Recent Posts

येशू कहाँबाट स्वर्गारोहण हुनुभयो— बेथानिया वा जैतून पर्वत ?

तेस्रो सुसमाचारीय लेखक डा. लूकाको विवरणअनुसार येशू बेथानियाबाट स्वर्गारोहण हुनुभयो, “त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो । उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो” (लूका २४:५०-५१) । तर उही लेखकको दोस्रो पुस्तकमा भनिएको छ, “उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ …

Read More »

शिशु-हत्याको रोक ख्रीष्टियान शिक्षाको अर्को सकारात्मक नतिजा

प्रतिष्ठित इतिहासकार विलियम ई. एच. लेकीले व्यक्त गरेका छन्, “शिशु-हत्या प्राचीन सभ्यताको एउटा गहनतम दाग थियो ।”[i] तिनले त्यसोभन्दा बढाइचढाइँ गरेका थिएनन् । अर्का लेखक फ्रेडरिक फरारले पनि बताएका छन् कि ख्रिस्टियमतका प्रारम्भिक वर्षहरूमा ग्रिकसाथै रोमीहरूका बिचमा शिशु-हत्या कुख्यात रूपमा विश्वव्यापी थियो ।[ii] जानाजानी शिशुको ज्यान लिने कार्यलाई शिशु-हत्या भनिन्छ । …

Read More »

सतीत्व प्रथा उन्मूलनमा ख्रीष्टियान मिसनरीहरूको उल्लेखनीय भूमिका

भारतका मानिसहरूलाई येशूको सुसमाचार सुनाउन ‘आधुनिक मिसनका पिता’ को रूपमा आदर गरिएका विलियम केरी ख्रिस्टाब्द १७९३ मा इङ्गल्यान्डबाट भारतको कलकत्ता आएका थिए । झन्डै ६ वर्षपश्चात् १७९९ मा कलकत्ताभन्दा तिस माइल पर पर्ने एउटा ठाउँमा एक साँझ तिनले विधवालाई जलाएको देखे । तिनले विधवासाथै पुजारीहरूसित तर्कवितर्क गरी त्यस गतिविधिलाई रोक्ने …

Read More »

के बाइबलले तीनवटा स्वर्गको उल्लेख गर्छ (२ कोरिन्थी १२:१) ?

पावलले चिनेका एक जना मानिस (तिनी आफै ?) तेस्रो स्वर्गसम्म उचालिए भनी तिनले बताएका छन् (२ कोरिन्थी १२:१) । तिनले ‘तेस्रो स्वर्ग’ भनी उल्लेख गरेकाले तिनको भनाइबाट प्रस्ट हुन्छ कि पहिलो र दोस्रो स्वर्ग पनि अस्तित्वमा छन् । आज हामीले विश्व अर्थात् युनिभर्सलाई जुन दृष्टिकोणबाट बुझ्दछौँ प्राचीन समयका मानिसहरूले त्यसरी …

Read More »

सुसमाचारको आगमनसँगै मानव बलिमा रोक

२७ जुलाई २०१५ मा सीएनएनले नेपालको कुरीतिबारे एउटा खबर प्रकाशित गरेको थियो जसअनुसार नवलपरासी जिल्लाको कुदिया गाविसमा जीवन कोहार नाउँ गरेका १० वर्षीय बालकलाई बलि दिइएको थियो । बालकलाई मन्दिरमा लगिएपछि धार्मिक रीति सम्पन्न गरियो अनि नजिकै लगेर घाँटी रेटियो । यस नरबलीका गुरुयोजनाकार कोदाई हरिजनका १८ वर्षे छोरो अस्वस्थ …

Read More »

ख्रीष्टियान शिक्षाको प्रभावमा मान्छेले मान्छेको मासु खाने अभ्यासमा पूर्ण विराम

प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देशको नाउँ हो, फिजी । एक जना कलेजका प्राध्यापक त्यहाँ पुगे जो धार्मिक दृष्टिकोणबाट अज्ञेयवादी थिए । ती अज्ञेयवादी प्राध्यापकले त्यहाँका मुखियालाई भने, “तपाईं महान् अगुवा हुनुहुन्छ । तर मिसनरीहरूले तपाईंलाई पङ्गु बनाएकोमा मलाई दु:ख लागेको छ । तपाईंलाई प्रयोग गरेर तिनीहरू केवल धनी …

Read More »

सुसमाचारको ग्रहणपश्चात् मान्छेले मान्छेको ज्यान लिने खेलको अन्त्य

मानिसहरू रङ्गशालामा सदाझैँ खेल हेर्न झुम्मिएका थिए । खेल सुरु हुनै लागेको थियो । टेलेमाखस नाम गरेका ख्रीष्‍टियान मैदानमा ओर्लिए र तिनले ती लडाकाहरूलाई छुट्ट्याउने कोसिस गरे । त्यस दृश्यलाई देखेर दर्शकगण यति क्रुद्ध भए कि तिनीहरूले तिनीमाथि ढुङ्गा बर्साए र तिनी मारिए । टेलेमाखसको साहस र सहादतबाट ख्रीष्‍टियान सम्राट् …

