Recent Posts

ख्रिस्टमसबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१.   नेपाली रूप ‘ख्रिस्टमस’ अङ्ग्रेजी भाषा Christmas को लिप्यन्तरण हो । यो ख्रीष्टियानहरूले प्रयोग गर्ने हिज्जे हो भने गैरख्रिस्टियानहरू साधारणतया ‘क्रिसमस’ भन्छन् । अङ्ग्रेजी भाषामा यो संयुक्त संज्ञा हो जुन पुरानो अङ्ग्रेजी भाषाको Crīstesmæsse बाट व्युत्पन्न हुन्छ जसको अर्थ हुन्छ, Christ’s Mass । यसको नेपाली अर्थ हुन्छ, ‘ख्रीष्टको समारोह …

Read More »

येशू यस धरतीमा आउनुका ७ ओटा कारण

आजभन्दा दुई हजार वर्षअगाडि येशूको जन्म संयोग थिएन । उहाँ खास उद्देश्यहरू लिएर यस धरतीमा आउनुभयो । उहाँले देह धारण गर्नुका मनग्गे कारणहरू थिए । यहाँ ७ ओटा कारणलाई सङ्क्षिप्त व्याख्यासहित प्रस्तुत गरिएको छ । १. मानव-जातिको पापको लागि मर्न (मत्ती २०:२८)  येशूले स्पष्टत: भन्नुभयो, “मानिसको पुत्र पनि सेवा पाउनलाई …

Read More »

येशूको जीवनका ७ ओटा अद्वितीय पक्ष

विश्वका प्रमुख धर्महरूको बिचमा ख्रिस्टियमत अद्वितीय छ र ख्रीष्टको साँचो अद्वितीयता ख्रिस्टियमतको मुख्य आधार हो । येशूको बारेमा भएको सत्यता नयाँ करारका अभिलेखहरूमा आधारित छ । प्राचीन संसारका अभिलेखहरूमध्ये नयाँ करार र विशेष गरी सुसमाचारीय पुस्तकहरू सबैभन्दा विश्वसनीय प्रलेखहरू हुन् । यी दस्तावेजहरूबाट हामी सिक्छौं कि ख्रीष्ट एक अद्वितीय व्यक्तित्व …

Read More »

येशूले मात्र निष्पाप जीवन जिउनुभयो

पिलातस बडाहाकिम थिए । त्यसैले राजनीतिक दृष्टिकोणबाट तिनी उच्च स्थानमा थिए । रोमीहरू र यहूदीहरूको बिचमा वैमनस्य थियो । येशू यहूदी हुनुहुन्थ्यो भने पिलातस रोमी । बडाहाकिम भएकाले येशूको जाँच पडताल गर्ने जिम्मा तिनको काँधसम्म आइपुग्यो । अनुसन्धानपश्चात् तिनले येशूको बारेमा उचित निष्कर्ष निकाले, “तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनमाथि …

Read More »

येशू परमेश्वर-मानव हुनुहुन्छ

येशू मात्र एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसमा मानवीय र ईश्वरीय दुवै स्वभाव थिए । पवित्रशास्त्र बाइबलको साक्षीअनुसार उहाँ आधा मानिस र आधा परमेश्वर हुनुहुन्न, तर पूर्ण मानिस र पूर्ण परमेश्वर हुनुहुन्छ । येशू अनन्त परमेश्वर हुनुहुन्थ्यो जसले समयको मार्गमा मानवीय चोला धारण गर्नुभयो । एकातिर, बेथलेहममा जन्म लिनुभन्दा अगाडि उहाँमा …

Read More »

येशू अलौकिक नियमद्वारा यस पृथ्वीबाट बिदा हुनुभयो

पुनरुत्थानपश्चात् ४० दिन यस धरतीमा बिताउनुभएपछि येशू स्वर्ग प्रस्थान गर्नुभयो जसलाई स्वर्गारोहण भनिन्छ । बाइबलमा अभिलिखित येशूको जीवनीलाई केलाउँदा उहाँको स्वर्गारोहणमा पनि येशू अद्वितीय हुनुहुन्छ । मर्कूसको पुस्तकमा लेखिएको छ, “तब यसरी तिनीहरूसँग बोलिसक्‍नुभएपछि प्रभु येशू स्‍वर्गारोहण हुनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो” (मर्कूस १६:१९) । लूकाले व्यक्त गरेका …

Read More »

केवल येशू मृत्युमाथि विजयी हुनुभयो

यहूदी धर्मका संस्थापक अब्राहाम १,९०० ख्रिस्टपूर्वतिर मरे । तिनी पुनरुत्थान भए भन्ने कुनै दाबी गरिएको छैन । पाँचौँ शताब्दी ख्रिस्टपूर्वको अन्त्यतिर गौतम बुद्धको मृत्यु भएपछि तिनी फेरि आफ्ना चेलाहरूकहाँ देखा परे भनी पाली धर्मशास्त्र वा यसका टिप्पणीहरूमा कहीँ पनि बताइएको छैन । ६१ वर्षको उमेरमा ख्रिस्टाब्द ६३२ मा मुहम्मदको मृत्यु …

Read More »

