Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

विज्ञानले सुप्रसिद्ध नास्तिक वैज्ञानिक स्यान्डेजलाई ख्रीष्टियानमा रूपान्तरण गर्‍यो

विज्ञान र धर्मको विषयसित सम्बन्धित सम्मेलनमा छलफल विश्वको उत्पत्तिमा केन्द्रित हुनेथियो । वैज्ञानिकहरू दुई भागमा विभाजित हुनुपर्थ्यो— परमेश्वरमाथि विश्वास गर्ने र परमेश्वरमाथि विश्वास नगर्ने । मञ्चमा वैज्ञानिकहरूको भिड लागेको थियो । वैज्ञानिकहरूको त्यस सम्मेलनमा अलान आर. स्यान्डेजले पनि भाग लिएका थिए । स्यान्डेज बिसौँ शताब्दीका अमेरिकाका अत्यधिक प्रभावशाली खगोलविद् थिए …

Read More »

“परमेश्वरमाथि विश्वास नगर्नु मेरो लागि असम्भव हुन्छ”— नासाका अन्तरिक्षयात्री जोन ग्लेन

ख्रिस्टाब्द १९२१ मा अमेरिकामा जन्मेका जोन ग्लेन वायुयान चालक, इन्जिनिएर, राजनीतिज्ञसाथै अन्तरिक्षयात्री थिए । पृथ्वीलाई फन्को मार्ने प्रथम अमेरिकी बनी तिनले इतिहास रचे । १९६२ मा तिनले यस ग्रहलाई तीन चोटि घुमेका थिए । यति मात्र नभई तिनी अन्तरिक्षमा जाने पाँचौँ व्यक्ति र तेस्रा अमेरिकी हुन् । १९९८ मा ७७ …

Read More »

विश्व हल्लाएका नास्तिक फ्लुले ८१ वर्षको दीर्घायुमा परमेश्वरमाथि विश्वास गरे

ख्रिस्टाब्द १९२३ मा इङ्गल्यान्डको राजधानी लन्डनमा जन्मेका एन्टोनी फ्लु पास्टरसाथै ईश्वरशास्त्रीका छोरा थिए । ख्रीष्टियान परिवारमा जन्मेका भए तापनि तिनी १५ वर्षकै किशोरावस्थामा नास्तिक बन्न पुगे । तिनी सुप्रसिद्ध नास्तिक बनेर निस्के । विश्वप्रसिद्ध नास्तिकसाथै दार्शनिक फ्लुले अक्सफोर्ड, योर्क, अबर्डिनजस्ता विश्वका नामी विश्वविद्यालयहरूमा पढाए । रिचार्ड डाउकिन्स, क्रिस्टोफर हिचेन्स र …

Read More »

परमेश्वर र बाइबलविना राज्यलाई सही प्रकारले शासन गर्न असम्भव छ— जर्ज वासिङ्गटन

अमेरिकी क्रान्तिको समयमा एक जना व्यक्ति सामान्य कपडा लगाएर घोडाबाट सवार भएर जाँदै गर्दा केही सिपाहीहरूकहाँ पुग्यो । तिनीहरूले कुनै छेकबार मर्मत गर्दै थिए । तिनीहरूका अगुवाले चिच्च्याई-चिच्च्याई ती सिपाहीहरूलाई निर्देशन दिँदै थिए यद्यपि तिनी आफैले भने कुनै सहायता गर्ने प्रयास गरिरहेका थिएनन् । ती अगुवालाई किन कुनै सहयोग नगरेको …

Read More »

ख्रीष्टियानको अध्ययनको लागि परमेश्वरले गैरख्रिस्टियानद्वारा रकम जुटाइदिनुभयो

दर्शनशास्त्रमा विद्यावारिधि गर्ने पतिको उत्कट चाहना थियो । बेलुका खाना खाने बेलामा पत्नीको प्रश्नको जवाफमा पतिचाहिँले भने, “म इङ्गल्यान्ड गएर जोन हिकको अधीनमा विद्यावारिधि गर्न चाहन्छु ।” “को हुन् तिनी ?,” पत्नीले सोधिन् । “तिनी प्रसिद्ध ब्रिटिस दार्शनिक हुन् जसले परमेश्वरको अस्तित्वको पक्षमा पेस गरिने तर्कहरूको बारेमा बृहत् मात्रामा लेखेका …

Read More »

विश्व प्रसिद्ध उपन्यासकार टाल्सटाय येशूको शिक्षाबाट अत्यन्तै प्रभावित थिए

लिओ टाल्सटाय विश्व साहित्यमा एक ओजस्वी नाउँ हो । रुसी उपन्यासकार टाल्सटायलाई एक महान्‌तम स्रष्टाको रूपमा आदर गरिन्छ । वार एन्ड पिस र अन्ना करेनिना नामक दुईवटा शक्तिशाली उपन्यासका लागि तिनी सुविख्यात छन् । तिनका कृतिहरूले तिनको जीवन कालमा मात्र नभएर अनुगामी इतिहासमा पनि विचारणीय प्रभाव पारेका छन् । ख्रिस्टाब्द …

Read More »

परिचित डाक्टरले स्वीकार गरे, “म पापी हुँ र येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ”

जेम्स सिम्पसोनले १८ वर्षको उमेरमा आफ्नो अन्तिम परीक्षा सके । तर निकै जवान भएकाले मेडिकल अभ्यासको लागि लाइसेन्स हात पार्न तिनले दुई वर्ष पर्खनु परेको थियो । २८ वर्षकै उमेरमा तिनी एडिनवर्ग विश्वविद्यालयको मेडिकल शाखाको प्रमुखमा नियुक्त गरिए । ख्रिस्टाब्द १८११ मा स्कटल्यान्डमा जन्मेका सिम्पसोनलाई चिकित्सा इतिहासमा एक महत्त्वपूर्ण प्रतिभाको …

Read More »

भाइकिङ्गहरूको रूपान्तरण ख्रीष्‍टको सुसमाचारीय शक्‍तिको एउटा सर्वोत्तम नमुना हो

आठौँ शताब्दीदेखि एघारौँ शताब्दीसम्म उत्तरी युरोपमा बसोबास गर्ने भाइकिङ्गहरू लुटमारको लागि कहलिएका थिए । यिनीहरू अत्यन्तै हिंस्रक मानिसहरू थिए । तिनीहरूले लुटेका भूमिमा बसोबास गर्ने ख्रीष्‍टियानहरूले यसरी प्रार्थना गर्थे, “हे परमेश्‍वर, हामीलाई भाइकिङ्गहरूबाट बचाउनुहोस् ।” खास गरी मठाश्रमहरूजस्ता धार्मिक संस्थाहरू तिनीहरूका निसानामा पर्थे किनकि तिनमा बहुमूल्य वस्तुहरू राखिन्थे र सुरक्षाको …

Read More »

आगलागीबाट बाँच्न सफल बालक अठारौँ शताब्दीकै प्रखर वक्ता बने

घटना ९ फेब्रुअरी १७०९ को हो जुन बेला तिनी केवल ५ वर्षका थिए । रातको ११ बजिसकेको थियो । केटो बसेको घरमा आगलागी भयो । सबै केटाकेटीलाई सुरक्षितसाथ घर बाहिर निकालियो तर तिनी भने दोस्रो तलामा नै छाडिए । आगो जलेर छाना खस्नै लाग्दा केटो चिच्च्याएपछि मात्र केटो भित्रै छाडिएछ …

Read More »

ख्रीष्टियानहरूका लागि मृत्यु केवल छाया हो

१८९५ मा अमेरिकामा जन्मेका डोनाल्ड जी. बार्नहाउस प्रचारक, पास्टर, ईश्वरशास्त्रीसाथै लेखक थिए । ख्रिस्टाब्द १९२७ देखि १९६० मा आफ्नो मृत्यु नहुञ्जेलसम्म तिनले अमेरिकाको पेन्सलभेनियामा स्थापित टेन्थ प्रेसबिटेरिएन चर्चमा पास्टरीय सेवाकार्य गरेका थिए । द बाइबल स्टडी आवर नामक तिनको रेडियो कार्यक्रम आजसम्म पनि जारी छ र आज यस कार्यक्रम डाक्टर …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle