Recent Posts

सीएमबी विकिरण— बाइबलीय अवधारणाको पुष्टि गर्ने मजबुत वैज्ञानिक साक्षी

विश्‍व (युनिभर्स) अनन्त नभई यसको आरम्भ भएको थियो भन्‍नाका लागि विभिन्न मजबुत वैज्ञानिक साक्षीहरू छन् जसमध्ये एउटा होः सीएमबी नाम गरेको विकिरण । सीएमबीको पूरा अर्थ हुन्छ— कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड । यो महाविस्फोटमा विश्वको थालनी भएपछि बाँकी रहेको विद्युत चुम्बकीय विकिरण हो । ख्रिस्टाब्द १९६५ मा यस विकिरणलाई सन्जोगवश पत्ता …

Read More »

वैज्ञानिक केप्लरले सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका छन्

ख्रिस्टाब्द १५७१ मा जर्मनीमा जन्मेका जोहानन केप्लर गणितज्ञसाथै खगोलविद् थिए । सत्रौँ शताब्दीको वैज्ञानिक क्रान्तिका मुख्य पात्र केप्लर ग्रहको चालसम्बन्धी नियमहरूका लागि प्रसिद्ध छन् । ग्रहको चालसम्बन्धी तिनका तीनवटा प्रसिद्ध नियमलाई विज्ञानमा प्रायश: अगिल्ला “प्राकृतिक नियमहरू” भनिन्छ । ग्रहहरू सिद्ध वृत्तमा रही घुम्छन् भन्ने प्राचीन अरस्तुको सिद्धान्त केप्लरको गणितीय गणनाको …

Read More »

परिचित डाक्टरले स्वीकार गरे, “म पापी हुँ र येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ”

जेम्स सिम्पसोनले १८ वर्षको उमेरमा आफ्नो अन्तिम परीक्षा सके । तर तिनी निकै जवान भएकाले मेडिकल अभ्यासको लागि लाइसेन्स हात पार्न तिनले दुई वर्ष पर्खनुपरेको थियो । २८ वर्षकै उमेरमा तिनी एडिनवर्ग विश्वविद्यालयको मेडिकल शाखाको प्रमुखमा नियुक्त गरिए । ख्रिस्टाब्द १८११ मा स्कटल्यान्डमा जन्मेका सिम्पसोनलाई चिकित्सा इतिहासमा एक महत्त्वपूर्ण प्रतिभाको …

Read More »

बाइबलीय विवरणको थप पुष्टि गर्ने २,८०० वर्ष पुरानो शिलालेख फेला पर्‍यो

२ राजा ३:४ मा लेखिएको छ, “मोआबका राजा मेशाले भेडाहरू पाल्थे, अनि तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठाहरू र एक लाख भेडाहरूको ऊन दिनुपर्थ्यो ।” मेशा मृत सागरको पूर्वमा पर्ने सानो राज्य मोआबका शासक थिए जसले नवौँ शताब्दी ख्रिस्टपूर्वको मध्यतिर शासन गरेका थिए । तिनी यहूदाका राजा यहोशापात (८७०–८४८ …

Read More »

म येशूको पछि लाग्छु— करोडौँ फ्यान बटुल्न सफल युवा गायक जस्टिन

फोर्ब्स पत्रिकाअनुसार संसारका सबैभन्दा शक्तिशाली दस शीर्ष सेलिब्रेटीको सूचीमा जस्टिन बिबरको नाउँ तीन पटक (२०११, २०१२ र २०१३) परेको थियो । १९९४ मा क्यानडामा जन्मेका तिनी गायक, अभिनेतासाथै सङ्गीतकार हुन् । जस्टिन सामाजिक सञ्जालमा यति प्रसिद्ध छन्, कि ट्विटरमा तिनलाई पछ्याउनेहरूको सङ्ख्या १० करोडभन्दा बेसी छन्; फेसबुकमा तिनका फ्यानहरू करिब …

Read More »

संसारकै सर्वाधिक ठुलो पुस्तकालयमा बाइबल अत्यधिक सुन्दर छ

ख्रिस्टाब्द १७५१ मा जन्मेका जेम्स म्याडिसन अमेरिकाका चौथा राष्ट्रपति बने र तिनले १८०९-१८१७ सम्म शासन गरे । अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. मा अवस्थित लाइब्रेरी अफ कङ्ग्रेस नामक पुस्तकालयको सृजना गर्ने अवधारणाको श्रेय यिनै जेम्सलाई जान्छ जसले पहिलो पटक १७८३ मा यस्तो किसिमको पुस्तकालयको सृजना गर्ने प्रस्ताव राखेका थिए । …

Read More »

येशूसित सित्तैँमा हिँड्न पाइन्छ— नासाका वैज्ञानिक चार्ल्स डुक

नासाका अवकाश प्राप्त अन्तरिक्षयात्री चार्ल्स डुकको जन्म ख्रिस्टाब्द १९३५ मा अमेरिकामा भएको थियो । १९७२ मा अपोल्लो १६ नाउँ गरेको अन्तरिक्ष यानमार्फत चन्द्रमाको धरातलमा पाइला टेक्दा तिनी ३७ वर्ष मात्र पुगेका थिए । तिनी पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा हिँड्ने दसौँ मानिस बन्नुका अतिरिक्त सबैभन्दा कान्छो व्यक्ति पनि बने । …

Read More »

शमूएलका पिता एल्काना को थिए— एफ्राइमी (१ शमूएल १:१) वा लेवी (१ इतिहास ६:१६-३०) ? 

