Recent Posts

येशू परमेश्वर हुनुहुन्छ भने किन उहाँलाई आफ्नो आगमनको समय थाहा भएन (मर्कूस १३:३२) ?

आफ्नो दोस्रो आगमनको समयबारे बोल्नुहुँदै येशूले भन्नुभयो, “तर त्यस दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरूले न त पुत्रले” (मर्कूस १३:३२) । परमेश्वरको एउटा गुण हो— उहाँ सर्वज्ञानी हुनुहुन्छ अर्थात् उहाँलाई हरेक कुरो थाहा छ । हरेक कुरोभित्र भूत, वर्तमान र भविष्यसाथै …

Read More »

के येशू साँच्चै “तीन दिन र तीन रात” पृथ्वीको गर्भभित्र रहनुभयो (मत्ती १२:४०) ?

येशू शुक्रबार क्रूसमा टाँगिनुभयो र आइतबार पुनरुत्थान हुनुभयो भने कसरी उहाँ तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनुभएको हुन सक्छ त ? येशूको क्रूसारोहण शुक्रबार भयो भनी झन्डै विश्वव्यापी रूपमा विश्वास गरिन्छ । त्यसैले अन्य दिनमा नभई हामी शुक्रबारको दिनमा नै “गुड फ्राइडे” अर्थात् “असल शुक्रबार” मनाउँछौँ । यो …

Read More »

बाइबलका ७ ओटा विरोधाभासको व्याख्या

विरोधाभास भनेको दुई वा सोभन्दा बेसी वस्तुका बिचमा पाइने विरोधको भान हो । यो कुरो साँचो हो कि बाइबलमा विरोधाभासहरू छन् । तर विरोधाभास भुल होइन न त अन्तर्विरोध हो । बाइबलका विरोधाभासहरू व्याख्या गर्नै नसक्ने खालका छैनन् । होसियार अध्ययनबाट तिनलाई बुझ्न सकिन्छ । यहाँ त्यस्ता ७ ओटा विरोधाभासको …

Read More »

के निषेधित फल खाएको दिनमा नै आदम मरे (उत्पत्ति २:१६-१७) ?

अदनको बगैँचामा परमेश्वरले आदमलाई गम्भीर चेताउनी दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्” (उत्पत्ति २:१६-१७) । निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो भनी परमेश्वरले भविष्यवाणी गर्नुभए …

Read More »

के अन्नका बाला टिपेर खाँदा येशूका चेलाहरूले शबाथ-दिनको उल्लङ्घन गरे (मत्ती १२:१-२) ?

मत्ती १२:१-२ मा लेखिएको छ, “त्यस समय येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो । उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्दै खान लागे । तर फरिसीहरूले यो देखेर उहाँलाई भने, ‘हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्’ ।” के शबाथमा अन्न टिपेर खाँदा फरिसीहरूले आरोप लगाएझैँ …

Read More »

कयिनकी पत्नी को थिइन् (उत्पत्ति ४:१७) ?

बाइबलको विवरणबाट हामी प्रस्ट हुन्छौँ कि परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूबाट कयिन र तिनका भाइ हाबिल जन्मे । कयिनले आफ्ना भाइ हाबिलको हत्या गरेपछि तिनी नोद भन्ने देशमा गए र आफ्नी पत्नीसित तिनको सहवास भयो (उत्पत्ति ४:१७) । तब स्वाभाविक प्रश्नको उदय हुन्छ— कयिनले कहाँबाट आफ्नी पत्नी …

Read More »

प्रतीक्षित वादविवाद प्रतियोगितामा ४७ जनाले येशूमाथि विश्वास गरे

मण्डलीले एउटा वादविवाद प्रतियोगिता आयोजना गर्‍यो । यसमा संसारकै सुविख्यात ख्रीष्टियान रक्षाशास्त्रीसाथै दार्शनिक विलियम लेन क्रेग र नामुद नास्तिक फ्र्याङ्क जिन्डलरले भाग लिएका थिए । यी दुई महान् प्रतिस्पर्धीबिचको वादविवादलाई ११७ ओटा स्टेसनले प्रत्यक्ष प्रसारण गरेको थियो । २७ जुन १९९३ मा अमेरिकाको इलिनोई राज्यको सिकागोस्थित विल्लो क्रिक कम्युनिटी चर्चमा …

Read More »

बाइबल— जीवन परिवर्तन गर्ने पुस्तक

१७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि भाग्यवशः नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् यद्यपि सुन्न भने सक्थे । कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो । आमाले छोरोको लागि चर्को सोरमा यूहन्ना १४:१९ …

Read More »

बाइबल— संसारमा सबैभन्दा प्रभावशाली पुस्तक

दोस्रो विश्वयुद्ध (१९३९-१९४५) जारी थियो । डुलिटिल रेड नाउँ दिइएको हवाइ आक्रमणमा १९४२ मा अमेरिकाले जापानको राजधानी टोकियोलगायत अन्य सहरहरूमाथि आक्रमण गर्‍यो । आक्रमणकारीहरूको समूहमा जेकब डे साजर नाउँका एक जना सैनिक अधिकृत पनि थिए जो नास्तिक थिए । तिनको टिमले जापानको नागोया सहरमाथि आक्रमण गरेपछि विमानलाई चीनमा सुरक्षित अवतरण …

Read More »

७ जना अशक्त व्यक्ति जो हाम्रा लागि प्रेरणादायी छन्

सबलहरूले मात्र नभई दुर्बलहरूले पनि हामीलाई सिकाउन सक्छन् । यहाँ त्यस्ता ७ जना दुर्बल व्यक्तिहरू अर्थात् फरक क्षमता भएकाहरूको बारेमा चर्चा गरिएको छ जो हाम्रा लागि प्रेरणादायी छन् । (१) निक भुजिकिक ४ डिसेम्बर १९८२ मा निक भुजिकिकको जन्म अस्ट्रेलियामा भएको थियो । तिनी हात र खुट्टाविना नै जन्मेका थिए …

Read More »

बाइबल— भविष्यवाणीको पुस्तक

आजभन्दा झन्डै २,५०० वर्षअगि इजकिएल अगमवक्ताले टुरोस सहरको विनाशबारे भविष्यवाणी गरेका थिए, “तँ फेरि कहिल्यै निर्मित हुनेछैनस्, किनभने म परमप्रभुले नै यो भनेको हुँ, परमप्रभु यसो भन्नुहुन्छ” (इजकिएल २६:१४) । यसरी भविष्यवाणी हुँदा भूमध्य सागरको पूर्वी तटमा अवस्थित यो चौपट्टै नामी सहर यति सुरक्षित थियो कि मानवीय दृष्टिकोणबाट यो पराजित …

Read More »

येशूलाई याकूब र यूहन्नाले बिन्ती चढाए कि तिनीहरूकी आमाले ?

ख्रीष्टको राज्यमा याकूब र यूहन्नालाई उहाँको दाहिने र देब्रे हातपट्टि बस्न दिइओस् भनी याकूब र यूहन्नाले बिन्ती गरे (मर्कूस १०:३५) वा तिनीहरूकी आमाले (मत्ती २०:२०) ? मत्तीको विवरणअनुसार याकूब र यूहन्नाकी आमाले उक्त बिन्ती चढाइन्, “तब जब्दियाका छोराहरूकी आमाले आफ्ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन् …

Read More »

बाइबल— अविनाशी पुस्तक

डायोक्लिसन रोमका सम्राट् थिए जसले ख्रिस्टाब्द २८४-३०५ सम्म शासन गरे । आफ्नो शासनकालमा तिनले ख्रीष्टियानहरूमाथि उग्र सतावट खन्याए । इतिहासकार युसेबियसले तिनको बारेमा लेखेका छन्, “जताततै राजकीय उर्दीहरू प्रकाशित गरिए जसअनुसार मण्डलीहरू पूर्ण रूपमा भत्काइनुपर्थ्यो भने बाइबल धर्मशास्त्रहरू आगोद्वारा नष्ट गरिनुपर्थ्यो ।”[i] कसैको हातमा बाइबलको प्रति फेला पारिएको खण्डमा जलाइनलाई …

Read More »

बाइबल— अनेकतामा एकता भएको

संसारका सबै पुस्तकमध्ये बाइबल विविध क्षेत्रहरूमा फरक छ । तीमध्ये एउटा क्षेत्र हो, बाइबलको एकत्व । पुरानो करारमा उनन्चालिस र नयाँ करारमा सत्ताइसवटा गरी बाइबलमा जम्माजम्मी छैँसट्ठी ओटा पुस्तक छन् । पञ्चग्रन्थ भनेर चिनिने मोशाद्वारा लिखित बाइबलका अगिल्ला पाँचवटा पुस्तक (उत्पत्ति-व्यवस्था) सम्भवत: १४०० ख्रिस्टपूर्वतिर लेखिए । प्रकाशको पुस्तक बाइबलको सबैभन्दा …

Read More »

बाइबल— संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तक

संसारमा सबैभन्दा बढी पढिने पुस्तक कुन हो ? संसारमा सबैभन्दा बढी बिक्री-वितरण हुने पुस्तक कुन हो ? संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तक कुन हो ? यी सबैको जवाफ हुन्छ, बाइबल । चाहे आख्यान होस् वा आख्यानेतर अन्य कुनै पनि पुस्तक प्रचार-प्रसारमा बाइबलको नजिक पनि आएको छैन । हरेक वर्ष …

Read More »

Powered by Youth Circle