येशू राजीखुसीले क्रूसमा जानुभएको थियो

हुन त हामी ख्रिस्टमसको मौसममा छौँ जुन उहाँको मृत्युसित नभई जन्मसित जोडिएको छ । तर हामीले येशू अद्वितीय हुनुहुन्छ भन्ने विषयमा हेर्दै आएकाले र उहाँको मृत्यु पनि सारा मानव इतिहासमा अद्वितीय भएकोले यसलाई छुटाउनु मुनासिब हुँदैन । उहाँको मृत्यु अद्वितीय छ । उहाँलाई क्रूसमा चढाइएकोले उहाँको मृत्यु अद्वितीय भएको होइन, …

Read More »

येशूको गर्भधारण अलौकिक गर्भधारण

अलौकिक ढङ्गमा येशूको आशा गरिएको मात्र होइन, तर उहाँको गर्भधारण पनि आश्चर्यपूर्ण ढङ्गमा भयो । येशू कन्याबाट गर्भधारण हुनुहुनेथियो भनी घोषणा गर्दा मत्तीले (१:२२-२३) यशैयाको भविष्यवाणी (७:१४) लाई अङ्कित गरे, “‘हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,’ जसको अर्थ हो, ‘परमेश्वर हामीहरूसँग’” (मत्ती …

Read More »

सैयौँ वर्षअगि बोलिएका सैयौँ भविष्यवाणीहरू येशूको जीवनमा पूरा भए

संसारमा धेरै किसिमका धर्महरू छन् । सङ्ख्याको हिसाबले ख्रिस्टियमत संसारकै सबैभन्दा ठुलो धर्म (मार्ग) हो जसलाई येशू ख्रीष्टले स्थापना गर्नुभएको थियो । दोस्रोमा इस्लाम धर्म पर्छ जसको संस्थापक मुहम्मद हुन् । पछिल्लो समयमा धर्म नमान्नेहरू (अज्ञेयवादी, नास्तिकवादीलगायतका समूहहरू) को सङ्ख्या पनि उल्लेखनीय मात्रामा वृद्धि भएको छ र यो तेस्रोमा पर्छ …

Read More »

येशूको जन्ममा पूरा भएका ७ ओटा भविष्यवाणी

ख्रिस्टमस येशूको जन्मको सम्झनामा मनाइने वार्षिक बडादिन हो जुन डिसेम्बर २५ मा मनाइन्छ । संसारका ख्रीष्टियानसाथै गैरख्रिस्टियान दुवै थरीका अरबौँ मानिसद्वारा मनाइने महान्‌तम पर्व हो, ख्रिस्टमस । ख्रिस्टमस प्रत्यक्ष रूपमा प्रभु येशू ख्रीष्टसित जोडिएको विश्वव्यापी पर्व भएकोले उहाँ नै यसको केन्द्रिय पात्र हुनुहुन्छ । त्यसैले ख्रिस्टमसको मौसममा मुक्तिदाता येशूको जीवनका …

Read More »

येशू कन्या मरियमबाट जन्मनुहुँदा ७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

आदम र हव्वा पापमा फसेपछि परमेश्वरले सर्पलाई भन्नुभयो, “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्” (उत्पत्ति ३:१५) । यो मसीहको बारेमा भएको पहिलो भविष्यवाणी हो । यहाँ मसीहलाई “स्त्रीको सन्तान” भनिएको छ । …

Read More »

येशू याकूबको वंशमा जन्मनुहुँदा १,३०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

गन्ती २२-२४ अध्यायहरूमा गैरइस्राएली अगमवक्ता बालामको कथा पाइन्छ । तिनका सातवटा प्रवचन अर्थात् ईश्वरवाणीमध्ये तेस्रो (गन्ती २४:५-९) र चौथो (गन्ती २४:१७-१९) खास गरी उल्लेखनीय छन् किनकि यी खण्डहरू मसीहसित सम्बन्धित छन् भनी लामो समयदेखि अर्थ खोलिएको छ । अगमवक्ता बालामले भने, “म उहाँलाई देख्‍छु, तर अहिले त होइन । म …

Read More »

येशू अब्राहामको सन्तान भएर जन्मनुहुँदा २,००० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

मोशापछि नयाँ करारमा पुरानो करारबाट सबैभन्दा धेरै पटक उल्लेख गरिएको नाउँ हो, अब्राहाम । उत्पत्ति ११:२६ मा पहिलो पटक तिनको उल्लेख गरिएको छ । उत्पत्ति १२-२५ अध्यायसम्म तिनको बारेमा सबिस्तार वर्णन पाइन्छ । अब्राहामलाई ‘परमेश्वरका मित्र’ भनिएको छ (याकूब २:२३) जुन उपाधी अन्य कुनै पनि बाइबलीय पात्रलाई दिइएको छैन । …

Read More »

येशू यिशैको वंशमा जन्मनुहुँदा ७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

यिशै इस्राएलका महान्‌तम राजा दाऊदका पिता थिए । यिशै ओबेदका छोरा थिए भने रूथ र बोअजका नाति । तिनी यहूदाको बेथलेहेममा बस्थे र यहूदाको कुलका थिए । बेथलेहेमका परिचित बासिन्दा तिनी कृषक थिए र तिनले भेडा-बाख्राहरू पाल्थे । यिशै इस्राएलकै सर्वाधिक परिचित राजा दाऊदका पिता भएकाले र येशूको वंशावलीमा तिनको …

Read More »

Powered by Youth Circle