१ शमूएल १:१ मा उल्लिखित सङ्क्षिप्त वंशावलीअनुसार शमूएलका पिता एल्काना एफ्राइमी थिए, “रामतैमबाट आएका एक जना मानिस थिए । तिनी एक सूपी तथा एफ्राइमको पहाडी देशका थिए । तिनको नाउँ एल्‍काना थियो । तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए ।” तर …

Read More »

“ख्रीष्टियान” बारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. ग्रिक शब्द “ख्रिस्टियानोस” को अर्थ हुन्छ, “ख्रीष्टको अनुयायी ।” यो ग्रिक शब्द “ख्रिस्टोस” बाट आएको हो जसको अर्थ हुन्छ, “अभिषिक्त जन ।” हिब्रू भाषाबाट ग्रिक भाषामा अनूदित पुरानो करारको प्राचीनतम बाइबल सेप्टुजिन्टमा हिब्रू शब्द मसीहलाई “ख्रिस्टोस” भनी अनुवाद गरियो । हिब्रू शब्द मसीहले पनि “अभिषिक्त जन” भन्ने अर्थ नै …

Read More »

“आमेन” बारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. नेपाली शब्द “आमेन” हिब्रू भाषाको लिप्यन्तरण हो र यसको अर्थ हुन्छ, “यस्तै होस् ।” आमेन सहमतिको घोषणा हो । यसलाई ग्रिक, ल्याटिन, अङ्ग्रेजीसाथै अन्य मनग्गे भाषाहरूमा लिप्यन्तरण गरिएको छ, अनुवाद होइन । भन्नुको मतलब यही हो कि ती भाषाहरूमा पनि आमेन नै भनिन्छ । २. आमेन एउटा विश्वव्यापी शब्द …

Read More »

धार्मिक अगुवाहरूका बिचमा येशू कसरी फरक हुनुहुन्छ ?

“देहधारणको सिद्धान्त ख्रीष्टियान विश्वासको मुख्य शिक्षा हो । यसले बताउँछ कि नासरतका येशूमा परमेश्वर मानिस बन्नुभयो । यो सत्यताले ख्रिस्टियमतलाई एकेश्वरवाद मान्ने यहूदीसाथै इस्लामलगायत संसारका सबै धर्मबाट अलग राख्छ ।” यो गड एमङ्ग सेजेजः ह्वाई जिजस इज नट जस्ट एनादर रिलिजिअस लिडर नामक पुस्तकबाट साभार गरिएको अंश हो । २०२० …

Read More »

विश्व प्रसिद्ध वैज्ञानिक स्टिफेन हकिङ्ग कहाँ चुके ?

ख्रिस्टाब्द १९४२ मा इङ्गल्यान्डमा जन्मेका स्टिफेन हकिङ्ग भौतिकशास्त्रीसाथै लेखक थिए[i] । आइन्स्टाइनपछि महान्‌तम वैज्ञानिक मानिएका हकिङ्ग त्यही कुर्सीमा बसेका थिए जुन कुर्सीमा ३०० वर्षअगि अर्का विख्यात वैज्ञानिक सर आइज्याक न्युटन बसेका थिए । न्युटनले दृढतापूर्वक परमेश्वरको अस्तित्वमाथि विश्वास गर्थे र तिनले आफ्नो ख्रीष्टियान विश्वास र विज्ञानको बिचमा कुनै द्वन्द्व देखेनन् …

Read More »

आगलागीमा बाँच्न सफल बालक अठारौँ शताब्दीकै प्रखर वक्ता बने

घटना ९ फेब्रुअरी १७०९ को हो जुन बेला तिनी केवल ५ वर्षका थिए । रातको ११ बजिसकेको थियो केटो बसेको घरमा आगलागी भयो । सबै केटाकेटीलाई सुरक्षितसाथ घर बाहिर निकालियो तर तिनी भने दोस्रो तलामा नै छाडिए । आगो जलेर छाना खस्नै लाग्दा केटो चिच्च्याएपछि मात्र केटो भित्रै छाडिएछ भनी …

Read More »

येशूले किन अञ्जीरको रुखलाई सराप दिनुभयो (मर्कूस ११:१२-१४) ?

यही फेब्रुअरी १३-१४ मा धादिङको सल्यान्टारमा दुई दिने अपोलोजेटिक युवा सेमिनारमा सहजकर्ताको भूमिमा निर्वाह गरी शनिबार सेवामा आत्मिक मन्न खुवाउनको लागि म आरूघाट झरेको थिएँ । आरूघाट मेरो गृहनगर हो । त्यहाँस्थित मण्डलीमा म आत्मिक रूपमा जन्मेको थिएँ । बातचितको क्रममा एक जना भाइले प्रश्न गरे, “येशूले किन अञ्जीरको रुखलाई …

Read More »

७ रुपियाँबाट खरबपति बनेका वानामेकरले आफ्नो सफलताको श्रेय परमेश्वरलाई दिए

आफ्ना पिताको इँटा भट्टीमा काम गरेर जोन वानामेकरले ७ रुपियाँ हात पारे । पिताको मृत्युपश्चात् तिनले पुस्तक पसलमा काम गरे जहाँ तिनले हप्तामा १२५ रुपियाँ तनाखा बुझ्थे । काम गर्नको लागि तिनी हप्तामा दुई पटक चार माइलको यात्रा गर्थे । स्याउ र रोटी तिनको खाना थियो । थप २५ रुपियाँ …

Read More »

Powered by Youth Circle