अलाबामा अमेरिकाको दक्षिण-पूर्वमा अवस्थित राज्यको नाम हो । भौगोलिक हिसाबले ३० औँ ठुलो[i] यस राज्यमा हालसम्म ६२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।[ii] यही राज्यमा अवस्थित एउटा मेगाचर्चको नाउँ हो, चर्च अफ द हाइल्यान्ड्स । ख्रिस्टाब्द २०१८ सम्म यो अलाबामा राज्यकै सर्वाधिक ठुलो …
Read More »Recent Posts
कोरोना भाइरसको विरुद्धमा जुधिरहेका नास्तिक डाक्टरले परमेश्वरलाई पाए
डाक्टरको नाउँ हो, जुलिएन उर्बान । तिनी ३८ वर्षका छन् । तिनी कोरोना सङ्क्रमित देश इटालीका नास्तिक थिए । इटालीको अत्यधिक प्रभाविक क्षेत्र लोम्बार्डीको अस्पतालमा तिनी सक्रिय छन् । अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को विरुद्धमा लडिरहँदा कसरी परमेश्वरलाई पाए भनी तिनले गवाही दिएका छन् । कोरोना सङ्क्रमितहरूको सङ्ख्या एक्कासि बढेपछि …
Read More »८ वर्षकी ख्रीष्टियान बच्चीको सन्देश— कोरोना भाइरसको समयमा प्रेम
कम्तीमा ९२% ख्रीष्टियान रहेको फिलिपिन्स दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक हो ।[i] यो लेख तयार पार्दासम्म त्यहाँ ७०७ जनालाई कोरोना सङ्क्रमित भइसकेको छ भने ४५ जना मरिसकेका छन् । निको हुनेहरूको सङ्ख्या २८ रहेको छ भने एक जनाको अवस्था गम्भीर छ ।[ii] दुनियाँले कोरोना भाइरसको त्रासको सामना गरिरहँदा फिलिपिन्सकी ८ वर्षकी …
Read More »कोरोना प्रभाव: आउने आइतबार विश्वव्यापी प्रार्थना र उपवास दिवस
कोरोना भाइरसको महामारीको कारण वर्ल्ड इभान्जलिकल अलायन्स (डब्लुईए) ले आगामी २९ मार्च (चैत्र १६) आइतबारका दिन संसारभरिका ख्रीष्टियानहरूलाई प्रार्थना र उपवासमा समय बिताउन अनुरोध गरेको छ । अलायन्सले यस दिनलाई “विश्वव्यापी प्रार्थना र उपवास दिवस” घोषणा गरेको छ । ख्रिस्टाब्द १८४६ मा स्थापित डब्लुईए ६० करोड इभान्जलिकलहरूको प्रोटेस्टेन्ट संस्था हो …
Read More »कोरोना भाइरसको फैलावटको कारण अनलाइन सङ्गतिमा उल्लेखनीय वृद्धि
कोरोना भाइरस प्रभावित देशहरूको सूचीमा अमेरिका पहिलो स्थानमा पुगेको छ । यो लेख तयार पार्दासम्म अमेरिकामा ८५,७५५ जना सङ्क्रमित भएका छन् भने १,३०४ जनाको ज्यान गइसकेको छ । १,८६८ निको भएका छन् भने २,१२२ जना गम्भीर अवस्थामा छन् ।[i] कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण मनग्गे मण्डली भवनहरू बन्द भए तापनि …
Read More »ख्रीष्टियान संस्था सामरिटन्स पर्सद्वारा कोरोना सङ्क्रमित इटलीमा उल्लेखनीय सहयोग
कोरोना भाइरसले विश्वभरि भयाभह स्थिति सृजना गरिदिएको छ । मृत्युदरको सवालमा युरोपेली मुलुक इटली पहिलो स्थानमा छ । यो लेख तयार पार्दासम्म कोरोना भाइरसको कारणले गर्दा इटलीमा ४,८२५ जनाको मृत्यु भइसकेको छ भने ५३,५७८ जना सङ्क्रमित भएका छन् । इटली कोरोना भाइरसको फैलावटसित जुधिरहँदा सामरिटन्स पर्सले ६८ शैय्याको अस्थायी पाल …
Read More »मण्डली भवनहरू क्वारेन्टाइनको लागि दिन तयार हुनुपर्छ
शास्त्रीहरूमध्ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने । येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्यचाहिँ कुन हो ?” येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ । तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, …
Read More »ख्रीष्टियानलाई कोरोनाले छुँदैन भन्नु भ्रम हो
पुरानो करारका एक परिचित पात्रको नाउँ हो, एलीशा । तिनी अगमवक्ता मात्र नभएर आश्चर्यकर्म गर्ने जन पनि थिए । आफ्ना गुरु एलियाको स्वार्गारोहणमा गुरुले भन्दा दुई गुणा आश्चर्यकर्म गर्ने शक्ति पाएका तिनको सेवाकार्य झन्डै ६० वर्षसम्म लम्बिएको थियो । एलीशाको कथा मूलत: २ राजा २-१४ अध्यायहरूमा पढ्न पाइन्छ । धेरै …
