मर्कूसको सुसमाचारमा येशूले भन्नुभएको छ, “अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता त्यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्छ, र दाखमद्य र मशक पनि नष्ट हुन्छन् । तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँडामा हालिन्छ” (२:२२) । येशूले मशकको उपमाबाट के सिकाउन खोज्नुभएको हो ? पानी वा दाखमद्य राख्नलाई बनाइएको छालाको थैलोलाई …
Read More »Recent Posts
बाइबलमा उपलब्ध ७ ओटा वैज्ञानिक सत्यता
बाइबल आधुनिक समयमा लेखिएको वैज्ञानिक पाठ्यपुस्तक होइन, तर प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो । तरै पनि बाइबलले यस्ता वैज्ञानिक सत्यताहरूलाई अभिलिखित गरेको छ जसले एउटा सचेत, तार्किकसाथै बौद्धिक व्यक्तिलाई छक्क पार्छन् । आधुनिक समयमा पत्ता लगाइएका ती मनग्गे वैज्ञानिक आविष्कारहरूलाई बाइबलले हजारौँ वर्ष पहिले नै उल्लेख गरेका थिए भन्ने …
Read More »मरियमले पुनरुत्थान हुनुभएका येशूलाई किन चिन्न सकिनन् (यूहन्ना २०:१४) ?
पुनरुत्थानपश्चात् येशू पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो (यूहन्ना २०:११-१८) । यी तिनै स्त्री थिइन् जसबाट येशूले सातवटा भूत निकाल्नुभएको थियो (लूका ८:२) । तर उनले उहाँलाई चिनिनन्, “यी कुरा भनेर तिनी पछिल्तिर फर्किन्, र तिनले येशूलाई उभिरहनुभएको देखिन्, तर येशू नै हुनुहुन्छ भनी चिनिनन्” (पद १४) । उनले आफूसित …
Read More »जिस्काएकै कारण कसरी परमेश्वरका जनले सराप दिन सक्छन् (२ राजा २:२३-२४) ?
अगमवक्ता एलीशा बाटोमा गइरहँदा दर्जनौँ जवान मानिसले जिस्काएका कारण तिनले सराप दिए र बयालिस जनाले मृत्युको सजाए भोग्नुपर्यो, “त्यहाँबाट एलीशा उक्लेर बेथलेहेममा गए । जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट स-साना ठिटाहरू आएर तिनलाई यसो भन्दै जिस्क्याउन लागे, ‘ए मुडुले, माथि जाऊ । ए मुडुले, माथि जाऊ ।’ तिनले फर्केर …
Read More »एउटा गाला चड्काउनेलाई अर्को पनि थापिदेऊ भन्नुको मतलब के हो ?
येशूले भन्नुभयो, “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत ।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर । जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ” (मत्ती ५:३८-३९) । के सबै परिस्थितिमा हामीले अर्को गाला पनि थापिदिनुपर्ने हो ? होइन भने येशूको …
Read More »येशू पुत्र हुनुहुन्छ भने उहाँलाई किन ‘पिता’ भनिएको हो (यशैया ९:६) ?
यशैया ९:६ मा अभिलिखित येशूका चारवटा नाउँमध्ये एउटा ‘अनन्तका पिता’ हो, “किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रा निम्ति एउटा छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ ।” त्रिएकताको सिद्धान्त कट्टरवादी ख्रीष्टियान सिद्धान्त हो जसअनुसार …
Read More »के रायोको बिउ सबैभन्दा सानो बिउ हो (मत्ती १३:३१-३२) ?
“येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, ‘स्वर्गको राज्य रायोको दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा छर्यो । त्यो सबै बीउहरूमा सानो हुन्छ, तर जब बढ्छ, तब त्यो सबै सागपातहरूभन्दा ठूलो हुन्छ र रूख नै भइहाल्छ । आकाशका चराचुरुङ्गीहरू आएर त्यसका हाँगाहरूमा गुँड़ लाउँछन्'” (मत्ती १३:३१-३२) । के येशूले …
Read More »किन परमेश्वरले मोशालाई मार्ने इच्छा गर्नुभयो (प्रस्थान ४:२४) ?
मोशा आफ्नी पत्नी र छोराहरूलाई लिएर मिद्यानबाट मिश्रतर्फ फर्कंदै गर्दा परमेश्वरले तिनलाई मार्न चाहनुभयो, “अनि बाटोमा वास बस्ने ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो, र तिनलाई मार्ने इच्छा गर्नुभयो” (प्रस्थान ४:२४) । किन ? बाइबलका विद्यार्थीहरू मोशाको जीवनीबारे परिचित छन् । तिनले इस्राएलीहरूलाई मिश्री दासत्वबाट छुटाएर कनान देशको सङ्घारमा पुर्याएका थिए । …
Read More »के येशूको बप्तिस्माअगि बप्तिस्मा-दिने यूहन्नाले येशूलाई चिनेका थिए ?
बप्तिस्मा-दिने यूहन्नाले येशूको बारेमा भने, “म आफैले उहाँलाई चिनेको थिइनँ” (यूहन्ना १:३१) । अर्को ठाउँमा व्यक्त भाषाअनुसार पनि तिनले येशूलाई चिनेका थिएनन्, “मैले उहाँलाई चिनेको थिइनँ” (यूहन्ना १:३३) । तर येशू बप्तिस्मा-दिने यूहन्नाको हातबाट बप्तिस्मा लिन आउनुहुँदा तिनले उहाँलाई चिनेका थिए भन्ने तथ्य छर्लङ्ग हुन्छ, “तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा …
Read More »जलिरहेको पोथ्रामा को देखा परे— स्वर्गदूत वा परमप्रभु (प्रस्थान ३:४) ?
प्रस्थान ३:२ मा लेखिएको छ, “त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे । त्यो पोथ्रा जलिरहेको थियो— तापनि भस्म हुँदैनथ्यो ।” यस पदअनुसार जलिरहेको पोथ्रामा देखा पर्ने व्यक्ति परमप्रभुका दूत थिए । नयाँ करारमा लूकाले पनि यही कुरो लेखेका छन्, “यही मोशा, जसलाई …
Read More »कसरी इसहाक अब्राहामको ‘एउटै छोरो’ हुन सक्छ (उत्पत्ति २२:२) ?
परमेश्वरले अब्राहामको विश्वासको जाँच गर्न खोज्नुहुँदा उहाँले अब्राहामलाई भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होमबलि गर्” (उत्पत्ति २२:२) । तर इसहाकको जन्म हुनुभन्दा धेरै वर्षअगि नै अब्राहामले हागारबाट इश्माएललाई जन्माइसकेका थिए, “अनि हागारले अब्रामको एक जना …
Read More »येशू कति बजे क्रूसमा टाँगिनुभयो— ९ बजे वा १२ बजेपछि (यूहन्ना १९:१४) ?
मर्कूसको सुसमाचारले स्पष्टसित बताउँछ कि येशू बिहानको ९ बजे क्रूसमा टाँगिनुभयो, “तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो” (मर्कूस १५:२५) । तर चौथो सुसमाचारअनुसार दिउँसो लगभग बाहृ बजेसम्म येशूको जाँच पडताल अझै जारी थियो, “दिउँसोको करीब बाहृ बजेको थियो । पिलातसले यहूदीहरूलाई भने, ‘हेर, तिमीहरूका राजा !’” (यूहन्ना १९:१४) …
Read More »के उत्पत्ति १:२६ मा उल्लिखित शब्द ‘हाम्रै’ ले त्रिएकतालाई जनाउँछ ?
उत्पत्ति १:२६ मा लेखिएको छ, “फेरि परमेश्वरले भन्नुभयो, ‘मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्’ ।” यस पदमा प्रयोग गरिएको बहुवचन सर्वनाम हो— हाम्रै । यो परमेश्वरको सट्टामा प्रयोग गरिएको शब्द हो । परमेश्वर एक …
Read More »किन येशूले मरियमलाई “मलाई नछोऊ” भन्नुभयो (यूहन्ना २०:१७) ?
प्रभु येशू पुनरुत्थान हुनुभएपछि पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । यी तिनै स्त्री थिइन् जसबाट येशूले सातवटा भूत निकाल्नुभएको थियो (लूका ८:२) । मरियमले येशूलाई पुनरुत्थान हुनुभएका प्रभुको रूपमा पहिचान गरेपछि येशूले उनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ । तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, …
Read More »येशूका “म हुँ” भन्ने वाणीहरू किन यूहन्नाको सुसमाचारमा मात्र पाइन्छन् ?
यूहन्नाको पुस्तकमा येशूका ७ ओटा “म हुँ” भन्ने वाणीहरू अभिलिखित छन् । म जीवनको रोटी हुँ (यूहन्ना ६:३५) । म संसारको ज्योति हुँ (यूहन्ना ८:१२) । म ढोका हुँ (यूहन्ना १०:९) । म असल गोठालो हुँ (यूहन्ना १०:११) । म पुनरुत्थान र जीवन हुँ (यूहन्ना ११:२५) । म बाटो, सत्य …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 