Recent Posts

“यो विशाल विश्व कसरी आफै बन्न सक्छ ?”— वैज्ञानिक केप्लर

जोहानन केप्लर (ख्रिस्टाब्द १५७१-१६३०) जर्मनीका प्रतिभावान् गणितज्ञसाथै खगोलविद् थिए । विश्वचर्चित वैज्ञानिक सर आइज्याक न्युटनको जन्मअगि नै तिनीद्वारा प्रतिपादित विश्वव्यापी गुरुत्वाकर्षणको अवधारणाको समीप पुगेका थिए केप्लर । तिनी एक भक्त ख्रीष्टियान थिए । जीवनमा मनग्गे सङ्घर्णको अनुभूति गरेका केप्लरले आफ्नो कृति विश्वको रहस्यको निष्कर्षमा सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका …

Read More »

शौचालयमा फेला पारिएको वचनको टुक्राले परिवर्तन ल्यायो

हिएन फाम नाउँ गरेका एक जना जवान मानिसले एसियाको दक्षिण-पूर्वमा पर्ने मुलुक भियतनाममा अमेरिकी सैनिकहरूको लागि अनुवादको काम गर्थे । भियतनामको पतन भएलगत्तै फामलाई गिरफ्तार गरी झ्यालखानामा हालियो । तिनले अमेरिकीहरूलाई सहायता गरेका थिए भनी तिनलाई आरोप लागेको थियो । झ्यालखानाका हाकिमहरूले फामलाई प्रजातन्त्रको विरुद्धमा सिकाउन खोज्थे । तिनलाई दिनदिनै …

Read More »

च्यातेर फ्याँकिएको सुसमाचारीय पर्चाको टुक्राले बटुवाको हृदयलाई छोयो

भारतको कुनै एउटा गाउँमा साधु सुन्दर सिंह सुसमाचारका पर्चाहरू बाँड्दै थिए । त्यसरी बाँड्ने क्रममा तिनी रेलभित्र प्रवेश गरे र केही गैरख्रीष्टियानहरूसित तिनको भेट भयो । एक जना मान्छेलाई तिनले यूहन्नाको सुसमाचारको एउटा पर्चा दिए । त्यस मान्छेले त्यो पर्चालाई हातमा लियो अनि रिसाउँदै त्यसलाई च्यातेर टुक्राटुक्रा पारी झ्यालबाट बाहिर …

Read More »

अपहेलित अनाथबाट प्रेरणादायी व्यक्तित्व

आफ्ना पिता को हो भनी उनलाई थाहा छैन । उनी जन्मेको वास्तविक स्थल र मिति पनि उनलाई थाहा छैन । उनलाई आमाले कुनै नाउँ दिएकी थिइन् होला, तर त्यसबारे पनि उनी अनभिज्ञ थिइन् । उनकी आमाले उनलाई आफूसित हुर्काउन चाहिनन् । आमाले उनलाई रेलको प्लेटफर्ममा छाडिदिइन् जुन बेला उनी केवल …

Read More »

मृत बच्चीको वस्त्रमा फेला पारिएको शक्तिशाली प्रार्थना

ख्रिस्टाब्द १९३९ मा स्त्रीहरूका लागि राभेन्सब्रक बन्दी शिविर खडा गरियो । यो शिविर जर्मनीको राजधानी बर्लिनको ९० किलोमिटर उत्तरपट्टि राभेन्सब्रक नामक गाउँको नजिकै स्थापना गरिएको थियो । यहाँ ९०,००० भन्दा बेसी स्त्रीसाथै केटाकेटीले ज्यान गुमाएका थिए भनी विभिन्न स्रोतहरूले जनाएका छन् । यो एउटा यस्तो शिविर थियो जसलाई नाजीहरूले नरक …

Read More »

बाइबलमा वैज्ञानिक त्रुटि खोज्न कस्सिएका डाक्टर आफै ख्रीष्टका चेला बने

ख्रीष्टियान विश्वासप्रति भिगो ओलसेनको प्रारम्भिक प्रतिक्रिया यस्तो थियो, “ख्रिस्टियमत र बाइबललाई मैले अज्ञेयवादी दृष्टिकोणबाट हेर्ने गर्थें । आधुनिक विज्ञानले यस धर्मको अधिकांश भावनालाई अप्रचलित तुल्याएको छ भन्ने मेरो बुझाइ रहेको थियो । मेरा ससुराले विकासवादी नियमहरू र अन्य वैज्ञानिक सिद्धान्तहरूमा भएका त्रुटिहरू बताउँदा म भित्रभित्रै जल्थेँ ।” ओलसेन प्रतिभावान् डाक्टर …

Read More »

कट्टरवादी हिन्दु परिवारमा जन्मेकी शताब्दीले नयाँ करार पढेपछि येशूलाई पाइन्

उनको नाउँ हो, शताब्दी बनेर्जी । उनी भारतको कलकत्तामा एउटा कट्टरवादी हिन्दु परिवारमा जन्मेकी थिइन् । सबै धर्मले उही गन्तव्यमा पुर्‍याउँछन् र सबैले विभिन्न नामद्वारा उही ईश्वरलाई पुजेका हुन्छन् भन्ने उनको परिवारको विश्वास रहेको थियो । शताब्दीले एउटा ख्याति प्राप्त हिन्दु स्कुलमा दस कक्षासम्म अध्ययन गरिन् । पछि थप अध्ययनको …

Read More »

प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउने छ

आन्द्रु पलाउ अन्तर्राष्ट्रिय जगत्‌मा परिचित वक्ता लुइस पलाउका छोरा हुन् । ख्रिस्टाब्द १९३४ मा अर्जेन्टिनामा जन्मेका लुइसलाई सुसमाचारीय प्रचारको क्षेत्रमा धेरैले बिल्ली ग्राहमका उत्तराधिकारीको रूपमा पनि हेर्छन् । आन्द्रुले पिताको मार्गलाई पछ्याई अहिले तिनी सुसमाचार प्रचारक बनेका छन् । तर तिनको जीवनमा एउटा यस्तो समय थियो जुन बेला तिनी प्रभु …

Read More »

सैयौँ मान्छेको हत्यारा अन्तत: येशूको सुसमाचारद्वारा परिवर्तित

तिनको नाउँ हो, चिफ तारिरी । तिनी दक्षिण अमेरिकाको पश्चिममा पर्ने पेरु नामक राष्ट्रका जङ्गली आदिवासी थिए । तिनी थिए मान्छेको शिकार गर्नेहरूका मुखिया । तिनी यति डरलाग्दा थिए कि तिनले अन्य दस जना मुखियालाई मारेर तिनीहरूका टाउका गेँडिदिएका थिए । तिनले ती टाउकाहरूको प्रयोग गरी आफ्नो कुटीको सामु भएका …

Read More »

हामीले देख्नैपर्छ र ?

जब आस्तिकहरूले परमेश्वरको कुरा गर्छन् नास्तिकहरू अगाडि सर्दै प्रश्न तेर्साउँछन्, “कसले देखेको छ र परमेश्वरलाई ?” म यहाँ यो प्रश्नलाई दुईवटा दृष्टिकोणबाट विश्लेषण गर्न चाहन्छु । कोही पनि मान्छेले परमेश्वरलाई नदेखेकोले उहाँको अस्तित्वलाई स्वीकार गर्न सकिन्नँ भन्ने आशयलाई व्यक्त गर्छ यो प्रश्नले । परमेश्वर या कुनै पनि कुरो अस्तित्वमा हुनको …

Read More »

विश्व हल्लाउने ७ ओटा बाइबलीय पुरातात्त्विक खोज

आधुनिक समयमा बाइबलसित सम्बन्धित कैयौँ पुरातात्त्विक खोजहरू पत्ता लागेका छन् । यी खोजहरूले बाइबलको ऐतिहासिकतालाई विस्मयकारी ढङ्गमा पुष्टि गरिदिएका छन् । यहाँ ७ ओटा त्यस्ता खोजबारे चर्चा गरिएको छ । (१) मृत सागरका मुट्ठाहरू— बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज ख्रिस्टाब्द १९४७-१९५६ सम्ममा मृत सागरको उत्तर-पश्चिमपट्टि अवस्थित एघार ओटा गुफामा …

Read More »

कसले बनायो परमेश्वरलाई ?

यदि यो सम्पूर्ण विश्वलाई परमेश्वरले रचना गर्नुभयो भने परमेश्वरलाई चाहिँ कसले बनायो ? सुरुमा यो प्रश्न निकै आकर्षक र स्वाभाविक देखिए तापनि यस आलेखको अन्त्यतिर तपाईंले पत्ता लगाउनुहुनेछ कि यो तर्कसङ्गत छैन । यसरी सुरु गरौँ । यो सारा विश्व (अर्थात् युनिभर्स) कि अनन्त छ कि यसको आरम्भ भएको छ …

Read More »

कार्यकारणभावमूलक तर्क भनेको के हो ?

कार्यकारणभावमूलक अङ्ग्रेजी cosmological  को अनुवाद हो । यो ग्रिक शब्द कस्मोसबाट आउँछ, जसको अर्थ हुन्छ, “संसार” वा “विश्व” । तसर्थ, कार्यकारणभावमूलक तर्क भनेको विश्वको आरम्भबाटको तर्क हो । यसलाई विश्वविज्ञानगत तर्क पनि भनिन्छ । विश्व (अर्थात् युनिभर्स) अहिले अस्तित्वमा छ भन्ने तथ्यलाई कसैले इन्कार गर्न सक्दैन । शून्यताबाट केही कुरो …

Read More »

पृथ्वीको व्यवस्थित रचनाले केलाई अङ्कित गर्छ ?

पृथ्वी हाम्रो सौर्य मण्डलको सूर्यबाट तेस्रो ग्रह हो । हालसम्मको मानवीय ज्ञानअनुसार यो मात्र एउटा यस्तो पिण्ड हो जसमा जीवको अस्तित्व छ । यस अद्भुत ग्रहको बारेमा कतिपय रहस्यहरू उजागर हुन बाँकी भए तापनि पत्ता लगाइएका तथ्यहरूले पनि हामीलाई छक्क पार्छन् । १. तपाईंले कुनै अफिसको टेबुलमा राखिएको ग्लोबलाई देख्नुभएको …

Read More »

के मानवीय दिमागले बुद्धिमान् रचनाकारलाई अङ्कित गर्दैन र ?

मानवीय दिमाग पृथ्वीमा मात्र नभई सम्भवत: विश्वमा नै विद्यमान सबैभन्दा जटिल संरचना हो । यो खप्परभित्र भएको भौतिक संरचना हो । यो रासायनिक पदार्थ, एन्जाइम र हर्मोनहरूद्वारा बनेको हुन्छ जसलाई नाप्न र विश्लेषण गर्न सकिन्छ । जम्मा तीन पाउन्ड तौल भएको यो मानवीय दिमाग यति सानो ठाउँ भए तापनि यसमा …

Read More »

Powered by Youth Circle