ख्रिस्टाब्द २००९ मा यरूशलेममा माटोबाट बनेको एउटा छाप पत्ता लगाइयो जसमा बाइबलीय राजा हिजकियाको नाउँ उल्लेख गरिएको छ । उक्त छापमा प्राचीन हिब्रू भाषामा लेखिएको छ, “यहूदाका राजा आहाज [का छोरा] हिजकियाको” । डा. एलियाट मजरको नेतृत्वमा गएको पुरातत्त्वविद्हरूको टोलीले उक्त छाप फेला पारेको हो । पुरातत्त्वविद्हरूले पत्ता लगाएका इस्राएल …
Read More »Recent Posts
६८ वर्षसम्म ख्रीष्टलाई इन्कार गरेका निभेलले लाखौँ दर्शकको सामु विश्वास गरे
१ अप्रिल २००७ का दिन अमेरिकाको क्यालिफोर्नियास्थित क्रिस्टल मण्डलीभित्र ४,००० भन्दा बेसी मानिसको घुइँचो लागेको थियो, पाम सन्डे अर्थात् खजुरे आइतबारको उत्सव मनाउनका लागि । उक्त दिन एक जना निडर व्यक्तिको लागि अविस्मरणीय दिन साबित हुन जाँदै थियो । तिनले आफूले येशूमाथि विश्वास गरेका घोषणा गर्नै लागेका थिए । तिनको …
Read More »नोबेल पुरस्कार जित्नेहरूमा ६५% ख्रीष्टियान
तिनी जीवितै थिए, तर अखबारमा आफू मरेका सूचना पढ्दा तिनी छक्क परे । त्यति बेला तिनी ५५ वर्ष पुगेका थिए । वास्तवमा मर्ने व्यक्तिचाहिँ तिनका दाजु थिए । त्यस जानकारीले तिनलाई बेचैन तुल्यायो र मानिसहरूले तिनलाई भविष्यमा कसरी सम्झन्थे भन्नेबारे सचेत तुल्यायो । यस खबरले तिनको इच्छालाई बद्लन प्रेरित गर्यो …
Read More »झ्यालखानामा नै बाइबल पढेर ख्रीष्टियान भए नास्तिक सैनिक अधिकृत
दोस्रो विश्वयुद्ध जारी थियो । १८ अप्रिल १९४२ को दिन डुलिटिल रेड नाउँ दिइएको हवाइ आक्रमणमा अमेरिकाले जापानको राजधानी टोकियोलगायत अन्य सहरहरूमाथि आक्रमण गर्यो । आक्रमणकारीहरूको समूहमा जेकब डे साजर नाउँका एक जना सैनिक अधिकृत पनि थिए जो नास्तिक थिए । तिनको टिमले जापानको नागोया सहरमाथि आक्रमण गरेपछि विमानलाई चीनमा …
Read More »दासबाट बिशप बने फ्रुमेन्टस
करिब ख्रिस्टाब्द ३१६ मा फ्रुमेन्टस र इडेसस बालकहरू नै थिए । तिनीहरू आफ्ना आफन्त मेरोपससितै आफ्नो जन्मभूमि टुरोस (हाल लेबानोन) बाट पानी जहाजको यात्रा गरी अफ्रिकी मुलुक इथियोपिया प्रस्थान गरे । तिनीहरू चढेका जहाज लाल समुद्रको तटमा आएर रोकिँदा त्यहाँका स्थानीयहरूले जहाजका मानिसहरूको नरसंहार गरे । यी दुई जना घटनास्थलभन्दा …
Read More »हामीले येशूको देह खानुपर्छ र रगत पिउनुपर्छ भन्नुको मतलब के हो (यूहन्ना ६:५३-५४) ?
