मानिस जन्मेपछि मर्छ तर येशूको मृत्युको विषयमा अध्ययन गर्दा अन्य कुनै पनि मानिसको मृत्युभन्दा उहाँको मृत्यु फरक भएको देखिन्छ । निम्न लिखित चारवटा तथ्यले उहाँको मृत्युलाई सबै मानिसको मृत्युभन्दा फरक तुल्याउँछ भन्ने मेरो बुझाइ रहेको छ । १. येशूको मृत्युबारे सैयौँ वर्ष पहिले भविष्यवाणी गरियो कसैले पनि कुनै पनि व्यक्तिको …
Read More »Recent Posts
के येशू क्रूसमा बेहोस मात्र हुनुभएको थियो ?
भारतका राष्ट्रिय हिन्दु सङ्घका अगुवा के. एस. सुदर्सनले एउटा भाषणमा येशू कहिल्यै क्रूसमा मारिनुभएन भनी बताए । तिनका अनुसार, “उहाँलाई केवल चोट लागेको थियो र उपचारपछि उहाँ भारत फर्कनुभयो जहाँ उहाँको वास्तवमा मृत्यु भएको थियो ।”[i] इस्लाम धर्मको धर्मशास्त्र कुरआनअनुसार येशू क्रूसमा मारिनुभएन बरु उहाँको सट्टामा अरू कसैलाई क्रूसमा झुन्ड्याइयो; …
Read More »अमेरिकी राष्ट्रपतिका कानुनी सल्लाहकार कोलसनले येशूमा नयाँ जन्म पाए
यात्रा गर्दा पनि विद्युतीय किताबहरू बोक्नु मेरो आदत हो । यात्राको क्रममा मैले Born Again नामक पुस्तक पढ्दै थिएँ । लाखौँ मानिसको जीवनमा आशा ल्याउन सफल यो पुस्तक येशू ख्रीष्टको प्रेम र शक्तिद्वारा रूपान्तरित मानिसको कथा हो । यो चार्ल्स कोलसनको रूपान्तरणबारे लिखित आत्मकथा हो । तिनले शक्ति, ख्याति, स्वतन्त्रता …
Read More »बाइबलको पहिलो पदबारे तपाईंले जान्नुपर्ने ५ ओटा कुरा
नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा लेखिएको छः “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । सृष्टिसम्बन्धी यस कथनसहित बाइबलीय कथाको आरम्भ हुन्छ । बाइबलको यस पहिलो पदमा अभिलिखित केवल ७ ओटा शब्दबाट थुप्रै सत्यता बाहिर आउँछन् । यस पदबारे तपाईंले ५ …
Read More »येशू पनि हिन्दु रे!
साझा प्रकाशनद्वारा प्रकाशित वेदमा के छ ? नामक पुस्तकमा डा. स्वामी प्रपन्नाचार्यले लेखेका छन्, “विश्वका ८० करोड ईसाईहरूको धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट उनी [येशू] हिन्दु नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत आएको पनि उनै प्रमाणहरूले सिद्ध छ । अनि जीवनको महत्त्वपूर्ण १८ वर्षसम्म ईसा कहाँ थिए ? यस प्रश्नको …
Read More »के वैज्ञानिक ग्यालिलियो बाइबल विरोधी थिए ?
जर्ज बर्नाड साले लेखे, “ग्यालिलियो एक सहिद थिए र तिनलाई सतावट गर्नेहरू नसुध्रने अज्ञानी मानिसहरू ।”[i] ग्यालिलियोको मुद्दासित बाइबललाई मुछी लेखक प्याट्रिक मुरेले बताए, “बाइबलका केही खण्डहरू [सूर्य–केन्द्रित] सिद्धान्तसित मेल नखाएकाले रोमन क्याथोलिक मण्डली ग्यालिलियोमाथि खनियो । परिणामस्वरूप गरिब ग्यालिलियोले प्रायजसो आफ्नो जीवन मण्डलीसितको खुला सङ्घर्षमा बिताए ।”[ii] बाइबल र …
Read More »लेविस नास्तिकबाट आस्तिक हुँदै कसरी नयाँ सृष्टि बने ?
ख्रिस्टाब्द १९५५ मा सी. एस. लेविसको आंशिक आत्मकथा प्रकाशित भयो । शीर्षक Surprised by Joy: The Shape of My Early Life हो । यस कृतिमा आफ्नो बाल्यावस्थादेखि ख्रीष्टियान आस्थासम्म तिनको विश्वासको चर्चा गरिएको छ । पुस्तकमा तिनको जीवनका घटनाहरूबारे उल्लेख गरिएको भए तापनि यो अन्य आत्मकथाभन्दा बेग्लै छ । लेविस …
Read More »जन्मदिनको अवसरमा लेखक अधिकारीले सम्झेका ७ ओटा आशिष्
आज म ४१ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेँ । ३ मार्च १९८० मा मेरो शारीरिक जन्म भएको थियो तर मेरो आत्मिक जन्मको मिति भने मलाई थाहा छैन । तर एउटा कुरो भने पक्का छ कि १९ वर्षभन्दा अगावै मैले येशूमा ‘नयाँ जन्म’ पाएको थिएँ । उहाँमा नयाँ …
Read More »क्रूसमा टाँगिनुभएका येशूको शिरमाथि लिखित INRI को अर्थ के हो ?
