Recent Posts

ख्रीष्टलाई अपमान गर्ने नाटक खेल्दाखेल्दै उहाँलाई नै ग्रहण गरे अलेक्ज्यान्डरले

यो वर्षौंअगिको कुरो हो । रुसको राजधानी मस्कोको कुनै एउटा रङ्गशालामा एउटा नाटकको आयोजना गरिएको थियो । उक्त नाटकको नाउँ थियो: क्राइस्ट इन अ टुक्सेडो । ख्रीष्टलाई अपमान गर्ने हेतुले रचना गरिएको यस नाटकमा अलेक्ज्यान्डर रोस्तोसेभ नाउँका व्यक्तिले ख्रीष्टको भूमिकालाई निर्वाह गर्नुपर्नेथियो । तिनको भूमिकामा तिनले नयाँ करारमा उल्लेखित डाँडाको …

Read More »

“मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन” भन्नुहुँदा येशूको भनाइको मतलब के हो ?

येशूले भन्नुभयो, “स्‍वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन” (यूहन्ना ३:१३) । तर बाइबलमा दुई जना व्यक्ति मृत्यु नचाखी स्वर्ग उक्ले— हनोक र एलीया । हनोक जिउँदै स्वर्ग लगिए भनी हिब्रूका लेखकले प्रस्ट पारेक छन्, “विश्‍वासद्वारा मृत्‍यु नचाखी हनोक स्‍वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्‌, किनकि परमेश्‍वरले …

Read More »

ब्राह्मण परिवारमा जन्मेका शेखरले बाइबल पढेपछि सत्यताको आविष्कार गरे

शेखर कालिनपुरको जन्म कट्टरवादी हिन्दु परिवारमा भएको थियो । ब्राह्मण परिवारमा जन्मेका शेखरका पिता परिचित पुजारीसाथै ज्योतिषी थिए भने तिनका हजुरबुबा तान्त्रिक थिए । शेखर धार्मिक परिवारमा जन्मेकाले तिनले प्रार्थनामा समय बिताउँथे । तर आफ्नो किशोरावस्थामा तिनी पापमा हराउन पुगे । बाहिरबाट हेर्दा तिनी ब्राह्मणको ईश्वरभक्त छोरो देखिन्थे जब कि …

Read More »

कमल अधिकारीको सङ्‌क्षिप्त परिचय

कमल अधिकारी बाइबल शिक्षक, लेखकसाथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of …

Read More »

त्यो पुस्तक जसले मेरो रुचिको धार नै बदल्दियो

केही विद्यार्थीहरूसँगै म कोठामा थिएँ । हातमा किताबहरूको ठेली लिँदै एक जना व्यक्ति हाम्रो कोठाभित्र प्रवेश गर्‍यो । हामीलाई किताब बेच्नु उसको उद्देश्य थियो । उसले आफूले ल्याएका किताबहरूको महत्त्व दर्शाउन थाल्यो । त्यस बेला किताब किन्ने मेरो चाहना नभए तापनि उसको प्रस्तुतिले मलाई किन्न आकर्षण गर्‍यो । मसँग पैसा …

Read More »

येशूको विश्वव्यापी प्रभावबारे १२ ओटा सुप्रसिद्ध भनाइ (भाग १)

दार्शनिकहरूका सबै प्रवचनहरू र नीतिज्ञहरूका सबै अर्तीहरूले भन्दा [येशू ख्रीष्टको] तीन-वर्षे सक्रिय जीवनको सामान्य अभिलेखले मानव–जातिलाई आध्यात्मिक उन्नति गराउन र नरम पार्न बेसी काम गरेको छ । विलियम लेके, इतिहासकार मानव–जातिको बिचमा देखा परेका फलहरूलाई मापन गर्दा त्यो छोटो जीवन नै यस ग्रहमा जिउने सबैभन्दा प्रभावशाली जीवन बनेको छ । …

Read More »

म्याकडोलले असम्भवजस्तो देखिने प्रार्थनाको जवाफ पाए

ख्रिस्टाब्द १९३९ मा अमेरिकामा जन्मेका जोस म्याकडोल ख्रीष्टियान रक्षाशास्त्री, सुसमाचार प्रचारकसाथै लेखक हुन् । तिनी लगभग ११५ ओटा पुस्तकका लेखकसाथै सहलेखक हुन् । म्याकडोल क्यालिफोर्नियास्थित सेमिनारीमा अध्ययन गरिरहँदा तिनका पिता प्रभुको घरमा प्रस्थान गरेका थिए । तिनकी आमाको वर्षौं पहिले नै निधन भइसकेको थियो । तर आमाले उद्धार पाएकी थिइन् …

Read More »

बाइबलमाथि विश्वास गर्नुपर्ने १०० ओटा कारण

अमेरिकाका ४० औँ राष्ट्रपतिको नाउँ हो, रोनाल्ड रेगन । ख्रिस्टाब्द १९८१-१९८९ सम्म शासन गरेका तिनले बाइबलको बारेमा भनेका छन्, “बाइबलका पानाहरूभित्र मानिसहरूले सामना गर्ने सबै समस्याका जवाफ छन् । बाइबलले ह्रदयलाई छुन सक्छ, दिमागलाई आज्ञा दिन सक्छ र आत्मालाई ताजगी बनाउन सक्छ ।” राष्ट्रपतिको यो शानदार भनाइ साइन्टिफिक फ्याक्ट्स इन …

Read More »

परमेश्वरको अवर्णनीय सृष्टि जसले तपाईंलाई छक्क पारिदिन्छ

“महलाई कहिलेकाहीँ आश्चर्यपूर्ण खाना भनिन्छ । त्यसो भन्नुको कारणचाहिँ यसमा जीवनको लागि आवश्यक प्राय: हरेक पोषण तत्त्व पाइन्छ र यो हजारौँ वर्षसम्म पनि बिग्रँदैन । वास्तवमा पुरातत्त्वविद्‌हरूले प्राचीन मिश्रका चिहानहरूमा महले भरिएका भाँडाहरू फेला पारेका छन् र त्यसलाई अहिले पनि खान सकिन्छ ।” बाइबलको वचन महभन्दा पनि स्वादिष्ट छ, “तपाईंका …

Read More »

येशूले “यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन” (मत्ती २४:३४) भन्नुहुँदा ‘यो पुस्ता’ को अर्थ के हो ?

मत्तीको सुसमाचारमा उल्लिखित ५ ओटा उपदेशमध्ये एउटालाई जैतुने उपदेश (मत्ती २४-२५) को नाउँले चिनिन्छ । जैतुन डाँडामा बसेर येशूले शिक्षा दिनुभएकोले यसलाई जैतुने उपदेश भनिएको हो । यस प्रवचनमा येशूले अन्त्यका चिन्हहरूको बारेमा बताउनुभएको छ । मत्तीको सुसमाचारमा सविस्तार वर्णन पाइने भए तापनि मर्कूस १३ र लूका २१ अध्यायमा पनि …

Read More »

ख्रीष्टियान दार्शनिकको तर्कबाट प्रभावित भई डन नास्तिकबाट डिकन बने

९० भन्दा बेसी पुस्तकका लेखक, सह–लेखकसाथै सम्पादक नर्मन गेइस्लर ख्रीष्टियान ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री थिए । एक जना सहकर्मीलाई लिएर तिनी सुसमाचार प्रचारको लागि एउटा घरमा पुगे र तिनले ढोका ढकढक्याए । ढोका खोल्दै एक जना मानिसले भने, “मेरो नाउँ डन हो ।” डनबाट अनुमति पाएपछि गेइस्लरले ईई (इभान्जलिज्म एक्सप्लोजन) मा …

Read More »

७ ओटा ख्रीष्टियान अवधारणा जसले संसार बदल्दियो

दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक क्याम्बोडियाको एउटा परिवारमा एक छोरीको जन्म भयो । छोरी परिवारको चाहना नभएकोले तिनीहरूले छोरीलाई जङ्गलमा लगी खाडल खनेर बाकसमा राखी जिउँदै पुरिदिए । उक्त परिवारले आफ्नै छोरीलाई जङ्गलमा गाड्ने योजना बनाउँदै थियो भन्ने जानकारी पाएकी एक जना ख्रीष्टियान नर्स पछि-पछि गइन् । परिवारको प्रस्थानपश्चात् हतारसँग उनले …

Read More »

कमल अधिकारी— तासको कुलतमा फसेका युवकदेखि मेहनती प्रिन्सिपलसम्म

यस साइटमार्फत तपाईंले धेरै मानिस तथा धेरै विषयमा धेरै कुरा सिकिसक्नुभएको छ । आज मैले आफ्नै बारेमा अवगत गराउने जमर्को गरेको छु । मेरो नाम कमल अधिकारी हो । आजभन्दा ४० वर्षअगि अर्थात् ख्रिस्टाब्द १९८० मा मेरो जन्म गोरखा जिल्लाको आँपपिपल अस्पतालमा भएको थियो । यो अस्पताल १९६९ मा यूनाईटेड …

Read More »

बाइबलीय पात्र इरास्तसको शिलालेख फेला पारियो

बाइबलमा ३ पटक इरास्तसको नाउँ देखा पर्छ (प्रेरित १९:२२; रोमी १६:२३ र २ तिमोथी ४:२०) । प्रेरितको पुस्तकअनुसार पावलले तिमोथीसँगै इरास्तसलाई माकेडोनिया पठाए, “तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्‍तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे” (१९:२२) । रोमीहरूलाई लिखित आफ्नो पत्रमा पावल रोमका विश्वासीहरूलाई …

Read More »

के भविष्यमा मान्छेले मान्छेको जस्तै बुद्धि भएको यन्त्र बनाउन सक्ने छ ?

ख्रिस्टाब्द १९५३ मा रसायनशास्त्रीद्वय स्टान्ली मिलर र हारोल्ड उरेले एउटा परीक्षण गरे । उक्त परीक्षण पृथ्वीमा जीवको उत्पत्तिसित सम्बन्धित थियो । तिनीहरूले हाइड्रोजन, मिथेन, एमिनो एसिडजस्ता रसायनहरूलाई एउटा भाँडोमा मिश्रण गरी त्यसमा विद्युतीय झट्का दिए । पृथ्वीको सुरुको वातावरणमा यी रसायनहरू विद्यमान थिए भन्ने बुझाइ थियो । तिनीहरूले केही एमिनो …

Read More »

Powered by Youth Circle