Read More »कोरोना भाइरसबारे ख्रीष्टियान दृष्टिकोण
विश्वलाई त्रसित बनाइरहेको भाइरसको नाउँ हो, कोरोना भाइरस (कोभिड-१९) । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस गत साल अर्थात् २०१९ मा मात्र पत्ता लगाइएको थियो र त्योभन्दा अगि मान्छेमा देखा परेको थिएन ।[i] छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर वुहानबाट गत डिसेम्बरबाट सुरु भएको यो भाइरस जताततै फैलिन थालेपछि …
Read More »निर्भिक बिशप रोमेरोको अन्त्येष्टि सभामा सारा संसारबाट २,५०,००० मानिस ओइरिए
२४ मार्च १९८० को मिति थियो । साँझ बिशप ओस्कार रोमेरोले अस्पतालद्वारा सञ्चालित एउटा मण्डलीमा प्रभु-भोजको अगुवाइ गरे । आफ्नो प्रवचन सकेर तिनी वेदीको बिच भागमा गए । तिनी बोलिरहँदा मण्डलीको सडकको सामुन्ने रहेको सडकमा रातो रङको एउटा कार आएर रोकियो । बन्दुकधारी गाडिबाट निस्केर मण्डलीको ढोकातर्फ अगाडि बढे र …
Read More »मानिस परमेश्वरको स्वरूपमा सृजित सर्वश्रेष्ठ प्राणी हो
दार्शनिक इम्मानुएल कान्टको साँझमा हिँड्ने आदत थियो । त्यसरी हिँड्दा तिनी मनन गर्थे र विचार गर्थे । एक पटक तिनी कुनै एउटा बगैँचामा बसिरहेका थिए । तिनी एकै ठाउँमा धेरै घण्टासम्म बसिरहेका देखेर एक जना प्रहरीलाई शङ्का लाग्यो । ती प्रहरी तिनीकहाँ आएर तिनलाई प्रश्न गरे, “तपाईं के गर्दै हुनुहुन्छ …
Read More »ख्रीष्टियान ईश्वरशास्त्रीबाट प्रधानमन्त्री बनेका कुपरले देशको मुहार फेरिदिए
२९ अक्टोबर १८३७ मा नेदरल्यान्डका एक जना पास्टरको घरमा एक बालकको जन्म भयो । तिनको नाउँ थियो, अब्राहाम कुपर । परिवारले तिनलाई “ब्राम” भनेर डाक्थ्यो । कुपर विश्वविद्यालयमा भर्ना भए र त्यस बेलाका डच विश्वविद्यालका प्राध्यापकहरू आधुनिकवादबाट प्रभावित थिए जसले ईश्वरीय प्रकाशलाई भन्दा मानवीय तर्कलाई उचाल्थ्यो । कुपर यसबाट प्रभावित …
Read More »नासाका अन्तरिक्ष यात्री मिचेलले पूरै बाइबलको वचनलाई चन्द्रमामा पुर्याए
५ फेब्रुअरी १९७१ मा बाइबलले एउटा गजबको इतिहास रच्यो । उक्त दिन पूरै बाइबलले चन्द्रमाको धरातलमा पाइला टेकेको थियो । अगिल्ला अन्तरिक्ष उडानहरूमा पनि बाइबलका वचनहरूलाई अन्तरिक्षमा लगिएको भए तापनि उक्त दिने भने बाइबलको सम्पूर्ण वचनलाई चन्द्रमामा पुर्याइएको थियो । नासाका अन्तरिक्ष यात्री इजर मिचेलले अपोल्लो १४ नामक मिसनमार्फत उक्त …
Read More »हेन्री डुनान्टः जसको पहलमा अन्तर्राष्ट्रिय रेड क्रसको स्थापना भयो
ख्रिस्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतियलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्री डुनान्टले आफ्नै आँखाले देखे । युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए । तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई म कहिल्यै भुल्ने छैनँ …
Read More »प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनले जोसका साथ बाइबल पढ्ने गर्थे
हामीले इतिहासका महान्तम वैज्ञानिकहरूको बारेमा सोच्दा सर आइज्याक न्युटनको नाउँ तुरुन्तै आउँछ । ख्रिस्टाब्द १६४२ मा इङ्गल्यान्डमा जन्मेका तिनी गणितज्ञ, खगोलविद्, ईश्वरशास्त्री, भौतिकशास्त्रीसाथै लेखक थिए । तिनी वैज्ञानिक क्रान्तिका एक महत्त्वपूर्ण पात्र मात्र नभई मानव इतिहासकै सर्वाधिक प्रभावशाली वैज्ञानिकहरूको सूचीमा पनि पर्छन् । १६८७ मा पहिलो पटक प्रकाशित प्रिन्सिपिया नामक …
Read More »