Recent Posts

क्रूसबाट येशूले भन्नुभएका ७ ओटा वाणी

येशू क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्नो मुखबाट ७  ओटा वाणी बोल्नुभएको थियो जुन अत्यधिक महत्त्वपूर्ण छन् । उहाँका तीनवटा वाणी (१, २ र ७) लूकाको सुसमाचारमा मात्र पाइन्छन् भने अर्का तीनवटा वाणी यूहन्नाको सुसमाचारमा मात्र पाइन्छन् (३, ५ र ६) । एउटाचाहिँ (४) मत्ती (२७:४६) र मर्कूस (१५:३४) दुवैमा पाइन्छ । …

Read More »

पहिलो गुड फ्राइडेमा घटेका ७ ओटा घटना

चारवटै सुसमाचारले येशूको क्रूसारोहण वरिपरिको दृश्यलाई महत्त्वकासाथ अभिलिखित गरेका छन् । येशूको मृत्युलाई सम्झेर गुड फ्राइडे मनाइन्छ । हामी यहाँ पहिलो गुड फ्राइडेमा भएका ७ ओटा घटनालाई सङ्क्षिप्त रूपमा केलाउनेछौँ । ती घटनाहरू यहाँ क्रमैसँग राखिएका छन् । १. येशू गेतसमनीको बगैँचामा गिरफ्तार हुनुभयो (मत्ती २६:३६–५६) । येशू आफ्ना चेलाहरूसँगै …

Read More »

गुड फ्राइडेबारे तपाईंले जान्नुपर्ने ७ ओटा सत्यता

१. येशूको मृत्युको सम्झनामा वर्षको एक पटक मनाइने उत्सवलाई नै गुड फ्राइडे भनिन्छ । येशू निर्दोष र पापरहित हुनुभए तापनि उहाँ आजभन्दा लगभग दुई हजार वर्षअगि मानव–जातिको पापको लागि क्रूसमा टाँगिनुभएको थियो । गुड फ्राइडे अङ्ग्रेजी Good Friday को लिप्यन्तरण हो । गुड फ्राइडेलाई अङ्ग्रेजीमा होली फ्राइडे वा ग्रेट फ्राइडे …

Read More »

४ वर्षकी बालिकाद्वारा डाक्टरहरूका लागि उत्साहपूर्ण प्रार्थना

फिलिपिन्स दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक हो । प्रशान्त महासागरको पश्चिममा पर्ने यो मुलुक झन्डै ७,६४१ ओटा टापु मिलेर बनेको छ । ३ लाख वर्ग किलोमिटरमा फैलिएको यस मुलुकमा ख्रिस्टाब्द २०१५ को जनगणनाअनुसार १० करोड जनसङ्ख्या बसोबास गर्छन् ।[i] यहाँ कम्तीमा ९२% मानिस ख्रीष्टियान छन् ।[ii] दुनियाँलाई प्रभावित तुल्याएको कोरोना भाइरस …

Read More »

६ वर्षे बालकद्वारा कोरोनामाथि जित, आमाले भनिन्, “परमेश्वरलाई धन्यवाद”

टेनेस्सी अमेरिकाको दक्षिण-पूर्वमा अवस्थित राज्यको नाउँ हो । ख्रिस्टाब्द २०१९ को अनुमानअनुसार यहाँ ६८ लाख जनसङ्ख्या बसोबास गर्छन् ।[i] भूगोलको हिसाबले छत्तिसौँ ठुलो यस राज्यमा ८१% ख्रीष्टियान छन् ।[ii] कोरोना सङ्क्रमितहरूको हिसाबले टेनेस्सी अठारौँ स्थानमा रहेको छ । हालसम्म यहाँ ३,८०२ जना सङ्क्रमित भएका छन् भने ६५ जनाको निधन भइसकेको …

Read More »

कोरोना प्रभाव: २१% गैरख्रिस्टियानले बाइबल पढ्न सुरु गरे

९८ लाख वर्ग किलोमिटरमा फैलिएको अमेरिका (युएसए) संसारको चौथो ठुलो मुलक हो ।[i] २०१९ को अनुमानअनुसार यहाँको जनसङ्ख्या ३२ करोड रहेको छ ।[ii] यहाँका ६५% मानिस ख्रीष्टियान छन् ।[iii] कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरूको सूचीमा अहिले अमेरिका पहिलो नम्बर छ ।[iv] हालसम्म १२,७३,७९२ जना सङ्क्रमितहरूमध्ये अमेरिकामा ३,३६,८३० जना रहेको छ । …

Read More »

कोरोनाविरुद्ध लड्न ब्राजिलद्वारा राष्ट्रिय प्रार्थना तथा उपवास दिनको घोषणा

लेखकसाथै पास्टर डेभिड जेरेमियाले प्रार्थनाको शक्तिबारे शानदार ढङ्गमा व्यक्त गरेका छन्, “प्रार्थना एउटा यस्तो मार्ग हो जसद्वारा तपाईं/ले शैतानलाई पराजित गर्नुहुन्छ; हराएकाहरूकहाँ पुग्नुहुन्छ; विश्वास त्याग गरेकोलाई पुनस्थापित गर्नुहुन्छ; सन्तहरूलाई मजबुत पार्नुहुन्छ; मिसनरीहरूलाई बाहिर पठाउनुहुन्छ; बिरामीलाई निको पार्नुहुन्छ; असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ ।”[i] ब्राजिल दक्षिण अमेरिकामा मात्र …