Read More »

दासप्रथा— ख्रीष्टियान शिक्षाको नतिजास्वरूप अन्त्य भएको कुप्रथा

दासप्रथा भनेको मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन्ती प्रथा हो ।[1] दासप्रथा नेपाललगायत विश्वका विभिन्न भूभागमा अभ्यास गरिएको एउटा अमानवीय प्रथा थियो जुन कतिपय ठाउँहरूमा विभिन्न स्वरूपमा अझै पनि कायमै छ । राजा, पुजारीसाथै दार्शनिकहरूले यसको अनुमोदन गरेको पाइन्छ । व्यापक रूपमा अभ्यास गरिएको यस कुप्रथालाई हटाउन ख्रीष्ट येशूका …

Read More »

येशूले “कसैलाई आफ्‍ना पिता नभन” (मत्ती २३:९) भनी आज्ञा दिनुहुँदा उहाँको भनाइको मतलब के हो ?

येशूले आज्ञा दिनुभयो, “तिमीहरू पृथ्‍वीमा कसैलाई आफ्‍ना पिता नभन, किनकि स्‍वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्‍छ” (मत्ती २३:९) । तर दस आज्ञामा प्रस्टसित लेखिएको छ, “आफ्‍ना बाबु र आमालाई आदर गर” (प्रस्थान २०:१२) । पावलले अब्राहामलाई “हाम्रा पिता अब्राहाम” भनी उल्लेख गरेका छन् (रोमी ४:१२) । पावल तिमोथी र तीतसका आत्मिक …

Read More »

के आइन्स्टाइन आस्तिक थिए ?

ख्रिस्टाब्द १८७९ मा जर्मन साम्राज्यमा जन्मेका अल्बर्ट आइन्स्टाइन “जिनिअस” शब्दको पर्यायवाची बने । तिनले आधुनिक भौतिकशास्त्रका दुईवटा खम्बामध्ये एउटा खम्बा (सामान्य सापेक्षताको सिद्धान्त) लाई विकास गरे । अर्को खम्बा हो, क्वान्टम यान्त्रिकी । समय, गुरुत्वाकर्षण र पदार्थको शक्तिमा रूपान्तरण (E=mc2) जस्ता विषयमा तिनले क्रान्ति नै ल्याइदिए । १९४० मा अमेरिकाको …

Read More »

इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह

पुस्तकको नाम : इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह सङ्कलक/सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : ३८७ मूल्य रु. : ३०० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०१९ ISBN : 978-9937-0-5986-2 यो किताबमा जम्माजम्मी ३६६ ओटा प्रेरक प्रसङ्ग छन् र हरेक पाठ लगभग उही आकारको छ अर्थात् २७५-३२५ …

Read More »

येशू को हुनुहुन्छ ?

पुस्तकको नाम : येशू को हुनुहुन्छ ? लेखक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : १४९ मूल्य रु. : १३० प्रकाशक : सामदान प्रकाशन प्रकाशन मिति : २०१८ ISBN : 978-9937-0-4853-8 येशू को हुनुहुन्छ ? कमल अधिकारीको चौथो कृति हो । यो मूलतः येशू ख्रीष्‍टको बारेमा लेखिएको पुस्तक हो । यो …

Read More »

प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह

पुस्तकको नाम : प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह सङ्कलक/सम्पादक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : ११६ + १२ मूल्य रु. : ८० प्रकाशक : वरदान प्रकाशन प्रकाशन मिति : २०१४ ISBN : 978-9937-8747-6-2 यो पुस्तक ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ ओटा प्रेरक प्रसङ्गको सङ्कलन हो । इतिहासमा …

Read More »

प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू

पुस्तकको नाम : प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू लेखक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : २५२ + १६ ‍= २६८ मूल्य रु. : १५० प्रकाशक : वरदान प्रकाशन प्रकाशन मिति : २०११ ISBN : 978-9937-2-3497-9 यो पुस्तक मूलत: बाइबलको विषयमा हो । बाइबल कस्तो खालको पुस्तक हो र यसको ईश्‍वरीय …

Read More »

बाइबल, विज्ञान र परमेश्‍वर

पुस्तकको नाम : बाइबल, विज्ञान र परमेश्‍वर लेखक : कमल अधिकारी पृष्‍ठ सङ्ख्या : १४५ मूल्य रु. : १०० प्रकाशक : जीएफए प्रकाशन प्रकाशन मिति : २०११ ISBN : 978-9937-8221-5-2 यो पुस्तकले खास गरी ऐतिहासिक ख्रीष्‍टियान विश्‍वासको पक्षमा गहकिला साक्षीसाथै तर्कहरू पेस गर्दछ । ख्रीष्‍टियान विश्‍वास कुनै अन्धविश्‍वास नभई बौद्धिक …

Read More »

Powered by Youth Circle