चार्ल्स ब्याबेजलाई कम्प्युटरका पिता भनिएको छ । तिनी गणितज्ञ, दार्शनिकसाथै आविष्कारक पनि हुन् । यी तिनै ब्याबेज हुन् जसले प्रथम यान्त्रिक कम्प्युटरको आविष्कार गरेका थिए । तिनकै अवधारणाको सारमा वर्तमान समयका जटिलभन्दा जटिल सबै आधुनिक कम्प्युटर निर्माण हुन्छन् । आज विज्ञान र प्रविधिमा ब्याबेजका सैयौँ आविष्कार प्रयोगमा छन् । ब्याबेज …
Read More »Recent Posts
अमेरिका पत्ता लगाउने कोलम्बसलाई बाइबलले नै सामुद्रिक यात्रा गर्ने प्रेरणा दिएको थियो
क्रिस्टोफर कोलम्बस इटालीका सामुद्रिक अन्वेषक थिए । १४९२-१५०३ को बिचमा कोलम्बसले स्पेनदेखि अमेरिकासम्म चारवटा आतेजाते सामुद्रिक यात्रा सम्पन्न गरे । १४९२ मा तिनले पहिलो सामुद्रिक यात्रा थाल्दा जापान पुग्ने तिनको अपेक्षाको विपरीत तिनी नयाँ संसार पुगेका थिए । नयाँ संसार भन्नाले पश्चिमी गोलार्द्धलाई बुझ्नुपर्छ जहाँ उत्तर र दक्षिण अमेरिकाको दुवै …
Read More »सम्राट् नै ख्रीष्टियान बने
कन्स्टेन्टाइन महान् रोमी साम्राज्यका सन्ताउन्नौँ सम्राट् थिए जसले ख्रिस्टाब्द ३०६-३३७ सम्म शासन गरे । मण्डली र साम्राज्य दुवैको इतिहासमा तिनको शासन परिवर्तनको निर्णायक बिन्दु साबित हुन पुग्यो । इतिहासकारहरू तिनलाई प्रथम ख्रीष्टियान सम्राट्को रूपमा हेर्छन् । पिता फ्लाभिअसले छोरो कन्स्टेन्टाइनलाई पश्चिमी रोमको सम्राट् बनाए । तर गृहयुद्ध चर्किएपछि धेरै शक्तिशाली …
Read More »अलेक्जेन्डर महान्को राज्य चार भागमा टुक्रिँदा बाइबलको भविष्यवाणी पूरा भयो
३५६ ख्रिस्टपूर्वमा जन्मेका अलेक्जेन्डर महान् विश्व विजेता थिए । बिस वर्षकै उमेरमा सिंहासनमा बसेका तिनले आफ्नो अधिकांश शासनकाल युद्धमा बिताए । एसियादेखि उत्तर-पूर्वी अफ्रिकासम्म युद्ध लड्दै आएका तिनले ३२ वर्ष नपुग्दै प्राचीन संसारको एउटा विशालतम साम्राज्य खडा गरे । तिनी युद्धमा पराजित हुँदैनथ्ये र तिनलाई संसारकै एक सर्वाधिक महान् सैनिक …
Read More »५०० वर्ष पुरानो “प्रार्थना गरिरहेका हातहरू” नामक चित्र पछाडिको रहस्य
तिनको नाउँ हो, अल्ब्रेज डुरर । तिनका एक जना मित्र थिए । दुवै जनामा चित्रकलाको निम्ति तीव्र इच्छा थियो । तर ती दुवै जना ज्यादै गरिब थिए । त्यसैले खर्च घटाउने उद्देश्यले ती दुवै सँगै बस्थे । खर्चको अभावको कारणले गर्दा तिनीहरूले एउटा सहमति गरे जसमा एउटाले काम गर्ने र …
Read More »बाइबलको ईश्वरीय प्रेरणाबारे ७ ओटा घतलाग्दा भनाइ
प्रेरणा पाएका मानिसहरूद्वारा लेखिएको बाइबल परमेश्वरको वचन हो भनी म आधारभूत रूपमा विश्वास गर्दछु । म बाइबल दिनदिनै पढ्दछु । सर आइज्याक न्युटन, भौतिकशास्त्रीसाथै गणितज्ञ बाइबल मानिसलाई परमेश्वरले दिनुभएको सर्वोत्तम उपहार हो भनी म विश्वास गर्दछु । संसारका मुक्तिदाताले सम्पूर्ण असल कुराहरू यस पुस्तकद्वारा हामीलाई दिनुभएको छ । अब्राहाम लिङ्कन, …
Read More »क्रूसमा टाँगिएको दोष-पत्रको लेखोट चारवटा सुसमाचारमा किन फरक-फरक छ ?