संसारमा येशूका विविध चित्रहरू पाइन्छन् । तपाईंले ती तस्बिरहरूमा येशूको शिरमाथि INRI लेखिएको एउटा शब्द देख्नुहुन्छ । यसको पूरा रूप के हो र यसको अर्थ के हुन्छ ? येशूको जन्म र मृत्युको समयमा उहाँलाई यहूदीहरूका राजा भनिएको छ । उहाँ बेथलेहेममा जन्मनुभएपछि पूर्वबाट आएका बुद्धिमान् मानिसहरूले यसो भन्दै सोधखोज गरे, …
Read More »निष्पाप हुनुभएर पनि येशूले किन बप्तिस्मा लिनुभयो (मत्ती ३:१३-१७) ?
येशूले कहिल्यै पाप गर्नुभएन भन्ने तथ्य काँचझैँ छर्लङ्ग छ । येशूका केही शत्रुहरूले उहाँको विरुद्धमा झुटा दोषहरू अगाडि ल्याए तर उहाँको जाँचको समयमा पिलातसले दिएको निर्णय इतिहासकै निर्णय भएको छ, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ” (लूका २३:४) । क्रूस नजिक भएका कप्तानले यसो भन्दै सहमति जनाए, “निश्चय नै यिनी …
Read More »किन येशूले ३० वर्षको उमेरमा सेवाकार्य सुरु गर्नुभयो (लूका ३:२३) ?
येशू यहूदी परिवारमा जन्मनुभयो र यहूदी हुनुभएकोले आठौँ दिनमा उहाँको खतना गरियो । व्यवस्थाबमोजिम चालिसौँ दिनमा उहाँलाई मन्दिरमा अर्पण गरियो । १२ वर्ष पुग्नुभएपछि उहाँ यरूशलेममा जानुभयो, “जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो” (लूका २:४२) । यूहन्नाबाट बप्तिस्मा लिनुभएसँगै उहाँको सेवाकार्य सुरु भयो, “तब येशू …
Read More »उपहारस्वरूप प्राप्त बाइबल पढेर नास्तिक मेरीले येशूलाई अङ्गालिन्
परमेश्वर र यस जीवनबारे “मेरा धेरै प्रश्नहरू थिए जसलाई मण्डलीले वास्तवमै जवाफ दिने कोसिस गरिरहेको थिएन”, मेरी जो सार्प आफ्नो आत्मकथा Why I Still Believe: A Former Atheist’s Reckoning with the Bad Reputation Christians Give a Good God मा लेखिन्छन् । “धेरैभन्दा धेरै मण्डली र कलेजहरूले असल तरिकाले तर्क गर्ने …
Read More »याकूबले कोसित कुश्ती लडे— स्वर्गदूत वा परमेश्वर (उत्पत्ति ३२:२२-३२) ?
याकूबको कुश्तीबारे उत्पत्ति ३२:२२-३२ मा वर्णन गरिएको छ । तपाईं यस कुश्तीबारे परिचित हुनुहुन्न भने विवरण यस प्रकार छ: त्यस रात याकूब उठे, र तिनका दुई पत्नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्बोक नदी तरे । तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि …
Read More »अनैतिकताको सागरमा डुबेका अगस्टिनको जीवनमा बाइबलद्वारा नाटकीय परिवर्तन आयो
मैले हालै पढेर सकेको कृतिको नाउँ Confessions हो । यसमा १३ ओटा पुस्तक (वा भाग) छन् । सन्त अगस्टिनद्वारा लिखित यो कृति तिनको आत्मकथा हो । चौथो शताब्दीको अन्त्यतिर रचित यस कृतिलाई सुरुमा ल्याटिन भाषामा लेखिएको थियो । तिनले आफ्नो युवावस्थालाई कसरी पापको सागरमा डुबाए र कसरी येशूमा नयाँ जन्म …
Read More »के परमेश्वरले राहाबको झुटलाई अनुमोदन गर्नुभयो (यहोशू २:४-५) ?
दश आज्ञामध्ये एउटा आज्ञाले झुटो गवाही दिन निषेध गर्छ, “आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू” (प्रस्थान २०:१६) । तर यहोशूको पुस्तकमा राहाबले झुट बोलिन्, “तर त्यस स्त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई । त्यसले भनी, ‘हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 