Recent Posts

फ्रान्सिस कोलिन्स— नास्तिक वैज्ञानिकबाट ख्रीष्टियान वैज्ञानिक

तिनी नास्तिक थिए । तिनको बुझाइमा धार्मिक विश्वास आधारभूत रूपमा अन्धविश्वाससिवाय केही थिएन । तर्कको लागि त्यहाँ कुनै ठाउँ थिएन, न त्यहाँ खोज हुन्थ्यो न त कुनै अनुसन्धान । मेडिकल क्षेत्रमा पढ्ने क्रममा अस्पतालका बिरामीहरू रोगसित जुधिरहेका देखेका थिए तिनले । त्यस्तो दर्दनाक अवस्थामा तिनीहरूले परमेश्वरलाई सराप्नुको साटो सान्त्वनाको लागि …

Read More »

बाइबलका ७ ओटा कठिनाइको व्याख्या

बाइबलमा सजिला कुराहरू मात्र छैनन् तर कठिन कुराहरू पनि छन् जसलाई बुझ्न होसियार अध्ययन हुनुपर्छ । यहाँ त्यस्तै ७ ओटा कठिनाइलाई व्याख्या गरिएको छ ।   (१) के निषेधित फल खाएको दिनमा नै आदम मरे (२:१६–१७) ? निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो (उत्पत्ति २:१६-१७) भनी परमेश्वरले भविष्यवाणी …

Read More »

सी. एस. लेविस— नास्तिकदेखि प्रभावशाली ख्रीष्टियान रक्षाशास्त्रीसम्म

सी. एस. लेविस ख्रीष्टियान परिवारमा जन्मेका थिए र तिनको परिवार चर्च अफ आएरल्यान्डमा जान्थ्यो । धार्मिक परिवारमा हुर्के तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारण १५ वर्षको उमेरमा तिनी नास्तिक बने । नास्तिकवादको पक्षमा तिनको तर्क थियो, “यदि परमेश्वरले यस संसारको रचना गर्नुभएको थियो भने हामीले देखेजस्तै यो …

Read More »

रबी जकरिया— असफल आत्महत्याको प्रयासदेखि सुप्रसिद्ध वक्तासम्म

१७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् यद्यपि सुन्न भने सक्थे । कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो । आमाले छोरोको लागि चर्को सोरमा यूहन्ना १४:१९ पढिन्, …

Read More »

आधुनिक वैज्ञानिक खोजहरूले हामीलाई उत्पत्तिको पुस्तकमा डोर्‍याएका छन्

शून्यताबाट कुनै कुरोको उदय हुन सक्छ भनी दाबी गर्नु भनेको जादुभन्दा पनि खराब हो । एउटा जादुगरले टोपीभित्रबाट खरायो निकाल्दा कमसे कम त्यहाँ पहिले नै जादुगर र टोपी त हुन्छन् । शून्यताबाट कहिल्यै स्वतः कुनै वस्तु अस्तित्वमा आएको हामीलाई थाहा छैन । दिन प्रतिदिनको हाम्रो अनुभवले यसलाई पुष्टि गर्दछ । …

Read More »

एउटै क्रुसेडमा ५६ हजार मानिसले येशूलाई ग्रहण गरे

सुसमाचार प्रचारका पर्यायवाची हुन्, बिल्ली ग्राहम । तिनी इतिहासमा सबैभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाउने व्यक्ति हुन् । तिनले १८५ ओटाभन्दा बेसी मुलुकका दुई अरबभन्दा बढी मानिसलाई सुसमाचार सुनाए र तिनको सुसमाचार सुनेर झन्डै ३२ लाख मानिसले येशूलाई व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरेका छन् ।[i] ग्राहमका एक जना जीवनीकारले …

Read More »

मृत्युपश्चात् पुनरुत्थानअगि येशू कहाँ जानुभयो ?

क्रूसमा टाँगिएका दुई जना अपराधीमध्ये पश्चात्ताप गर्नेचाहिँलाई येशूले प्रतिज्ञा गर्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) । यसको अर्थ हुन्छ कि येशू मर्नुभएको त्यस शुक्रबार उहाँ स्वर्गलोकमा जानुभएको थियो । तर प्रश्न यो हो— त्यस बेला स्वर्गलोक कहाँ थियो ? पुरानो करारमा मरेकाहरूको वासस्थानलाई उल्लेख …

Read More »

येशू परमेश्वर हुनुहुन्छ भने किन उहाँलाई आफ्नो आगमनको समय थाहा भएन (मर्कूस १३:३२) ?

आफ्नो दोस्रो आगमनको समयबारे बोल्नुहुँदै येशूले भन्नुभयो, “तर त्यस दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरूले न त पुत्रले” (मर्कूस १३:३२) । परमेश्वरको एउटा गुण हो— उहाँ सर्वज्ञानी हुनुहुन्छ अर्थात् उहाँलाई हरेक कुरो थाहा छ । हरेक कुरोभित्र भूत, वर्तमान र भविष्यसाथै …

Read More »

के येशू साँच्चै “तीन दिन र तीन रात” पृथ्वीको गर्भभित्र रहनुभयो (मत्ती १२:४०) ?

येशू शुक्रबार क्रूसमा टाँगिनुभयो र आइतबार पुनरुत्थान हुनुभयो भने कसरी उहाँ तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनुभएको हुन सक्छ त ? येशूको क्रूसारोहण शुक्रबार भयो भनी झन्डै विश्वव्यापी रूपमा विश्वास गरिन्छ । त्यसैले अन्य दिनमा नभई हामी शुक्रबारको दिनमा नै “गुड फ्राइडे” अर्थात् “असल शुक्रबार” मनाउँछौँ । यो …

Read More »

बाइबलका ७ ओटा विरोधाभासको व्याख्या

विरोधाभास भनेको दुई वा सोभन्दा बेसी वस्तुका बिचमा पाइने विरोधको भान हो । यो कुरो साँचो हो कि बाइबलमा विरोधाभासहरू छन् । तर विरोधाभास भुल होइन न त अन्तर्विरोध हो । बाइबलका विरोधाभासहरू व्याख्या गर्नै नसक्ने खालका छैनन् । होसियार अध्ययनबाट तिनलाई बुझ्न सकिन्छ । यहाँ त्यस्ता ७ ओटा विरोधाभासको …

Read More »

के निषेधित फल खाएको दिनमा नै आदम मरे (उत्पत्ति २:१६-१७) ?

अदनको बगैँचामा परमेश्वरले आदमलाई गम्भीर चेताउनी दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्” (उत्पत्ति २:१६-१७) । निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो भनी परमेश्वरले भविष्यवाणी गर्नुभए …

Read More »

के अन्नका बाला टिपेर खाँदा येशूका चेलाहरूले शबाथ-दिनको उल्लङ्घन गरे (मत्ती १२:१-२) ?

मत्ती १२:१-२ मा लेखिएको छ, “त्यस समय येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो । उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्दै खान लागे । तर फरिसीहरूले यो देखेर उहाँलाई भने, ‘हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्’ ।” के शबाथमा अन्न टिपेर खाँदा फरिसीहरूले आरोप लगाएझैँ …

Read More »

कयिनकी पत्नी को थिइन् (उत्पत्ति ४:१७) ?

बाइबलको विवरणबाट हामी प्रस्ट हुन्छौँ कि परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूबाट कयिन र तिनका भाइ हाबिल जन्मे । कयिनले आफ्ना भाइ हाबिलको हत्या गरेपछि तिनी नोद भन्ने देशमा गए र आफ्नी पत्नीसित तिनको सहवास भयो (उत्पत्ति ४:१७) । तब स्वाभाविक प्रश्नको उदय हुन्छ— कयिनले कहाँबाट आफ्नी पत्नी …

Read More »

प्रतीक्षित वादविवाद प्रतियोगितामा ४७ जनाले येशूमाथि विश्वास गरे

मण्डलीले एउटा वादविवाद प्रतियोगिता आयोजना गर्‍यो । यसमा संसारकै सुविख्यात ख्रीष्टियान रक्षाशास्त्रीसाथै दार्शनिक विलियम लेन क्रेग र नामुद नास्तिक फ्र्याङ्क जिन्डलरले भाग लिएका थिए । यी दुई महान् प्रतिस्पर्धीबिचको वादविवादलाई ११७ ओटा स्टेसनले प्रत्यक्ष प्रसारण गरेको थियो । २७ जुन १९९३ मा अमेरिकाको इलिनोई राज्यको सिकागोस्थित विल्लो क्रिक कम्युनिटी चर्चमा …

Read More »

बाइबल— जीवन परिवर्तन गर्ने पुस्तक

१७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि भाग्यवशः नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् यद्यपि सुन्न भने सक्थे । कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो । आमाले छोरोको लागि चर्को सोरमा यूहन्ना १४:१९ …

Read More »

Powered by Youth Circle