येशूलाई टाँगिएको क्रूसमाथि लिखित सङ्क्षिप्त शब्द INRI लाई तपाईंले पक्कै पनि देख्नुभएको होला । यो एउटा ल्याटिन शब्द हो जसको पूर्ण रूप हुन्छ— एइसुस, नाजरेनस रेक्स युदाएरोम ((Iesus Nazarenus, Rex Iudaeorum) । यसलाई नेपालीमा यसरी अनुवाद गर्न सकिन्छ— नासरतका येशू, यहूदीहरूका राजा । हाम्रा प्रभु येशूलाई टाँगिएको क्रूसको दोष-पत्रमा वास्तवमा …
Read More »अरुण ग्रह पत्ता लगाउने वैज्ञानिक विलियम परिचित ख्रीष्टियान थिए
आफ्ना पिता र दाजुभाइहरूले जस्तै विलियम हर्स्चेलले सङ्गीतकारको रूपमा आफ्नो जीवनको थालनी गरे । सात वर्षे युद्धमा होमिनु नपरोस् भन्ने हेतुले १५ वर्षको हुँदा तिनी जर्मनीस्थित आफ्नो घरबाट इङ्गल्यान्ड भागे । सङ्गीतको गुरु बनी तिनले आफ्नो जीवनयापन गर्नुका अतिरिक्त सङ्गीतमा गणितको महत्त्वलाई अध्ययन गर्न थाले । गणितबाट तिनको उत्सुकता खगोल …
Read More »राजा हिजकियाको २,७०० वर्ष पुरानो छाप फेला पारियो
ख्रिस्टाब्द २००९ मा यरूशलेममा माटोबाट बनेको एउटा छाप पत्ता लगाइयो जसमा बाइबलीय राजा हिजकियाको नाउँ उल्लेख गरिएको छ । उक्त छापमा प्राचीन हिब्रू भाषामा लेखिएको छ, “यहूदाका राजा आहाज [का छोरा] हिजकियाको” । डा. एलियाट मजरको नेतृत्वमा गएको पुरातत्त्वविद्हरूको टोलीले उक्त छाप फेला पारेको हो । पुरातत्त्वविद्हरूले पत्ता लगाएका इस्राएल …
Read More »६८ वर्षसम्म ख्रीष्टलाई इन्कार गरेका निभेलले लाखौँ दर्शकको सामु विश्वास गरे
१ अप्रिल २००७ का दिन अमेरिकाको क्यालिफोर्नियास्थित क्रिस्टल मण्डलीभित्र ४,००० भन्दा बेसी मानिसको घुइँचो लागेको थियो, पाम सन्डे अर्थात् खजुरे आइतबारको उत्सव मनाउनका लागि । उक्त दिन एक जना निडर व्यक्तिको लागि अविस्मरणीय दिन साबित हुन जाँदै थियो । तिनले आफूले येशूमाथि विश्वास गरेका घोषणा गर्नै लागेका थिए । तिनको …
Read More »नोबेल पुरस्कार जित्नेहरूमा ६५% ख्रीष्टियान
तिनी जीवितै थिए, तर अखबारमा आफू मरेका सूचना पढ्दा तिनी छक्क परे । त्यति बेला तिनी ५५ वर्ष पुगेका थिए । वास्तवमा मर्ने व्यक्तिचाहिँ तिनका दाजु थिए । त्यस जानकारीले तिनलाई बेचैन तुल्यायो र मानिसहरूले तिनलाई भविष्यमा कसरी सम्झन्थे भन्नेबारे सचेत तुल्यायो । यस खबरले तिनको इच्छालाई बद्लन प्रेरित गर्यो …
Read More »झ्यालखानामा नै बाइबल पढेर ख्रीष्टियान भए नास्तिक सैनिक अधिकृत
दोस्रो विश्वयुद्ध जारी थियो । १८ अप्रिल १९४२ को दिन डुलिटिल रेड नाउँ दिइएको हवाइ आक्रमणमा अमेरिकाले जापानको राजधानी टोकियोलगायत अन्य सहरहरूमाथि आक्रमण गर्यो । आक्रमणकारीहरूको समूहमा जेकब डे साजर नाउँका एक जना सैनिक अधिकृत पनि थिए जो नास्तिक थिए । तिनको टिमले जापानको नागोया सहरमाथि आक्रमण गरेपछि विमानलाई चीनमा …
Read More »दासबाट बिशप बने फ्रुमेन्टस
करिब ख्रिस्टाब्द ३१६ मा फ्रुमेन्टस र इडेसस बालकहरू नै थिए । तिनीहरू आफ्ना आफन्त मेरोपससितै आफ्नो जन्मभूमि टुरोस (हाल लेबानोन) बाट पानी जहाजको यात्रा गरी अफ्रिकी मुलुक इथियोपिया प्रस्थान गरे । तिनीहरू चढेका जहाज लाल समुद्रको तटमा आएर रोकिँदा त्यहाँका स्थानीयहरूले जहाजका मानिसहरूको नरसंहार गरे । यी दुई जना घटनास्थलभन्दा …
Read More »हामीले येशूको देह खानुपर्छ र रगत पिउनुपर्छ भन्नुको मतलब के हो (यूहन्ना ६:५३-५४) ?
येशूले भिडलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ” (यूहन्ना ६:५३-५४) । के अनन्त जीवनको लागि हामीले येशूको देह खानुपर्छ र रगत पिउनुपर्छ ? येशूको भनाइको अर्थ के …
Read More »चिन्ह मागेका मछुवाले विमानबाट खसालिएको बाइबल हात पारे
नेनेट्स रुसको उत्तरी भागमा बसोबास गर्ने एउटा आदिवासी जातिको नाउँ हो । यी आदिवासीहरूले सिकार गर्नुकासाथै माछा मार्ने काम गर्थे । यो एक जना आदिवासीले अनुभव गरेको अनौठो घटना हो । यो वर्षौंअगिको कुरो हो । रुसको साइबेरियामा नेनेट्स आदिवासी जातिको एक जना मछुवा थिए । तिनी खानाको खोजीमा गएका …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 