इस्लाम संसारको दोस्रो ठुलो धर्म हो । पहिलो ख्रीष्टियान हो । संसारका ५२ ओटा देशमा बाहुल्यता रहेको इस्लाम धर्मका अनुयायीहरू खास गरी एसिया र अफ्रिकामा बस्दछन् । संसारको जम्मा जनसङ्ख्याको झन्डै २३% (करिब १ अरब ५८ करोड) मानिसहरूले यस धर्मलाई अङ्गाल्छन् । मुहमदद्वारा स्थापित इस्लाम धर्म ख्रिस्टाब्द सातौँ शताब्दीको पूर्वाद्धमा …
Read More »Recent Posts
येशूको जन्मबारे भएको पानथेराको कथा के हो ?
कन्याबाट येशूको जन्मबारे नकारात्मक तर्कहरू पनि छन् । यस्तो अवधारणा ख्रीष्टियान शिक्षाका वैरीहरूसाथै यहूदीहरूले रचेका हुन् । यस तर्कलाई कुनै पनि हालतमा नकारात्मक रूपमा नबुझ्न यी पङ्क्तिकार पाठकलाई विनम्र अनुरोध गर्दछन् । यो तर्कलाई यहाँ उल्लेख गर्नुको उद्देश्य यति मात्र हो कि मण्डलीको प्रारम्भिक दिनहरूमा नै येशूको जन्मको प्रकृतिबारे बाहिरी …
Read More »येशू किन दुई हजार वर्षअगि आउनुभयो ?
येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ जो करिब ४ ख्रिस्टपूर्वमा जन्मनुभएको थियो । साढे तेत्तिस वर्ष यस धरतीमा रहनुभई उहाँ यस ग्रहबाट बिदा हुनुभयो । नयाँ करारका चारवटा सुसमाचार उहाँको बारेमा बताउने सर्वाधिक विश्वसनीय र अगिल्ला जीवनीहरू हुन् । येशू किन करिब दुई हजार वर्षअगि आउनुभयो ? किन त्योभन्दा अगाडि आउनुभएन ? …
Read More »कन्याबाट येशूको जन्मको लागि मण्डली पिताहरूको साक्षी
बाइबलमा प्रस्ट रूपमा सिकाइएको कन्याबाट येशूको जन्मसम्बन्धी सिद्धान्तलाई आदि मण्डलीका पिताहरूले पनि प्रस्ट रूपमा सिकाए । मण्डलीका पिताहरू प्राचीन समयका प्रभावशाली ख्रीष्टियान ईश्वरशास्त्रीसाथै लेखकहरू थिए । येशूको शिक्षालाई उहाँका चेलाहरूले फैलाए भने उहाँका चेलाहरूको शिक्षालाई मण्डलीका पिताहरूले । यस आलेखमा तीन जना मण्डलीका पिताको साक्षीलाई उल्लेख गरिएको छ । (१) …
Read More »जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ
“आरम्भदेखि नै सावधानीसाथ सबै कुराको खोजी” (लूका १:३) गरेका लेखक लूकाले आफ्नो विवरणमा प्रस्तुत गरेका छन्: छैटौँ महीनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो । तिनी एउटी कन्ये–केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो । त्यस कन्येको नाउँ मरियम थियो । स्वर्गदूतले …
Read More »जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ
चारवटा सुसमाचारमध्ये मत्ती र लूकाले येशूको जन्मको बारेमा सबिस्तार वर्णनहरू उपलब्ध गराएका छन् । दुवै लेखकको दृष्टिकोण फरक–फरक भए तापनि एउटा तथ्यलाई व्यक्त गर्न भने तिनीहरूले भुलेका छैनन् । पवित्र आत्माको अलौकिक हस्तक्षेपद्वारा येशू कन्या मरियमको गर्भमा आश्चर्यमय ढङ्गमा गर्भधारण हुनुभयो भनी लेखकद्वयले प्रस्ट पारेका छन् । येशू कन्याबाट जन्मनुभएको …
Read More »यशैया ७:१४ मा उल्लिखित ‘कन्या’ ले कसलाई जनाउँछ ?
