Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

नासरतबारे खोजहरू पत्ता लागेसँगै बाइबलका आलोचकहरू स्तब्ध

एक जना नास्तिकवादी लेखक फ्र्याङ्क जिन्डलरले “जहाँ येशू कहिल्यै हिँड्नुभएन्” भन्ने लेखमा उल्लेख गरे कि नासरत भन्ने ठाउँ पुरानो करारमा उल्लेख गरिएको छैन । पावलले नासरतको उल्लेख गरेका छैनन् । गालीलका त्रिसठ्ठी ओटा नगरको नाउँ लिएको प्रसिद्ध प्राचीन ग्रन्थ ताल्मुडले यसको उल्लेख गरेको छैन । गालीलका अन्य पैँतालिसवटा गाउँ वा …

Read More »

गैरख्रिस्टियान स्रोतहरूबाट येशूको बारेमा पत्ता लागेका १२ ओटा सत्यता

नयाँ करारका सत्ताइसवटा पुस्तक येशूको बारेमा बताउने सर्वाधिक भरपर्दा प्राथमिक स्रोतहरू हुन् । ५,००० भन्दा बढीको सङ्ख्यामा भएका नयाँ करारका विद्यमान ग्रिक पाण्डुलिपिले नयाँ करारको ऐतिहासिक सच्चाइको पुष्टि गर्छन् । येशूको मृत्युको करिब ६५ वर्षभित्रमा नयाँ करारका सबै पुस्तक लेखिएका थिए । सत्ताइसवटामध्ये कम्तीमा पनि दसवटा पुस्तक उहाँसँगै हिँड्नेहरूले लेखे …

Read More »

ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने ७ ओटा कारण

नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रिस्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्ट व्यक्तित्व हुनुहुन्थेन । मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो । तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताब्दीभित्र पूरै रोमलाई ढाकिदियो र यो  आज हाम्रो भूमिसम्म फैलिएको छ । किन मानिसहरू यस विश्वासतर्फ …

Read More »

येशूले “यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन” (मत्ती २४:३४) भन्नुहुँदा ‘यो पुस्ता’ को अर्थ के हो ?

मत्तीको सुसमाचारमा उल्लिखित ५ ओटा उपदेशमध्ये एउटालाई जैतुने उपदेश (मत्ती २४-२५) को नाउँले चिनिन्छ । येशूले जैतुन डाँडामा बसेर शिक्षा दिनुभएकोले यसलाई जैतुने उपदेश भनिएको हो । यस प्रवचनमा येशूले अन्त्यका चिन्हहरूको बारेमा बताउनुभएको छ । मत्तीको सुसमाचारमा सविस्तार वर्णन पाइने भए तापनि मर्कूस १३ र लूका २१ अध्यायमा पनि …

Read More »

इस्लामिक धर्मशास्त्र कुरआन पढेर ख्रीष्टियान बन्ने प्रोत्साहान पाए जोसेफले

तिनको नाउँ हो, मारियो जोसेफ । तिनी हाम्रो छिमेकी मुलुक भारतमा मुसलमान परिवारमा हुर्केका थिए । तिनकी आमाले तिनी सानो छँदा नै तिनलाई परमेश्वरमा अर्पण गरेकी थिइन् । केरलामा दश वर्षसम्म दर्शनशास्त्र र ईश्वरशास्त्र पढेका जोसेफ १८ वर्ष नपुग्दै मस्जिदमा गुरु बनेका थिए । कसैले तिनलाई “येशू को हुनुहुन्छ ?” …

Read More »

येशू ख्रीष्टको विषयमा १३ ओटा मन छुने भनाइ (भाग १)

म ख्रीष्टियान भएँ किनभने मैले आफैमा एउटा आवश्यकता भेट्टाएँ जसलाई येशू ख्रीष्टमा मात्र सन्तुष्ट पार्न सकिन्थ्यो । आर. एल. मिक्स्चर येशूको जीवनी वादविवादको आँधी थियो । प्रेरितहरूभन्दा अगिका अगमवक्ताहरूले प्रेरितहरूले जस्तै वादविवादविना मुश्किलैले कुनै दिन बिताए । पावलले दिनदिनै बजारहरूमा बहस गर्थे भनी तिनले बताएका छन् । वादविवादलाई पन्छाउनु भनेको …

Read More »

अमेरिकी नोटमा लेखिएको छ— परमेश्‍वरमा नै हामी भरोसा गर्छौं

अमेरिकाको नोटमा लेखिएको छ, “In God We Trust.” यसको नेपाली अनुवाद यस्तो हुन्छ, “परमेश्‍वरमा नै हामी भरोसा गर्छौं ।” यो अमेरिकाको औपचारिक नारा पनि हो । अमेरिकाले १९५६ देखि यस नारालाई अप्नाएको थियो । अमेरिकी गृहयुद्धको बेलामा रचना गरिएको यो नारा १८६४ मा पहिलो पटक अमेरिकी सिक्‍कामा देखा परेको थियो …

Read More »

बाइबलीय राजाको उल्लेख गर्ने २,८०० वर्ष पुरानो स्मारक पाइयो

ख्रिस्टाब्द १८४६ मा पुरातत्त्वविद् अस्टिन हेन्‍री लेयार्डले एउटा स्मारक फेला पारे जसलाई शलमनेशर तृतीय अश्वेत स्मारक नाउँ दिइएको छ । यस स्तम्भलाई ८२५ ख्रिस्टपूर्वमा तयार पारिएको थियो । यसको अर्थ हुन्छ कि यो आजभन्दा झन्डै २,८०० वर्ष पुरानो ऐतिहासिकसाथै पुरातात्त्विक महत्त्व बोकेको खोज हो । सार्वजनिक स्तम्भको रूपमा खडा गरिएको …

Read More »

बाइबल परमेश्वरको प्रेमको प्रकाश हो— नासाका वैज्ञानिक ब्राउन

मण्डली र बाइबलसित सम्बन्धित कुराहरूप्रति चासो नदेखाउने एक जना व्यक्ति ख्रिस्टाब्द १९४६ मा अरुचिपूर्वक अमेरिकाको टेक्सासस्थित एउटा मण्डलीमा गए । परिणामत: तिनले अपेक्षा नगरेका सम्पत्ति अर्थात् अनन्त जीवन पाए जसको बारेमा तिनी आफैले भनेका छन्: “एक दिन फोर्ट ब्लिसमा एक जना छिमेकीले मलाई उहाँसँगै मण्डली जान अनुरोध गरे । मैले …

Read More »

परमेश्वरको वचनका ७ ओटा प्रतीक

परमेश्वरको वचन केजस्तो छ ? बाइबलमा उहाँको वचनलाई विभिन्न वस्तुहरूसित तुलना गरिएको छ । ती हरेक प्रतीकले उहाँको वचनको प्रकृति र शक्तिलाई व्यक्त गर्छन् । हामी यहाँ त्यस्ता ७ ओटा प्रतीकलाई ध्यान दिने छौँ । १. उहाँको वचन आगोजस्तो छ (यर्मिया २३:२९)    यर्मिया २३:२९ मा परमप्रभु प्रश्न गर्नुहुन्छ, “के …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle