Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

के येशूले लामो प्रार्थना गर्नुहुँदैन भनेर सिकाउनुभएको हो (मत्ती ६:७) ?

येशूले भन्नुभयो, “प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ । किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌” (मत्ती ६:७) । के येशूको भनाइको मतलब हामीले लामो प्रार्थना गर्नुहुँदैन भन्ने हो ? येशूले यहाँ लामो प्रार्थना गर्नुहुँदैन भनेर सिकाउनुभएको होइन । येशू पृथ्वीमा हुनुहुँदा उहाँले पूरै रात प्रार्थनामा बिताउनुभयो, …

Read More »

बाइबलको वचनअनुसार पूरा भएका ७ ओटा भविष्यवाणी

१. यरीहोको पुनर्निर्माणमा त्यसको जग बसाल्दा पुनर्निर्माण गर्नेको जेठो छोरो मर्नेथियो (यहोशू ६:२६; १ राजा १६:३४) । २. फारसका राजा कोरेसले यहूदीहरूलाई आफ्नो भूमिमा फर्केर जान अनुमति दिनेथिए (यशैया ४४:२८-४५:१; २ इतिहास ३६:२२,२३) । ३. विश्व साम्राज्यहरू (बेबिलोन, मादी–फारस, ग्रिस र रोम) क्रमैसँग देखा पर्नेथिए (दानिएल २:३८–४०) । ४. एदोम …

Read More »

प्राचीन विश्वासलाई आधुनिक वैज्ञानिक दृष्टिकोणबाट हेर्दा

“विज्ञानको इतिहासमा देखा परेका सर्वाधिक नाटकीय खोजहरूमध्ये एउटा हो— यो विश्व महाविस्फोटमा सुरु भयो ।” यो मोडर्न फिजिक्स एन्ड एन्सन्ट फेथ नामक पुस्तकबाट साभार गरिएको अंश हो । पुस्तकका लेखक हुन्, स्टिफेन एम. बार । लेखक भौतिकशास्त्रका प्राध्यापक हुन् । ३३२ पृष्ठ लामो यो पुस्तक ख्रिस्टाब्द २०१६ मा प्रकाशित भएको …

Read More »

“कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन” (मर्कूस २:२२) भन्नुको मतलब के हो ?

मर्कूसको सुसमाचारमा येशूले भन्नुभएको छ, “अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन, नत्रता त्‍यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्‍छ, र दाखमद्य र मशक पनि नष्‍ट हुन्‍छन्‌ । तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँडामा हालिन्‍छ” (२:२२) । येशूले मशकको उपमाबाट के सिकाउन खोज्नुभएको हो ? पानी वा दाखमद्य राख्नलाई बनाइएको छालाको थैलोलाई …

Read More »

बाइबलमा उपलब्ध ७ ओटा वैज्ञानिक सत्यता

बाइबल आधुनिक समयमा लेखिएको वैज्ञानिक पाठ्यपुस्तक होइन, तर प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो । तरै पनि बाइबलले यस्ता वैज्ञानिक सत्यताहरूलाई अभिलिखित गरेको छ जसले एउटा सचेत, तार्किकसाथै बौद्धिक व्यक्तिलाई छक्क पार्छन् । आधुनिक समयमा पत्ता लगाइएका ती मनग्गे वैज्ञानिक आविष्कारहरूलाई बाइबलले हजारौँ वर्ष पहिले नै उल्लेख गरेका थिए भन्ने …

Read More »

मरियमले पुनरुत्थान हुनुभएका येशूलाई किन चिन्न सकिनन् (यूहन्ना २०:१४) ?

पुनरुत्थानपश्चात् येशू पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो (यूहन्ना २०:११-१८) । यी तिनै स्त्री थिइन् जसबाट येशूले सातवटा भूत निकाल्नुभएको थियो (लूका ८:२) । तर उनले उहाँलाई चिनिनन्, “यी कुरा भनेर तिनी पछिल्‍तिर फर्किन्‌, र तिनले येशूलाई उभिरहनुभएको देखिन्‌, तर येशू नै हुनुहुन्‍छ भनी चिनिनन्‌” (पद १४) । उनले आफूसित …

Read More »

जिस्काएकै कारण कसरी परमेश्वरका जनले सराप दिन सक्छन् (२ राजा २:२३-२४) ?

अगमवक्ता एलीशा बाटोमा गइरहँदा दर्जनौँ जवान मानिसले जिस्काएका कारण तिनले सराप दिए र बयालिस जनाले मृत्युको सजाए भोग्नुपर्‍यो, “त्‍यहाँबाट एलीशा उक्‍लेर बेथलेहेममा गए । जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट स-साना ठिटाहरू आएर तिनलाई यसो भन्‍दै जिस्‍क्‍याउन लागे, ‘ए मुडुले, माथि जाऊ । ए मुडुले, माथि जाऊ ।’ तिनले फर्केर …

Read More »

एउटा गाला चड्काउनेलाई अर्को पनि थापिदेऊ भन्नुको मतलब के हो ?

येशूले भन्नुभयो, “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत ।’ तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर । जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ” (मत्ती ५:३८-३९) । के सबै परिस्थितिमा हामीले अर्को गाला पनि थापिदिनुपर्ने हो ? होइन भने येशूको …

Read More »

येशू पुत्र हुनुहुन्छ भने उहाँलाई किन ‘पिता’ भनिएको हो (यशैया ९:६) ?

यशैया ९:६ मा अभिलिखित येशूका चारवटा नाउँमध्ये एउटा ‘अनन्तका पिता’ हो, “किनभने हाम्रा निम्‍ति एउटा बालकको जन्‍म भएको छ । हाम्रा निम्‍ति एउटा छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ ।” त्रिएकताको सिद्धान्त कट्टरवादी ख्रीष्टियान सिद्धान्त हो जसअनुसार …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle