो
बाइबलमा चार जना बेग्लाबेग्लै व्यक्तिको नाउँ फिलिप छ । (१) हेरोद महान्को छोरो जो इतुरिया र त्राखोनितिसका शासक थिए (लूका ३:१) । (२) हेरोद महान्को अर्को छोराको नाउँ पनि फिलिप नै थियो र तिनी हेरोदियासका पति थिए (मत्ती १४:३) । (३) सात जना डिकनमध्ये एक (प्रेरित ६:५) । (४) येशूका …
Read More »४ ओटा वैज्ञानिक खोज जसले हामीलाई उत्पत्ति १:१ मा डोर्याउँछन्
विज्ञानको एउटा शाखालाई विश्व-उत्पत्तिशास्त्र (अर्थात् कस्मोलोजी) भनिन्छ । यसमा विश्वको उत्पत्ति, विकास र अन्त्यको अध्ययन गरिन्छ । अन्तरिक्ष, समय, शक्ति, पदार्थसाथै ग्रह, तारा अनि तारापुञ्जहरूको समष्टिलाई विश्व (वा युनिभर्स) भनिन्छ । बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले तपाईं र मलाई उत्पत्ति १:१ मा डोर्याउँदै छन् जहाँ लेखिएको छ, “आदिमा परमेश्वरले आकाश र …
Read More »बाइबलको पहिलो पदबारे तपाईंले जान्नुपर्ने ५ ओटा कुरा
नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा लेखिएको छः “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । सृष्टिसम्बन्धी यस कथनसहित बाइबलीय कथाको आरम्भ हुन्छ । बाइबलको यस पहिलो पदमा अभिलिखित केवल ७ ओटा शब्दबाट थुप्रै सत्यता बाहिर आउँछन् । यस पदबारे तपाईंले ५ …
Read More »के वैज्ञानिक ग्यालिलियो बाइबल विरोधी थिए ?
जर्ज बर्नाड साले लेखे, “ग्यालिलियो एक सहिद थिए र तिनलाई सतावट गर्नेहरू नसुध्रने अज्ञानी मानिसहरू ।”[i] ग्यालिलियोको मुद्दासित बाइबललाई मुछी लेखक प्याट्रिक मुरेले बताए, “बाइबलका केही खण्डहरू [सूर्य–केन्द्रित] सिद्धान्तसित मेल नखाएकाले रोमन क्याथोलिक मण्डली ग्यालिलियोमाथि खनियो । परिणामस्वरूप गरिब ग्यालिलियोले प्रायजसो आफ्नो जीवन मण्डलीसितको खुला सङ्घर्षमा बिताए ।”[ii] बाइबल र …
Read More »नासरतबारे खोजहरू पत्ता लागेसँगै बाइबलका आलोचकहरू स्तब्ध
एक जना नास्तिकवादी लेखक फ्र्याङ्क जिन्डलरले “जहाँ येशू कहिल्यै हिँड्नुभएन्” भन्ने लेखमा उल्लेख गरे कि नासरत भन्ने ठाउँ पुरानो करारमा उल्लेख गरिएको छैन । पावलले नासरतको उल्लेख गरेका छैनन् । गालीलका त्रिसठ्ठी ओटा नगरको नाउँ लिएको प्रसिद्ध प्राचीन ग्रन्थ ताल्मुडले यसको उल्लेख गरेको छैन । गालीलका अन्य पैँतालिसवटा गाउँ वा …
Read More »बाइबलीय राजाको उल्लेख गर्ने २,८०० वर्ष पुरानो स्मारक पाइयो
ख्रिस्टाब्द १८४६ मा पुरातत्त्वविद् अस्टिन हेन्री लेयार्डले एउटा स्मारक फेला पारे जसलाई शलमनेशर तृतीय अश्वेत स्मारक नाउँ दिइएको छ । यस स्तम्भलाई ८२५ ख्रिस्टपूर्वमा तयार पारिएको थियो । यसको अर्थ हुन्छ कि यो आजभन्दा झन्डै २,८०० वर्ष पुरानो ऐतिहासिकसाथै पुरातात्त्विक महत्त्व बोकेको खोज हो । सार्वजनिक स्तम्भको रूपमा खडा गरिएको …
Read More »बाइबलसित सम्बन्धित ३,००० वर्ष पुरानो क्यालेन्डर फेला पर्यो
ख्रिस्टाब्द १९०८ मा प्राचीन सहर गेजरमा चुनढुङ्गामा लिखित एउटा शिलालेख फेला पारियो । यस शिलालेखलाई उचित किसिमले ‘गेजेर क्यालेन्डर’ भनिएको छ । गेजेर एउटा प्राचीन सहरको नाउँ हो जुन यरूशलेमदेखि २० माइल पश्चिममा पर्छ । आएरल्यान्डका पुरातत्त्वविद् आर. ए. स्टेवार्ट मेकालिस्टरले यो खोज पत्ता लगाएका थिए । ११.१ सेन्टिमिटर लमाइ …
Read More »‘परमेश्वर येशू ख्रीष्ट’ लेखिएको १,७०० वर्ष पुरानो शिलालेख फेला पर्यो
ख्रिस्टाब्द २००५ मा इस्राएलको मगिद्दोमा एउटा प्राचीन मण्डलीको भुइँ पत्ता लाग्यो जुन एक्काइसौँ शताब्दीकै एउटा विस्मयकारी पुरातात्त्विक खोज साबित भयो । मगिद्दोस्थित झ्यालखानाको आकार बढाउनलाई पुरातत्त्वविद्हरूले बन्दीहरूसँगै मिलेर खन्ने क्रममा अकस्मात् फेला पारिएको यस भुइँको क्षेत्रफल ५१२ वर्ग फिट रहेको छ । थप उत्खनन गर्दा अन्य थुप्रै शिलालेखहरू फेला पारिए …
Read More »