Read More »

येशू मेरा चङ्गाइकर्ता पनि हुनुहुन्छ— कोरोनामाथि विजय प्राप्त पास्टर

युनाइटेड किङ्गडमलाई युके वा ब्रिटेन पनि भनिन्छ । इङ्गल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आएरल्यान्ड मिलेर बनेको यो राज्य युरोपको मुख्य भूभागबाट उत्तर-पश्चिममा अवस्थित छ । यहाँ अनुमानित ६ करोड ७८ लाख जनसङ्ख्यामध्ये ६०% ख्रीष्टियान छन् ।[i] कोरोना भाइरस (कोभिड-१९) प्रभावित मुलुकहरूको सूचीमा युके आठौँ स्थानमा छ ।[ii] यहाँ हालसम्म ३८,१६८ …

Read More »

परमेश्वर मेरो साथमा हुनुहुन्थ्यो— कोरोनामाथि विजय प्राप्त ९० वर्षीया वृद्धा

वासिङ्गटन उत्तर-पश्चिममा अवस्थित एउटा अमेरिकी राज्य हो । प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनको सम्मानमा यो राज्यको नाउँ वासिङ्गटन राखिएको हो । राजधानी वासिङ्गटन डी. सी. सित नझुक्कियोस् भन्नाका लागि यसलाई अक्सर वासिङ्गटन राज्य पनि भनिन्छ । भूगोलको आधारमा अमेरिकाको अठारौँ ठुलो राज्य वासिङ्गटनको जनसङ्ख्या ७६ लाख रहेको छ ।[i] कोरोना सङ्क्रमणको …

Read More »

कोरोना महामारीले गर्दा परमेश्वरलाई प्रार्थना चढाउनेहरूको सङ्ख्या ह्वात्तै बढ्यो

“यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु” (२ इतिहास ७:१४) । पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या २,१५,३४४ पुगेको छ । …

Read More »

कोरोनाको कारण हजारौँ भोकाएकाहरूलाई खुवाउन चर्चले ढोका खोल्यो

येशू यस धरतीमा हुनुहुँदा उहाँले भन्नुभयो, “‘किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ । म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ । म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ । नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ । बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ । झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ …

Read More »

कोरोना महामारीको बिचमा विख्यात पास्टर लुकाडोको उत्साहपूर्ण सन्देश

ख्रिस्टाब्द १९५५ मा अमेरिकामा जन्मेका म्याक्स लुकाडो प्रभावशाली लेखकसाथै वक्ता हुन् । ६५ वर्षका लुकाडो अमेरिकाको टेक्सासस्थित ओक हिल्स चर्चका पास्टर हुन् ।[i] क्रिस्चियानिटी टुडे नामक पत्रिकाले तिनलाई “अमेरिकाका पास्टर” भनी सम्बोधन गरेको थियो भने रिडर्स डाइजेस्ट पत्रिकाले “अमेरिकाकै सर्वोत्कृष्ट प्रचारक” भनी उल्लेख गरेको थियो । झन्डै १०० ओटा कृति …

Read More »

ख्रीष्टियान संस्था एसपीद्वारा कोरोना सङ्क्रमितहरूका लागि न्युयोर्कमा अस्पताल खडा

न्युयोर्क अमेरिकाको उत्तर-पूर्वमा अवस्थित राज्यको नाउँ हो । अमेरिकाका ५० ओटा राज्यमध्ये भूगोलको हिसाबले यो २७ औँ ठुलो राज्य हो । ख्रिस्टाब्द २०१९ को तथ्याङ्कअनुसार यहाँ अनुमानित १ करोड ९५ लाख जनसङ्ख्या बसोबास गर्छन् ।[i] हाल कोरोना भाइरस (कोभिड-१९) बाट सबैभन्दा प्रभावित मुलुक अमेरिका हो र यसका ५० ओटा राज्यमध्ये …

Read More »

क्वारेन्टाइनको बेलामा ख्रीष्टियानहरूद्वारा झ्याल-झ्यालबाट परमेश्वरको आराधना

ब्राजिल दक्षिण अमेरिकासाथै ल्याटिन अमेरिका दुवैमा सर्वाधिक ठुलो मुलुक हो ।[i] भूगोलको हिसाबले संसारकै पाँचौँ ठुलो देश ब्राजिलमा झन्डै १७ करोड अर्थात् ८९% प्रतिशत मानिस ख्रीष्टियान छन् ।[ii] सारा दुनियाँलाई प्रभावित तुल्याइरहेको कोरोना भाइरस (कोभिड-१९) बाट ब्राजिलमा हालसम्म ४,२५६ जना सङ्क्रमित भएका छन् र १३६ जनाले ज्यान गुमाइसकेको छ भने …

Read More »

कोरोना प्रभाव: अस्पतालको सुरुआत र यसको महत्त्व

“अनि येशू … मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो” (मत्ती ४:२३) । येशूले मानव–जातिको आत्मिक अवस्थासित मात्र सरोकार राख्नुभएन, तर उसको शारीरिक अवस्थासित पनि । येशू सर्वाङ्गीण चङ्गाइकर्ता हुनुहुन्थ्यो । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “[म] बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ” (मत्ती २५:३६) …

Read More »

Powered by Youth Circle