येशूले भिडलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ” (यूहन्ना ६:५३-५४) । के अनन्त जीवनको लागि हामीले येशूको देह खानुपर्छ र रगत पिउनुपर्छ ? येशूको भनाइको अर्थ के …
Read More »चिन्ह मागेका मछुवाले विमानबाट खसालिएको बाइबल हात पारे
नेनेट्स रुसको उत्तरी भागमा बसोबास गर्ने एउटा आदिवासी जातिको नाउँ हो । यी आदिवासीहरूले सिकार गर्नुकासाथै माछा मार्ने काम गर्थे । यो एक जना आदिवासीले अनुभव गरेको अनौठो घटना हो । यो वर्षौंअगिको कुरो हो । रुसको साइबेरियामा नेनेट्स आदिवासी जातिको एक जना मछुवा थिए । तिनी खानाको खोजीमा गएका …
Read More »येशूको मृत्युबारे २७ ओटा मन छुने भनाइ
हे मेरा मित्रहरू, पृथ्वीमा एउटा स्थान छ जहाँ मृत्यु, पाप र न्यायको डरले हामीलाई कहिल्यै बेचैन तुल्याउँदैन; पृथ्वीमा भएको एउटै मात्र सुरक्षित स्थान जहाँ पापी खडा हुन सक्छ । त्यो हो— गलगथा । डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ । उहाँ मानिसहरूका पापको प्रायश्चित्तको लागि मर्नुभयो …
Read More »येशूलाई घृणा गर्ने यहूदी धर्म-गुरुले उहाँलाई मसीहको रूपमा अङ्गाले
तिनको नाउँ हो, चिल स्लोस्तोस्की । तिनी यहूदी धर्मका रब्बी थिए । रब्बी भनेको तोराह (बाइबलका अगिल्ला पाँचवटा पुस्तक) का शिक्षक हुन् । आफ्ना कक्षाहरूमा तिनले ख्रिस्टियमत र येशूलाई घृणा गर्न विद्यार्थीहरूलाई निर्देशन दिन्थे । एक दिनको कुरो हो । आफ्ना सहकर्मीहरूसँगै तिनी हाइफाबाट यरूशलेमतर्फ रेलबाट यात्रा गर्दै थिए । …
Read More »चाँदीका मुठ्ठाहरू— हालसम्म फेला पारिएको बाइबलको सबैभन्दा पुरानो अंश
इस्राएलको तेल अभिभ विश्वविद्यालयमा पुरातत्त्वविद्या पढाउने प्राध्यापक गब्रिएल बार्के ख्रिस्टाब्द १९७९ मा प्राचीन यरूशलेमस्थित केतेफ हिन्नोम नाउँ गरेको पुरातात्त्विक क्षेत्रमा उत्खनन गर्दै थिए । उत्खननको क्रममा तिनले त्यहाँ फेला पारेका थुप्रै महत्त्वपूर्ण प्राचीन सामग्रीहरूमध्ये तिनले चाँदीका दुईवटा मुठ्ठा पनि फेला पारे जसलाई केतेफ हिन्नोम रक्षा कवचहरू भनिन्छ । यी मुठ्ठाहरू …
Read More »अमेरिकी नोटमा लेखिएको छ— परमेश्वरमा नै हामी भरोसा गर्छौं
अमेरिकाको नोटमा लेखिएको छ, “In God We Trust.” यसको नेपाली अनुवाद यस्तो हुन्छ, “परमेश्वरमा नै हामी भरोसा गर्छौं ।” यो अमेरिकाको औपचारिक नारा पनि हो । अमेरिकाले १९५६ देखि यस नारालाई अप्नाएको थियो । अमेरिकी गृहयुद्धको बेलामा रचना गरिएको यो नारा ख्रिस्टाब्द १८६४ मा पहिलो पटक अमेरिकी सिक्कामा देखा परेको …
Read More »हाम्रा परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ
“हाम्रा परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ” नामक भजन सर्वोत्कृष्ट भजनहरूको सूचीमा पर्छ । ख्रिस्टाब्द १५२९ तिर सुधारवादी मार्टिन लुथरद्वारा रचित यस भजनलाई “सुधारवादको राष्ट्रिय गान” भनिएको छ । यस भजनलाई अङ्ग्रेजी भाषामा मात्रै कम्तीमा पनि ७१ पटक अनुवाद गरिएको छ । ख्रीष्टियान जगत्मा गाइने अन्य कुनै पनि भजनभन्दा यस भजनलाई सबैभन्दा …
Read More »येशूले किन आफ्नी आमा मरियमलाई “हे नारी” भनी सम्बोधन गर्नुभयो (यूहन्ना २:४) ?
गालीलको काना नगरमा भएको एउटा विवाह भोजमा येशू र उहाँका चेलाहरूलाई पनि निमन्त्रणा थियो । येशूकी आमा मरियम पनि त्यहाँ थिइन् । दाखमद्य सकिएपछि येशूले त्यसको समाधान गर्न सक्नुहुन्छ भन्ने आशा लिएर मरियमले येशूलाई अवगत गराइन्, “तिनीहरूसित दाखमद्य छैन ।” यही प्रसङ्गमा येशूले भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई …
Read More »बाइबल नै इङ्गल्यान्डको सफलताको रहस्य हो— महारानी भिक्टोरिया
एक पटक अफ्रिकाका राजकुमारका राजदूत महारानी भिक्टोरियालाई भेट्न आए । महारानीको सामु तिनले एउटा प्रश्न राखे जुन सोध्नू भनी तिनलाई आज्ञा गरिएको थियो, “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति र सफलताको रहस्य के हो ?” आफ्नो टेबुलमाथि भएको एउटा पुस्तकलाई उठाउँदै महारानीले जवाफ दिइन्, “इङ्गल्यान्डको सफलताको रहस्य यही पुस्तक हो भनी …
Read More »येशूका महानतम वाणीबारे १० ओटा शानदार भनाइ
येशूका वचनहरूलाई धेरै पढिन्छ; धेरै उद्धृत गरिन्छ; धेरै प्रेम गरिन्छ; धेरै विश्वास गरिन्छ अनि धेरै अनुवाद गरिन्छ किनकि ती अहिलेसम्मकै महानतम वचनहरू हुन् । तिनको महानता कहाँ छ ? तिनको महानता मानवीय छातीमा स्पन्दित हुने महानतम समस्याहरूलाई प्रस्टसँग, निश्चयतासाथ र आधिकारिक रूपमा हल गर्ने शुद्ध प्रकाशमय आत्मिकतामा छ । बर्नाड …
Read More »