येशू

येशूको जीवनमा पूरा भएका १० ओटा भविष्यवाणीहरू

मसीह (अर्थ अभिषेक गरिएको) एउटा हिब्रू शब्द हो जसलाई ग्रिक भाषामा ख्रिस्टोस भनिन्छ भने नेपालीमा ख्रीष्ट । पुरानो करारका यहूदीहरूले मसीहको आगमनलाई उत्सुकतापूर्वक अपेक्षा गरिरहेका थिए । उहाँ परमेश्वरबाट पठाइनुहुने राजकुमार हुनुहुनेथियो जसले परमेश्वरका इच्छाहरूलाई पूरा गर्नुहुनेथियो । उहाँको विषयमा ख्रीष्टियान पवित्रशास्त्र बाइबलको पुरानो करारमा सयौँ भविष्यवाणीहरू गरिए । स्मरण …

Read More »

साधारण जीवनको असाधारण प्रभाव

दुई हजार वर्षअगि एउटा दुर्गम गाउँमा निम्न स्तरकी स्त्रीबाट अलौकिक ढङ्गमा एक बालकको जन्म भयो । उहाँ अर्को गाउँमा हुर्कनुभयो जहाँ उहाँले सिकर्मीको रूपमा काम गर्नुभयो । उहाँ गरिबीमा बाँच्नुभयो । आफू बाँचेको मुलुकको सिमाना उहाँले जीवनमा एक पटक मात्र पार गर्नुभयो । उहाँसँग न धनसम्पत्ति थियो, न त प्रभावशाली …

Read More »

के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग ३)

सञ्चार र भूगोलको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो भनी अगिल्ला दुईवटा पाठमा हामीले हेरिसक्यौँ । आज हामी तेस्रो दृष्टिकोणमाथि मनन गर्ने छौँ । ३. अमन-चैनको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो मानव इतिहास युद्धले भरिएको छ । आजभन्दा ५ हजार वर्षअगि देखि नै विभिन्न जाति तथा समुदायमहरू …

Read More »

के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग २)

झन्डै दुई हजार वर्षअगि मानवीय चोलामा येशूको आगमन विविध दृष्टिकोणबाट ठिक समयमा भएको थियो । गएको लेखमा तपाईंले सञ्चारको दृष्टिकोणबाट यस ग्रहमा उहाँको प्रवेश ठिक समयमा भएको थियो भनी पढ्नुभयो भने यहाँ हामी भौगोलिक दृष्टिकोणबाट ठिक समयमा थियो भनी हेर्ने छौँ । २. भूगोलको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको …

Read More »

के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग १)

पावलद्वारा गलातीहरूलाई लिखित पत्रअनुसार येशू समयको पूर्णतामा जन्मनुभयो, “तर समयको पूर्णतामा परमेश्‍वरले आफ्‍ना पुत्रलाई पठाउनुभयो । उहाँ एउटी स्‍त्रीबाट जन्‍मनुभयो, तथा व्‍यवस्‍थाको अधीनमा जन्‍मनुभयो” (गलाती ४:४) । अर्को पत्रमा व्यक्त उही लेखकको भनाइअनुसार येशू ठिक समयमा मर्नुभयो, “किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो” (रोमी ५:६) …

Read More »

येशू किन तेस्रो दिनमा पुनरुत्थान हुनुभयो ?

येशूले भन्नुभयो, “किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्‍वीको गर्भमा तीन दिन र तीन रात रहनेछ” (मत्ती १२:४०) । अर्को ठाउँमा उहाँले भन्नुभयो, “यस मन्‍दिरलाई भत्‍काइदेओ, र म तीन दिनमा यसलाई खड़ा गर्नेछु । … जुन मन्‍दिरको विषयमा उहाँ …

Read More »

सबै मानिसको मृत्युभन्दा येशूको मृत्यु कसरी फरक छ ?

मानिस जन्मेपछि मर्छ तर येशूको मृत्युको विषयमा अध्ययन गर्दा अन्य कुनै पनि मानिसको मृत्युभन्दा उहाँको मृत्यु फरक भएको देखिन्छ । निम्न लिखित चारवटा तथ्यले उहाँको मृत्युलाई सबै मानिसको मृत्युभन्दा फरक तुल्याउँछ भन्ने मेरो बुझाइ रहेको छ । १. येशूको मृत्युबारे सैयौँ वर्ष पहिले भविष्यवाणी गरियो कसैले पनि कुनै पनि व्यक्तिको …

Read More »

के येशू क्रूसमा बेहोस मात्र हुनुभएको थियो ?

भारतका राष्ट्रिय हिन्दु सङ्घका अगुवा के. एस. सुदर्सनले एउटा भाषणमा येशू कहिल्यै क्रूसमा मारिनुभएन भनी बताए । तिनका अनुसार, “उहाँलाई केवल चोट लागेको थियो र उपचारपछि उहाँ भारत फर्कनुभयो जहाँ उहाँको वास्तवमा मृत्यु भएको थियो ।”[i] इस्लाम धर्मको धर्मशास्त्र कुरआनअनुसार येशू क्रूसमा मारिनुभएन बरु उहाँको सट्टामा अरू कसैलाई क्रूसमा झुन्ड्याइयो; …

Read More »

कन्याबाट येशूको जन्मबारे ७ ओटा तर्कसङ्गत भनाइ

हाम्रा परमेश्वर येशू … पवित्र आत्माद्वारा … मरियमको कोखमा गर्भधारण हुनुभयो । इग्नेसियस, एन्टिओखियाका बिशप उहाँ आफै सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि हिब्रू कन्याबाट जन्मेर देह धारण गर्नुभयो । अरिस्तिदेस, लेखक पिता परमेश्वरको एकलौटे पुत्र हाम्रा शिक्षक येशू ख्रीष्ट सम्भोगको परिणामस्वरूप जन्मनुभएन । … …

Read More »

येशू ख्रीष्टको विषयमा १५ ओटा शानदार भनाइ (भाग २)

येशू महान्‌तम धार्मिक प्रतिभावान् व्यक्ति हुनुहुन्थ्यो । उहाँको सुन्दरता अनन्त छ र उहाँको शासनको कहिल्यै अन्त्य हुने छैन । हरेक क्षेत्रमा येशू अद्वितीय हुनुहुन्छ र कुनै कुरो उहाँसित तुलना गर्न सकिँदैन । अर्नेस्ट रेनान, दार्शनिकसाथै लेखक ख्रीष्टमा भएको प्रत्येक कुरोले मलाई चकित तुल्याउँछ । … म जति उहाँको नजिक जान्छु …

Read More »

Powered by Youth Circle