यशैयाले भने, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ” (यशैया ७:१४) । यहूदाको इतिहासको विचलित घडीमा यशैयाद्वारा यो भविष्यवाणी आएको थियो । अगमवक्ताले ७३४ ख्रिस्टपूर्वमा यो भविष्यवाणी बोलेका थिए । आहाजले ७३५-७१५ ख्रिस्टपूर्वसम्म यहूदामा शासन …
Read More »हेर, कन्या गर्भवती हुनेछ
मसीह कन्याबाट जन्मनुहुनेथियो भन्नाका लागि पुरानो करारमा पाइने प्रस्ट भविष्यवाणी यशैया ७:१४ हो जहाँ लेखिएको छ, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्या गर्भवती हुनेछ, र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ ।” यस पदमा उल्लिखित शब्द ‘कन्या’ अङ्ग्रेजी ‘भर्जिन’ को अनुवाद हो जसलाई …
Read More »उत्पत्ति ३:१५— मसीहसम्बन्धी पहिलो भविष्यवाणी
आदम र हव्वा पापमा फसेपछि परमेश्वरले सर्पलाई भन्नुभयो, “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्” (उत्पत्ति ३:१५) । यो मसीहको बारेमा भएको पहिलो भविष्यवाणी हो । यस खण्डलाई प्रोटइभाङ्गेलियोन भनेर पनि चिनिन्छ । …
Read More »पर्यटकहरूलाई ठग्ने उद्देश्यले अङ्ग्रेजी सिक्न चाहेका जँड्याहा ट्याक्सी ड्राइभर पास्टर बने
एसिया महादेशको दक्षिण पूर्वमा अवस्थित राष्ट्र फिलिपिन्सको राजधानी सहर मनिलामा हर्बी नाउँ गरेका मानिस बस्थे । उपद्रव गर्ने वातावरणमा हुर्केका तिनले ड्रग्सको कारोबार गर्थे । २१ वर्षकै उमेरमा तिनी अपराध गर्ने गिरोहमा मिल्न गए । तर तिनको गिरोह प्रहरीको निसानामा परेपछि तिनी ट्याक्सी ड्राइभर बने । अन्य चालकहरूले जस्तै तिनले …
Read More »“यो विशाल विश्व कसरी आफै बन्न सक्छ ?”— वैज्ञानिक केप्लर
जोहानन केप्लर (ख्रिस्टाब्द १५७१-१६३०) जर्मनीका प्रतिभावान् गणितज्ञसाथै खगोलविद् थिए । विश्वचर्चित वैज्ञानिक सर आइज्याक न्युटनको जन्मअगि नै तिनीद्वारा प्रतिपादित विश्वव्यापी गुरुत्वाकर्षणको अवधारणाको समीप पुगेका थिए केप्लर । तिनी एक भक्त ख्रीष्टियान थिए । जीवनमा मनग्गे सङ्घर्णको अनुभूति गरेका केप्लरले आफ्नो कृति विश्वको रहस्यको निष्कर्षमा सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका …
Read More »शौचालयमा फेला पारिएको वचनको टुक्राले परिवर्तन ल्यायो
हिएन फाम नाउँ गरेका एक जना जवान मानिसले एसियाको दक्षिण-पूर्वमा पर्ने मुलुक भियतनाममा अमेरिकी सैनिकहरूको लागि अनुवादको काम गर्थे । भियतनामको पतन भएलगत्तै फामलाई गिरफ्तार गरी झ्यालखानामा हालियो । तिनले अमेरिकीहरूलाई सहायता गरेका थिए भनी तिनलाई आरोप लागेको थियो । झ्यालखानाका हाकिमहरूले फामलाई प्रजातन्त्रको विरुद्धमा सिकाउन खोज्थे । तिनलाई दिनदिनै …
Read More »च्यातेर फ्याँकिएको सुसमाचारीय पर्चाको टुक्राले बटुवाको हृदयलाई छोयो
भारतको कुनै एउटा गाउँमा साधु सुन्दर सिंह सुसमाचारका पर्चाहरू बाँड्दै थिए । त्यसरी बाँड्ने क्रममा तिनी रेलभित्र प्रवेश गरे र केही गैरख्रीष्टियानहरूसित तिनको भेट भयो । एक जना मान्छेलाई तिनले यूहन्नाको सुसमाचारको एउटा पर्चा दिए । त्यस मान्छेले त्यो पर्चालाई हातमा लियो अनि रिसाउँदै त्यसलाई च्यातेर टुक्राटुक्रा पारी झ्यालबाट बाहिर …
Read More »अपहेलित अनाथबाट प्रेरणादायी व्यक्तित्व
आफ्ना पिता को हो भनी उनलाई थाहा छैन । उनी जन्मेको वास्तविक स्थल र मिति पनि उनलाई थाहा छैन । उनलाई आमाले कुनै नाउँ दिएकी थिइन् होला, तर त्यसबारे पनि उनी अनभिज्ञ थिइन् । उनकी आमाले उनलाई आफूसित हुर्काउन चाहिनन् । आमाले उनलाई रेलको प्लेटफर्ममा छाडिदिइन् जुन बेला उनी केवल …
Read More »मृत बच्चीको वस्त्रमा फेला पारिएको शक्तिशाली प्रार्थना
ख्रिस्टाब्द १९३९ मा स्त्रीहरूका लागि राभेन्सब्रक बन्दी शिविर खडा गरियो । यो शिविर जर्मनीको राजधानी बर्लिनको ९० किलोमिटर उत्तरपट्टि राभेन्सब्रक नामक गाउँको नजिकै स्थापना गरिएको थियो । यहाँ ९०,००० भन्दा बेसी स्त्रीसाथै केटाकेटीले ज्यान गुमाएका थिए भनी विभिन्न स्रोतहरूले जनाएका छन् । यो एउटा यस्तो शिविर थियो जसलाई नाजीहरूले नरक …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 