Recent Posts

वैज्ञानिक आइन्स्टाइनको सबैभन्दा ठुलो भुल के थियो ?

उन्नाइसौँ शताब्दीको अन्त्यसम्ममा यो सम्पूर्ण विश्व (युनिभर्स) अनन्त थियो भन्ने आम विश्वास रहेको थियो । जनसाधारणहरूले मात्र नभएर वैज्ञानिकहरूले पनि यही अवधारणालाई अङ्गाल्थे । तर बिसौँ शताब्दीको पूर्वार्द्धमा यो दृष्टिकोणमा झट्का लाग्यो । सामान्य सापेक्षताको सिद्धान्त र क्वान्टम यान्त्रिकी आधुनिक भौतिकशास्त्रका दुईवटा खम्बा हुन् ।[i] अगिल्लोलाई अल्बर्ट आइन्स्टाइनले विकास गरे …

Read More »

किन येशूले पत्रुसलाई शैतान भन्नुभयो (मर्कूस ८:३३) ?

येशूले पत्रुसलाई यसो भनी हप्काउनुभयो, “तर फर्केर आफ्‍ना चेलाहरूलाई हेरी, पत्रुसलाई उहाँले यसो भनेर हप्‍काउनुभयो, ‘ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्‍वरपट्टि छैन, तर मानिसपट्टि छ'” (मर्कूस ८:३३) ? किन येशूले पत्रुसलाई शैतान भन्नुभयो ? येशूले आफ्नो मृत्यु र पुनरुत्थान आवश्यक थियो भनी आफ्ना चेलाहरूलाई भर्खरै बताउनुभएको थियो, “मानिसको …

Read More »

कलेजसाथै विश्वविद्यालयहरूको स्थापना गर्नेहरू ख्रीष्टियानहरू नै थिए

पावल एल. माइर इतिहासकारसाथै उपन्यासकार हुन् । ख्रिस्टियमतबारे आख्यानेतर र ख्रीष्टियान इतिहासबारे तिनका उपन्यासहरू निकै लोकप्रिय छन् । सोर्‍हवटा प्रकाशित पुस्तकका लेखक माइर ख्रिस्टाब्द १९३० मा जन्मेका थिए । अल्भिन जे. स्किमिडद्वारा लिखित How Christianity Changed the World नामक पुस्तकमा लेखकले संसारमा ख्रीष्टियान योगदानबारे चर्चा गरेका छन् । मैले यस …

Read More »

चर्चको विषयमा १५ ओटा मन छुने भनाइ

साँचो मण्डली कहिल्यै असफल हुन सक्दैन । किनकि यो चट्टानमाथि बसालिएको छ । टी. एस. एलिअट जहाँसुकै हामी परमेश्वरको वचनलाई विशुद्ध रूपमा प्रचार गरिएको र सुनिएको देख्छौँ त्यहाँ परमेश्वरको मण्डली अस्तित्वमा हुन्छ, यद्यपि त्यहाँ थुप्रै त्रुटिहरू नै किन नहोउन् । जोन काल्भिन, ईश्वरशास्त्री, लेखकसाथै पास्टर तपाईं मण्डलीप्रति समर्पित हुनुभई ख्रीष्टप्रति …

Read More »

मरिसकेकी बालिकालाई येशूले किन ‘सुतेकी’ भन्नुभयो (लूका ८:५१-५२) ?

लूकाले व्यक्त गरेका छन्, “जब उहाँ घरमा पुग्‍नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्‍ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन । सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्‍नुभयो, ‘नरोओ, त्‍यो मरेकी छैन, तर सुतेकी छे'” (लूका ८:५१-५२) । बालिका मरिसकेकी थिइन् किनकि पद …

Read More »

बाइबलमा उल्लिखित तर काल्पनिक ठानिएको ३,५०० वर्ष पुरानो जाति पत्ता लाग्यो 

पुरानो करारको इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एउटा जातिको नाउँ हो— हित्ती । कैयौँ वर्षसम्म बाइबलभन्दा बाहिर यस जातिको बारेमा पुरातत्त्वविद्साथै इतिहासकारहरूलाई केही थाहा थिएन । त्यसैले बाइबलका आलोचकहरूले भन्ने गर्थे कि बाइबलमा हित्ती जातिको उल्लेख बाइबल मिथ्या हो भन्ने प्रमाण हो । बाइबलभन्दा बाहिर अन्य ऐतिहासिक दस्ताबेजहरूमा पनि उल्लेख …

Read More »

येशू निष्पाप हुनुहुन्थ्यो भने कसरी पाप बनाइनुभएको हुन सक्छ (२ कोरिन्थी ५:२१) ?

पावलका अनुसार येशू पाप बनाइनुभयो, “किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२ कोरिन्थी ५:२१) । यस पदमा ‘पाप नचिन्नुहुने’ व्यक्ति येशू हुनुहुन्छ जो हाम्रो खातिर पाप बनाइनुभयो । धर्मशास्त्रको प्रस्ट शिक्षाअनुसार येशू पापरहित हुनुहुन्छ । त्यसो हो भने कसरी पाप बनाइनुभएको …

Read More »

कसरी प्रभावशाली ख्रीष्टियान बन्ने ?

“सुकरातले भनेका थिए कि जाँच नगरिएको जीवन जिउन लायक छैन । आफ्नो जीवन जाँच्नु भनेको त्यसबारे सोच्नु हो, मूल्याङ्कन गर्नु हो । मूल्याङ्कनको लागि मूल्य-मान्यता र प्रणालीको खाँचो पर्छ । हामी सबैका मूल्य-मान्यताहरू छन् । जीवन के हो भन्ने बारेमा हामी सबैको कुनै न कुनै हेराइ छ । हामी बसेका …

Read More »

“जससँग छ त्यसलाई दिइनेछ” (मर्कूस ४:२५) भन्नुको मतलब के हो ?

येशूले भन्नुभयो, “किनभने जससँग छ त्‍यसलाई दिइनेछ, र जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ” (मर्कूस ४:२५) । येशूको भनाइको मतलब के हो ? यो खण्डलाई बारम्बार गलत किसिमले बुझिएको छ । येशूले यहाँ धनसम्पत्तिको बारेमा चर्चा गर्नुभएको होइन, न त आशिष्‌हरूको बारेमा । येशूले भन्न खोज्नुभएको कुरोचाहिँ यही हो …

Read More »

के विज्ञानले परमेश्वरतर्फ डोर्‍याउँछ ?

“विज्ञान र परमेश्वरको सन्दर्भमा आधुनिक विज्ञान मूलत: ख्रीष्टियान वैज्ञानिहरूद्वारा स्थापना गरियो भनी ख्याल गर्नु प्रासङ्गिक हुन्छ । ख्रीष्टियान परमेश्वर अर्थात् बौद्धिक चेतनाद्वारा यो विश्वको सृजना गरियो भन्ने तिनीहरूको विश्वास थियो । तसर्थ विश्वमा बौद्धिक अनुसन्धान गर्न सकिन्छ अर्थात् यो परीक्षणीय छ ।” यो डज साइन्स पोइन्ट टु गड ? (इज …

Read More »

बाइबलअनुसार यो पृथ्वी कति वर्ष पुरानो छ ?

पुस्तक पठन यात्रामा यो मेरो ३५ औँ पुस्तक हो । पुस्तकको नाउँ हो, अ बिब्लिकल केस फर एन ओल्ड अर्थ (पुरानो पृथ्वीको लागि बाइबलीय आधार) । डेभिड स्नोक यसका लेखक हुन् । लेखक पिट्सवर्ग विश्वविद्यालयमा भौतिकशास्त्रसाथै खगोल विज्ञानका सहयोगी प्राध्यापक हुन् । मण्डलीका एल्डरसमेत रहेका तिनले ७० ओटाभन्दा बेसी वैज्ञानिक …

Read More »

किन एस्तरको पुस्तकमा परमेश्वरको नाउँ उल्लेख भएको छैन ?

नेपाली बाइबलमा एस्तरको पुस्तक सत्रौँ पुस्तक हो । बाइबलका ६६ ओटा पुस्तकमध्ये दुईवटा स्त्रीको नाउँबाट राखिएको छ: रूथ र एस्तर । पूरै बाइबलमा एस्तरको पुस्तक मात्र यस्तो पुस्तक हो जहाँ परमेश्वरको नाउँ उल्लेख भएको छैन । एस्तरको पुस्तकमा एस्तरको कथा पाइन्छ । पुस्तकअनुसार साधारण यहूदी एस्तर रानी बन्न पुगिन् । …

Read More »

किन येशूले कनानी स्त्रीलाई कुकुरको संज्ञा दिनुभयो (मत्ती १५:२६) ?

येशू टुरोस र सीदोनको इलाकामा जानुभयो जुन गैरयहूदी क्षेत्र थियो । एक जना कनानी स्त्री येशूकहाँ आइन् र आफ्नी छोरीको चङ्गाइको निम्ति उहाँलाई बिन्ती गरिन् । येशूले उनलाई जवाफ दिनुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन” (मत्ती १५:२६) । किन येशूले कनानी स्त्रीलाई कुकुरको संज्ञा दिनुभयो ? के यो …

Read More »

फेला पर्‍यो क्रूसमा टाँग्न प्रयोग गरिएको काँटी

“जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे” (लूका २३:३३) । यूहन्ना लेख्छन्, “तब सिपाहीहरू आए र उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्यसपछि अर्कोको” (१९:३२) । येशूको क्रुसारोहणको सम्बन्धमा सुसमाचारीय विवरणहरूमा कमसे कम दुईवटा त्रुटि छन् भन्ने बाइबलका आलोचकहरूको दाबी थियोः (१) क्रूसमा …

Read More »

जातीय भेदभावविरुद्ध ७ ओटा तर्क

नेपालमा कानुनी रूपमा जातीय भेदभाव दशकौँ अगि हटे तापनि व्यावहारिक रूपमा यो विद्यमान नै छ । विविध कारणले हाम्रो समाजमा यसले स्थान पाइरहेको छ । यस आलेखमा जातीय भेदभावविरुद्ध ७ ओटा तर्क पेस गरिएका छन् । जातीय भेदभाव सृष्टिको विवरणको विरुद्धमा छ मानव जाति यस धरतीमा कसरी आयो भन्ने सवालमा …

Read More »

Powered by Youth Circle