संसारमा येशूका विविध चित्रहरू पाइन्छन् । तपाईंले ती तस्बिरहरूमा येशूको शिरमाथि INRI लेखिएको एउटा शब्द देख्नुहुन्छ । यसको पूरा रूप के हो र यसको अर्थ के हुन्छ ? येशूको जन्म र मृत्युको समयमा उहाँलाई यहूदीहरूका राजा भनिएको छ । उहाँ बेथलेहेममा जन्मनुभएपछि पूर्वबाट आएका बुद्धिमान् मानिसहरूले यसो भन्दै सोधखोज गरे, …
Read More »Recent Posts
निष्पाप हुनुभएर पनि येशूले किन बप्तिस्मा लिनुभयो (मत्ती ३:१३-१७) ?
येशूले कहिल्यै पाप गर्नुभएन भन्ने तथ्य काँचझैँ छर्लङ्ग छ । येशूका केही शत्रुहरूले उहाँको विरुद्धमा झुटा दोषहरू अगाडि ल्याए तर उहाँको जाँचको समयमा पिलातसले दिएको निर्णय इतिहासकै निर्णय भएको छ, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ” (लूका २३:४) । क्रूस नजिक भएका कप्तानले यसो भन्दै सहमति जनाए, “निश्चय नै यिनी …
Read More »किन येशूले ३० वर्षको उमेरमा सेवाकार्य सुरु गर्नुभयो (लूका ३:२३) ?
येशू यहूदी परिवारमा जन्मनुभयो र यहूदी हुनुभएकोले आठौँ दिनमा उहाँको खतना गरियो । व्यवस्थाबमोजिम चालिसौँ दिनमा उहाँलाई मन्दिरमा अर्पण गरियो । १२ वर्ष पुग्नुभएपछि उहाँ यरूशलेममा जानुभयो, “जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो” (लूका २:४२) । यूहन्नाबाट बप्तिस्मा लिनुभएसँगै उहाँको सेवाकार्य सुरु भयो, “तब येशू …
Read More »उपहारस्वरूप प्राप्त बाइबल पढेर नास्तिक मेरीले येशूलाई अङ्गालिन्
परमेश्वर र यस जीवनबारे “मेरा धेरै प्रश्नहरू थिए जसलाई मण्डलीले वास्तवमै जवाफ दिने कोसिस गरिरहेको थिएन”, मेरी जो सार्प आफ्नो आत्मकथा Why I Still Believe: A Former Atheist’s Reckoning with the Bad Reputation Christians Give a Good God मा लेखिन्छन् । “धेरैभन्दा धेरै मण्डली र कलेजहरूले असल तरिकाले तर्क गर्ने …
Read More »याकूबले कोसित कुश्ती लडे— स्वर्गदूत वा परमेश्वर (उत्पत्ति ३२:२२-३२) ?
याकूबको कुश्तीबारे उत्पत्ति ३२:२२-३२ मा वर्णन गरिएको छ । तपाईं यस कुश्तीबारे परिचित हुनुहुन्न भने विवरण यस प्रकार छ: त्यस रात याकूब उठे, र तिनका दुई पत्नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्बोक नदी तरे । तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि …
Read More »अनैतिकताको सागरमा डुबेका अगस्टिनको जीवनमा बाइबलद्वारा नाटकीय परिवर्तन आयो
मैले हालै पढेर सकेको कृतिको नाउँ Confessions हो । यसमा १३ ओटा पुस्तक (वा भाग) छन् । सन्त अगस्टिनद्वारा लिखित यो कृति तिनको आत्मकथा हो । चौथो शताब्दीको अन्त्यतिर रचित यस कृतिलाई सुरुमा ल्याटिन भाषामा लेखिएको थियो । तिनले आफ्नो युवावस्थालाई कसरी पापको सागरमा डुबाए र कसरी येशूमा नयाँ जन्म …
Read More »के परमेश्वरले राहाबको झुटलाई अनुमोदन गर्नुभयो (यहोशू २:४-५) ?
दश आज्ञामध्ये एउटा आज्ञाले झुटो गवाही दिन निषेध गर्छ, “आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू” (प्रस्थान २०:१६) । तर यहोशूको पुस्तकमा राहाबले झुट बोलिन्, “तर त्यस स्त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई । त्यसले भनी, ‘हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन …
Read More »घिनलाग्दा पापहरू गरेका लोत (उत्पत्ति १९) कसरी ‘धार्मिक’ हुन सक्छन् (२ पत्रुस २:७-८) ?
उत्पत्तिको विवरणअनुसार लोतले घिनलाग्दा पापहरू गरेका छन् । तिनले समलिङ्गीहरूलाई आफ्ना कन्या छोरीहरू मात्र दिने प्रस्ताव गरेनन् तर मद्यले मात्तिएको अवस्थामा तिनका छोरीहरू नै तिनीसित सुते (उत्पत्ति १९) । तर पत्रुसले आफ्नो दोस्रो पत्रमा लोतलाई ‘धार्मिक’ भनेका छन्, “उहाँले दुष्टहरूका कामुकताबाट अति दु:खित भएका धार्मिक लोतलाई बचाउनुभयो । (ती मानिसहरूका …
Read More »नबुझ्दा बाइबल जलाए तर बुझेपछि त्यही बाइबलकै प्रचार गरे
यो वर्ष मैले पढेर सिद्ध्याएको पाँचौँ कृति पनि आत्मकथा नै हो । पुस्तकको शीर्षक The Rage Against God: How Atheism Led Me to Faith रहेको छ । कृतिका रचनाकार हुन्, पिटर हिचेन्स । परिचित पत्रकारसाथै लेखक हिचेन्सका आठवटा कृतिमध्ये यो पाँचौँ कृति हो । पुस्तक पठन यात्रामा यो मेरो १०५ …
Read More »अल्लाहको खोजी गरेका कुरेसीले येशूलाई भेट्टाए
२४ जनवरीबाट नबिल कुरेसीको आत्मकथा पढ्न सुरु गरेँ । Seeking Allah, Finding Jesus: A Devout Muslim Encounters Christianity आत्मकथाको शीर्षक हो । जनवरीमा पढेर सकेको यो मेरो चौथो आत्मकथा हो । ४ लाखभन्दा बढी प्रति बिक्री हुन सफल यो पुस्तक नबिल कुरेसीको आत्मिक यात्राको बारेमा हो । पुस्तकको नामैबाट प्रस्ट …
Read More »मासु खाने वा नखाने सम्बन्धमा बाइबलले के सिकाउँछ ?
बाइबल स्कुलकी छात्राले प्रश्न गरिन्, “सर, हामीले सुँगुरको मासु खान मिल्छ कि मिल्दैन ?” उनी लेवी ११ अध्यायमा अभिलिखित शुद्ध र अशुद्ध खानेकुराबारे सचेत थिइन् । पद ७ मा सुँगुरको मासु खान निषेध गरिएको छ, “अनि सुँगुर, किनभने त्यसको खुर पूरै चिरिएको त हुन्छ, तर उग्राउँदैन । त्यो तिमीहरूका निम्ति …
Read More »साहित्यमा पीएचडी गरेकी नास्तिक प्राध्यापकले अनुसन्धानपछि येशूलाई अङ्गालिन्
जनवरी १८ बाट मैले होली अर्डीको आत्मकथा पढ्न सुरु गरेँ । Not God’s Type: An Atheist Academic Lays Down Her Arms उनको आत्मकथाको शीर्षक रहेको छ । ६ दिन (जनवरी १८-२३) मा ८ घण्टा लगाएर उक्त कृति आद्योपान्त सकेँ । साहित्यमा विद्यावारिधि गरेकी अर्डी आफै यसका लेखिका हुन् । २०१४ …
Read More »आत्महत्या गर्न तम्सेका रबीमा बाइबलको वचनले नयाँ आशा जगाइदियो
आफ्नो आत्मकथामा रबी जकरिया लेख्छन्, “रक्षाशास्त्र भनेको प्रश्नहरूको जवाफ दिनु मात्र होइन तर मानिसहरूको जवाफको प्रश्न गर्नु पनि हो र तिनीहरूका प्रश्नहरूको प्रश्न गर्नु पनि हो । तपाईंले कसैको प्रश्नमाथि प्रश्न तेर्साउनुहुँदा तपाईंले उसलाई उसका आफ्ना पूर्वानुमानहरूबारे मनन गर्न बाध्य पार्नुहुने छ । हाम्रा पूर्वानुमानहरू जाँचिनुपर्छ ।” ७ जनवरीबाट रबीको …
Read More »विश्वप्रसिद्ध नास्तिक दार्शनिक फ्लुलाई वैज्ञानिक साक्षीले परमेश्वरतर्फ डोर्यायो
ख्रिस्टाब्द २०१५ देखि आफूले पढेर सिद्ध्याएका पुस्तकहरूको अभिलेख राख्न थालेँ । २०२० को अन्त्यसम्म आइपुग्दा मैले ठ्याक्कै १०० ओटा किताब पढेर सकेछु । २०२१ मा पढिने पुस्तकहरूको सूची बनाउँदा म आत्मकथामा केन्द्रित हुन चाहेँ । त्यसैले एन्टोनी फ्लुको आत्मकथाबाट २०२१ को पुस्तक पठन यात्राको शुभारम्भ गरेँ । फ्लु विश्वविख्यात नास्तिक …
Read More »धर्म र विज्ञान शत्रु हुन् कि मित्र ?
“सत्रौँ शताब्दीमा पहिलो पटक धर्मले विज्ञानसित भेट्दा जम्काभेट मैत्रीपूर्ण थियो । वैज्ञानिक क्रान्तिका अधिकांश संस्थापकहरू भक्त ख्रीष्टियानहरू थिए जसले विश्वास गर्थे कि तिनीहरूका वैज्ञानिक काममा तिनीहरूले सृष्टिकर्ताको रचनालाई अध्ययन गर्दै थिए ।” When Science Meets Religion: Enemies, Strangers, or Partners? नामक पुस्तकबाट साभार गरिएको यस अंशमा परमेश्वरप्रति वैज्ञानिक क्रान्तिका वैज्ञानिकहरूको …
Read More »