Recent Posts

“परमेश्वरमाथि विश्वास नगर्नु मेरो लागि असम्भव हुन्छ”— नासाका अन्तरिक्षयात्री जोन ग्लेन

ख्रिस्टाब्द १९२१ मा अमेरिकामा जन्मेका जोन ग्लेन वायुयान चालक, इन्जिनिएर, राजनीतिज्ञसाथै अन्तरिक्षयात्री थिए । पृथ्वीलाई फन्को मार्ने प्रथम अमेरिकी बनी तिनले इतिहास रचे । १९६२ मा तिनले यस ग्रहलाई तीन चोटि घुमेका थिए । यति मात्र नभई तिनी अन्तरिक्षमा जाने पाँचौँ व्यक्ति र तेस्रा अमेरिकी हुन् । १९९८ मा ७७ …

Read More »

विश्व हल्लाएका नास्तिक फ्लुले ८१ वर्षको दीर्घायुमा परमेश्वरमाथि विश्वास गरे

ख्रिस्टाब्द १९२३ मा इङ्गल्यान्डको राजधानी लन्डनमा जन्मेका एन्टोनी फ्लु पास्टरसाथै ईश्वरशास्त्रीका छोरा थिए । ख्रीष्टियान परिवारमा जन्मेका भए तापनि तिनी १५ वर्षकै किशोरावस्थामा नास्तिक बन्न पुगे । तिनी सुप्रसिद्ध नास्तिक बनेर निस्के । विश्वप्रसिद्ध नास्तिकसाथै दार्शनिक फ्लुले अक्सफोर्ड, योर्क, अबर्डिनजस्ता विश्वका नामी विश्वविद्यालयहरूमा पढाए । रिचार्ड डाउकिन्स, क्रिस्टोफर हिचेन्स र …

Read More »

परमेश्वर र बाइबलविना राज्यलाई सही प्रकारले शासन गर्न असम्भव छ— जर्ज वासिङ्गटन

अमेरिकी क्रान्तिको समयमा एक जना व्यक्ति सामान्य कपडा लगाएर घोडाबाट सवार भएर जाँदै गर्दा केही सिपाहीहरूकहाँ पुग्यो । तिनीहरूले कुनै छेकबार मर्मत गर्दै थिए । तिनीहरूका अगुवाले चिच्च्याई-चिच्च्याई ती सिपाहीहरूलाई निर्देशन दिँदै थिए यद्यपि तिनी आफैले भने कुनै सहायता गर्ने प्रयास गरिरहेका थिएनन् । ती अगुवालाई किन कुनै सहयोग नगरेको …

Read More »

ख्रीष्टियानको अध्ययनको लागि परमेश्वरले गैरख्रिस्टियानद्वारा रकम जुटाइदिनुभयो

दर्शनशास्त्रमा विद्यावारिधि गर्ने पतिको उत्कट चाहना थियो । बेलुका खाना खाने बेलामा पत्नीको प्रश्नको जवाफमा पतिचाहिँले भने, “म इङ्गल्यान्ड गएर जोन हिकको अधीनमा विद्यावारिधि गर्न चाहन्छु ।” “को हुन् तिनी ?,” पत्नीले सोधिन् । “तिनी प्रसिद्ध ब्रिटिस दार्शनिक हुन् जसले परमेश्वरको अस्तित्वको पक्षमा पेस गरिने तर्कहरूको बारेमा बृहत् मात्रामा लेखेका …

Read More »

विश्व प्रसिद्ध उपन्यासकार टाल्सटाय येशूको शिक्षाबाट अत्यन्तै प्रभावित थिए

लिओ टाल्सटाय विश्व साहित्यमा एक ओजस्वी नाउँ हो । रुसी उपन्यासकार टाल्सटायलाई एक महान्‌तम स्रष्टाको रूपमा आदर गरिन्छ । वार एन्ड पिस र अन्ना करेनिना नामक दुईवटा शक्तिशाली उपन्यासका लागि तिनी सुविख्यात छन् । तिनका कृतिहरूले तिनको जीवन कालमा मात्र नभएर अनुगामी इतिहासमा पनि विचारणीय प्रभाव पारेका छन् । ख्रिस्टाब्द …

Read More »

परिचित डाक्टरले स्वीकार गरे, “म पापी हुँ र येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ”

जेम्स सिम्पसोनले १८ वर्षको उमेरमा आफ्नो अन्तिम परीक्षा सके । तर निकै जवान भएकाले मेडिकल अभ्यासको लागि लाइसेन्स हात पार्न तिनले दुई वर्ष पर्खनु परेको थियो । २८ वर्षकै उमेरमा तिनी एडिनवर्ग विश्वविद्यालयको मेडिकल शाखाको प्रमुखमा नियुक्त गरिए । ख्रिस्टाब्द १८११ मा स्कटल्यान्डमा जन्मेका सिम्पसोनलाई चिकित्सा इतिहासमा एक महत्त्वपूर्ण प्रतिभाको …

Read More »

भाइकिङ्गहरूको रूपान्तरण ख्रीष्‍टको सुसमाचारीय शक्‍तिको एउटा सर्वोत्तम नमुना हो

आठौँ शताब्दीदेखि एघारौँ शताब्दीसम्म उत्तरी युरोपमा बसोबास गर्ने भाइकिङ्गहरू लुटमारको लागि कहलिएका थिए । यिनीहरू अत्यन्तै हिंस्रक मानिसहरू थिए । तिनीहरूले लुटेका भूमिमा बसोबास गर्ने ख्रीष्‍टियानहरूले यसरी प्रार्थना गर्थे, “हे परमेश्‍वर, हामीलाई भाइकिङ्गहरूबाट बचाउनुहोस् ।” खास गरी मठाश्रमहरूजस्ता धार्मिक संस्थाहरू तिनीहरूका निसानामा पर्थे किनकि तिनमा बहुमूल्य वस्तुहरू राखिन्थे र सुरक्षाको …

Read More »

आगलागीबाट बाँच्न सफल बालक अठारौँ शताब्दीकै प्रखर वक्ता बने

घटना ९ फेब्रुअरी १७०९ को हो जुन बेला तिनी केवल ५ वर्षका थिए । रातको ११ बजिसकेको थियो । केटो बसेको घरमा आगलागी भयो । सबै केटाकेटीलाई सुरक्षितसाथ घर बाहिर निकालियो तर तिनी भने दोस्रो तलामा नै छाडिए । आगो जलेर छाना खस्नै लाग्दा केटो चिच्च्याएपछि मात्र केटो भित्रै छाडिएछ …

Read More »

ख्रीष्टियानहरूका लागि मृत्यु केवल छाया हो

१८९५ मा अमेरिकामा जन्मेका डोनाल्ड जी. बार्नहाउस प्रचारक, पास्टर, ईश्वरशास्त्रीसाथै लेखक थिए । ख्रिस्टाब्द १९२७ देखि १९६० मा आफ्नो मृत्यु नहुञ्जेलसम्म तिनले अमेरिकाको पेन्सलभेनियामा स्थापित टेन्थ प्रेसबिटेरिएन चर्चमा पास्टरीय सेवाकार्य गरेका थिए । द बाइबल स्टडी आवर नामक तिनको रेडियो कार्यक्रम आजसम्म पनि जारी छ र आज यस कार्यक्रम डाक्टर …

Read More »

सिमाबुकु गाउँमा बाइबलले उल्लेखनीय रूपान्तरण ल्यायो

१९६९ मा पूर्वअमेरिकी राष्ट्रपति रिचार्ड निक्सोन र जापानी प्रधानमन्त्री इसाकु साटो ओकिनवा क्षेत्र जापानलाई फर्काउनमा सहमत भए । जापानको यसै क्षेत्रको एउटा गाउँमा विगतमा एउटा घतलाग्दो रूपान्तरण भएको थियो जुन यस प्रकार छ । दोस्रो विश्वयुद्धमा अमेरिका र जापान एक अर्काका शत्रु थिए । दोस्रो विश्वयुद्धको अन्त्य नजिकिँदै थियो । …

Read More »

येशू शान्तिका राजकुमार हुनुहुन्छ– अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर

जिम्मी कार्टर संयुक्त राज्य अमेरिकाका उनन्चालिसौँ राष्ट्रपति हुन् जसले ख्रिस्टाब्द १९७७-१९८१ सम्म सेवा गरे । कार्टर सेन्टर नामक गैरसरकारी संस्थामा तिनले पुर्‍याएको योगदानको तारिफ गर्दै २००२ मा तिनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । विकासोन्मुख मुलुकहरूमा शान्ति सम्झौताको पहल गर्न, चुनावको अवलोकन गर्न अनि रोग रोकथामसाथै उन्मूलनलाई बढवा दिन …

Read More »

मेरो हृदयलाई चङ्गाइ गर्न परमेश्वरको शक्तिको खाँचो पर्‍यो– किम फुक

उनको नाउँ हो, किम फुक । भियतनामको ट्रङ्ग बाङ्ग नाउँ गरेको गाउँमा बस्थिन् उनी र उनको परिवार । भियतनाम युद्ध (ख्रिस्टाब्द १९५९-१९७५) को चपेटामा पर्ने बाल-बालिकाहरूमध्ये किम फुकको कथा हृदय विदारक छ । यो उनै ९ वर्षकी बच्चीको कहानी हो जो भियतनाम युद्धमा बाँच्न सफल भएकी थिइन् । ८ जुन …

Read More »

येशूको जन्मको सूचना पहिले कसलाई दिइयो— योसेफलाई वा मरियमलाई ?

मत्तीको सुसमाचारअनुसार येशूको जन्मको सूचना योसेफलाई दिइयो, “तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, ‘योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ । तिनले एउटा पुत्र जन्‍माउनेछिन्‌, र तिमीले उहाँको नाउँ …

Read More »

विमानमा आविष्कारक राइट दाजुभाइ मण्डलीका बिशपका छोराहरू थिए

दुनियाँले चिनेका दाजुभाइ हुन्, राइट दाजुभाइ । विल्बर (१८६७-१९१२) र ओर्भिल (१८७१-१९४८०) क्रमश: दाजु र भाइ थिए । अमेरिकामा जन्मेका यी दाजुभाइ इन्जिनिएरसाथै आविष्कर थिए । तिनीहरू मिल्टन राइटका छोराहरू थिए जो मण्डलीका बिशप थिए । मिल्टन राइटका सात सन्तानमध्ये यी राइट दाजुभाइले संसारलाई यस्तो अनुपम उपहार दिएर गए जसको …

Read More »

रक्षाशास्‍त्रबारे ९ ओटा तर्कसङ्गत भनाइ

ख्रीष्टियानहरूले जे विश्वास गर्छन् त्यसको लागि मजबुत साक्षी उपलब्ध गराउन र गैरविश्वासीहरूका प्रश्नसाथै अवरोधहरूका लागि असल उत्तरहरू उपलब्ध गराउनलाई ख्रीष्टियानहरूलाई तालिम दिइने हो भने तिनीहरूको पहिचान विस्तारै परिवर्तन हुनेथियो । ख्रीष्टियानहरूलाई भावनात्मक धर्मान्ध या जोकरहरूको रूपमा हेरिनुको साटो गम्भीर रूपमा विचार गरिनुपर्ने चिन्तनशील मानिसहरूको रूपमा लिइन्थ्यो । सुसमाचार मानिसहरूले अङ्गाल्नुपर्ने …

Read More »

Powered by Youth Circle