Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

कसरी इसहाक अब्राहामको ‘एउटै छोरो’ हुन सक्छ (उत्पत्ति २२:२) ?

परमेश्वरले अब्राहामको विश्वासको जाँच गर्न खोज्नुहुँदा उहाँले अब्राहामलाई भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँडामा त्यसलाई होमबलि गर्” (उत्पत्ति २२:२) । तर इसहाकको जन्म हुनुभन्दा धेरै वर्षअगि नै अब्राहामले हागारबाट इश्माएललाई जन्माइसकेका थिए, “अनि हागारले अब्रामको एक जना …

Read More »

येशू कति बजे क्रूसमा टाँगिनुभयो— ९ बजे वा १२ बजेपछि (यूहन्ना १९:१४) ?  

मर्कूसको सुसमाचारले स्पष्टसित बताउँछ कि येशू बिहानको ९ बजे क्रूसमा टाँगिनुभयो, “तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो” (मर्कूस १५:२५) । तर चौथो सुसमाचारअनुसार दिउँसो लगभग बाहृ बजेसम्म येशूको जाँच पडताल अझै जारी थियो, “दिउँसोको करीब बाहृ बजेको थियो । पिलातसले यहूदीहरूलाई भने, ‘हेर, तिमीहरूका राजा !’” (यूहन्ना १९:१४) …

Read More »

के उत्पत्ति १:२६ मा उल्लिखित शब्द ‘हाम्रै’ ले त्रिएकतालाई जनाउँछ ?

उत्पत्ति १:२६ मा लेखिएको छ, “फेरि परमेश्‍वरले भन्‍नुभयो, ‘मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌’ ।” यस पदमा प्रयोग गरिएको बहुवचन सर्वनाम हो— हाम्रै । यो परमेश्वरको सट्टामा प्रयोग गरिएको शब्द हो । परमेश्वर एक …

Read More »

किन येशूले मरियमलाई “मलाई नछोऊ” भन्नुभयो (यूहन्ना २०:१७) ?

प्रभु येशू पुनरुत्थान हुनुभएपछि पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो । यी तिनै स्त्री थिइन् जसबाट येशूले सातवटा भूत निकाल्नुभएको थियो (लूका ८:२) । मरियमले येशूलाई पुनरुत्थान हुनुभएका प्रभुको रूपमा पहिचान गरेपछि येशूले उनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ । तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, …

Read More »

येशूका “म हुँ” भन्ने वाणीहरू किन यूहन्नाको सुसमाचारमा मात्र पाइन्छन् ?

यूहन्नाको पुस्तकमा येशूका ७ ओटा “म हुँ” भन्ने वाणीहरू अभिलिखित छन् । म जीवनको रोटी हुँ (यूहन्ना ६:३५) । म संसारको ज्‍योति हुँ (यूहन्ना ८:१२) । म ढोका हुँ (यूहन्ना १०:९) । म असल गोठालो हुँ (यूहन्ना १०:११) । म पुनरुत्थान र जीवन हुँ (यूहन्ना ११:२५) । म बाटो, सत्य …

Read More »

के येशूले कसैलाई बप्तिस्मा दिनुभयो (यूहन्ना ३:२२) ?

यूहन्ना ३ अध्यायअनुसार येशूले बप्तिस्मा दिनुभयो, “यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्‍यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्‍तिस्‍मा दिनुभयो” (पद २२) । तर यूहन्ना ४ अध्यायबमोजिम येशूले बप्तिस्मा दिनुभएन, “यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने । (वास्‍तवमा येशू …

Read More »

ख्रीष्टियानहरूले शपथ खान मिल्छ (हिब्रू ६:१३-१४) वा मिल्दैन (मत्ती ५:३४) ?

डाँडाको उपदेशमा येशूले भन्नुभयो, “तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ” (मत्ती ५:३४) । याकूब पनि उस्तै तथ्य व्यक्त गर्छन्, “मेरा भाइ हो, सबै कुराभन्‍दा पहिले स्‍वर्गको वा पृथ्‍वीको अथवा अरू कुनै कुराको शपथ नखाओ” (याकूब ५:१२) । अर्कोतिर परमेश्वर स्वयम्‌ले शपथ खानुभयो, “परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्‍दा …

Read More »

परमेश्वरले हव्वालाई कहिले बनाउनुभयो— छैटौँ दिनमा वा त्योभन्दा पछि (उत्पत्ति २:२०-२२) ?

उत्पत्ति १ अध्यायअनुसार परमेश्वरले आदमलाई मात्र नभई हव्वालाई पनि छैटौँ दिनमा नै सृष्टि गर्नुभयो, “यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो । परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो” (पद २७) । मानव-जाति परमेश्वरद्वारा छैटौँ दिनमा सृष्टि गरिएका थिए भनी पद …

Read More »

बाबेलको धरहराअगि संसारमा कतिवटा भाषा थियो— एउटा मात्र वा धेरै (उत्पत्ति १०:५) ?

परमेश्वरले मानिसलाई सृजनुभएपछि पृथ्वीको चारैकुनामा फैलने आज्ञा दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ । समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर” (उत्पत्ति १:२८) । तर उत्पत्ति ११ अध्यायमा आइपुग्दा मानिसहरू जताततै नछरिउन् भन्ने उद्देश्यले तिनीहरूले एउटा धरहरा बनाउने कोसिस गरे जसलाई …

Read More »

मिसनरीको घर जलाउन आएका आक्रमणकारीहरू प्रार्थनाको नतिजास्वरूप भागे  

उन्नाइसौँ शताब्दीको पूर्वाद्धमा स्कटल्यान्डमा जन्मेका जोन गिब्सोन पाटोन ख्रिस्टाब्द १८५८ मा न्यु हेब्रिडेस नाउँ गरेको टापुमा मिसनरी भएर गएका थिए । हाल भानुआतु नाउँले चिनिने यो टापु प्रशान्त महासागरको दक्षिणमा पर्छ । यी टापुका मानिसहरू यति हिंसक थिए कि तिनीहरूले मान्छेलाई मारेर उसको मासु खाने गर्थे । त्यस्ता आदिवासीहरूको बिचमा …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle