Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

“कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन” (मर्कूस २:२२) भन्नुको मतलब के हो ?

मर्कूसको सुसमाचारमा येशूले भन्नुभएको छ, “अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्‍दैन, नत्रता त्‍यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्‍छ, र दाखमद्य र मशक पनि नष्‍ट हुन्‍छन्‌ । तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँडामा हालिन्‍छ” (२:२२) । येशूले मशकको उपमाबाट के सिकाउन खोज्नुभएको हो ? पानी वा दाखमद्य राख्नलाई बनाइएको छालाको थैलोलाई …

Read More »

बाइबलमा उपलब्ध ७ ओटा वैज्ञानिक सत्यता

बाइबल आधुनिक समयमा लेखिएको वैज्ञानिक पाठ्यपुस्तक होइन, तर प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो । तरै पनि बाइबलले यस्ता वैज्ञानिक सत्यताहरूलाई अभिलिखित गरेको छ जसले एउटा सचेत, तार्किकसाथै बौद्धिक व्यक्तिलाई छक्क पार्छन् । आधुनिक समयमा पत्ता लगाइएका ती मनग्गे वैज्ञानिक आविष्कारहरूलाई बाइबलले हजारौँ वर्ष पहिले नै उल्लेख गरेका थिए भन्ने …

Read More »

मरियमले पुनरुत्थान हुनुभएका येशूलाई किन चिन्न सकिनन् (यूहन्ना २०:१४) ?

पुनरुत्थानपश्चात् येशू पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो (यूहन्ना २०:११-१८) । यी तिनै स्त्री थिइन् जसबाट येशूले सातवटा भूत निकाल्नुभएको थियो (लूका ८:२) । तर उनले उहाँलाई चिनिनन्, “यी कुरा भनेर तिनी पछिल्‍तिर फर्किन्‌, र तिनले येशूलाई उभिरहनुभएको देखिन्‌, तर येशू नै हुनुहुन्‍छ भनी चिनिनन्‌” (पद १४) । उनले आफूसित …

Read More »

जिस्काएकै कारण कसरी परमेश्वरका जनले सराप दिन सक्छन् (२ राजा २:२३-२४) ?

अगमवक्ता एलीशा बाटोमा गइरहँदा दर्जनौँ जवान मानिसले जिस्काएका कारण तिनले सराप दिए र बयालिस जनाले मृत्युको सजाए भोग्नुपर्‍यो, “त्‍यहाँबाट एलीशा उक्‍लेर बेथलेहेममा गए । जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट स-साना ठिटाहरू आएर तिनलाई यसो भन्‍दै जिस्‍क्‍याउन लागे, ‘ए मुडुले, माथि जाऊ । ए मुडुले, माथि जाऊ ।’ तिनले फर्केर …

Read More »

एउटा गाला चड्काउनेलाई अर्को पनि थापिदेऊ भन्नुको मतलब के हो ?

येशूले भन्नुभयो, “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत ।’ तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर । जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ” (मत्ती ५:३८-३९) । के सबै परिस्थितिमा हामीले अर्को गाला पनि थापिदिनुपर्ने हो ? होइन भने येशूको …

Read More »

येशू पुत्र हुनुहुन्छ भने उहाँलाई किन ‘पिता’ भनिएको हो (यशैया ९:६) ?

यशैया ९:६ मा अभिलिखित येशूका चारवटा नाउँमध्ये एउटा ‘अनन्तका पिता’ हो, “किनभने हाम्रा निम्‍ति एउटा बालकको जन्‍म भएको छ । हाम्रा निम्‍ति एउटा छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ ।” त्रिएकताको सिद्धान्त कट्टरवादी ख्रीष्टियान सिद्धान्त हो जसअनुसार …

Read More »

के रायोको बिउ सबैभन्दा सानो बिउ हो (मत्ती १३:३१-३२) ?

“येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, ‘स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा छर्‍यो । त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ । आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड़ लाउँछन्'” (मत्ती १३:३१-३२) । के येशूले …

Read More »

किन परमेश्वरले मोशालाई मार्ने इच्छा गर्नुभयो (प्रस्थान ४:२४) ?

मोशा आफ्नी पत्नी र छोराहरूलाई लिएर मिद्यानबाट मिश्रतर्फ फर्कंदै गर्दा परमेश्वरले तिनलाई मार्न चाहनुभयो, “अनि बाटोमा वास बस्ने ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो, र तिनलाई मार्ने इच्छा गर्नुभयो” (प्रस्थान ४:२४) । किन ? बाइबलका विद्यार्थीहरू मोशाको जीवनीबारे परिचित छन् । तिनले इस्राएलीहरूलाई मिश्री दासत्वबाट छुटाएर कनान देशको सङ्घारमा पुर्‍याएका थिए । …

Read More »

के येशूको बप्तिस्माअगि बप्तिस्मा-दिने यूहन्नाले येशूलाई चिनेका थिए ?

बप्तिस्मा-दिने यूहन्नाले येशूको बारेमा भने, “म आफैले उहाँलाई चिनेको थिइनँ” (यूहन्ना १:३१) । अर्को ठाउँमा व्यक्त भाषाअनुसार पनि तिनले येशूलाई चिनेका थिएनन्, “मैले उहाँलाई चिनेको थिइनँ” (यूहन्ना १:३३) । तर येशू बप्तिस्मा-दिने यूहन्नाको हातबाट बप्तिस्मा लिन आउनुहुँदा तिनले उहाँलाई चिनेका थिए भन्ने तथ्य छर्लङ्ग हुन्छ, “तब येशू गालीलबाट यूहन्‍नाकहाँ तिनीद्वारा …

Read More »

जलिरहेको पोथ्रामा को देखा परे— स्वर्गदूत वा परमप्रभु (प्रस्थान ३:४) ?

प्रस्थान ३:२ मा लेखिएको छ, “त्‍यहाँ एउटा जलिरहेको पोथ्राको ज्‍वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे । त्‍यो पोथ्रा जलिरहेको थियो— तापनि भस्‍म हुँदैनथ्‍यो ।” यस पदअनुसार जलिरहेको पोथ्रामा देखा पर्ने व्यक्ति परमप्रभुका दूत थिए । नयाँ करारमा लूकाले पनि यही कुरो लेखेका छन्, “यही मोशा, जसलाई …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle