Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

सुसमाचारले प्रवेश पाएसँगै मानव बलिमा रोक

२७ जुलाई २०१५ मा सीएनएनले नेपालको कुरीतिबारे एउटा खबर प्रकाशित गर्‍यो जसअनुसार नवलपरासी जिल्लाको कुदिया गाविसमा जीवन कोहार नाउँ गरेका १० वर्षीय बालकलाई बलि दिइएको थियो । बालकलाई मन्दिरमा लगिएपछि धार्मिक रीति सम्पन्न गरियो अनि नजिकै लगेर घाँटी रेटियो । यस नरबलिका गुरुयोजनाकार कोदाई हरिजनका १८ वर्षे छोरो अस्वस्थ थिए …

Read More »

धर्मको नाउँमा हुने देवदासी प्रथाको उन्मूलनमा मिसनरीको योगदान

६ मार्च १९०१ को मिति थियो । “कृपा गरी, मलाई मदत गरिदिनुहोस् । कृपा गरी, मलाई नफर्काउनुहोस्,” ७ वर्षकी प्रेरणा नाउँकी बालिका एमी कारमाइकलको काखमा लम्कँदै गर्दा चिच्च्याइन् । आफ्ना अभिभावकहरू सुतिरहेका बेलामा मध्य रातमा प्रेरणा भर्खरै हिन्दु मन्दिरबाट भागेर आएकी थिइन् । कसैले थाहा नपाउने गरी खुल्लै राखिएको ढोकाबाट …

Read More »

दासप्रथाको उन्मूलनमा ख्रीष्टका अनुयायीहरूको भूमिका

ख्रिस्टाब्द १७८९ मा विलियम विल्बरफोर्सले इङ्गल्यान्डको संसद भवनमा दासप्रथाको विरुद्धमा तीन घण्टा लामो भाषण गरे । दासप्रथा अन्याय र मानवीय प्रतिष्ठाको विरुद्धमा थियो भनी तिनले तर्क गरे । त्यसको दुई वर्षपछि तिनले दासप्रथाको विरुद्धमा अर्को विधेयक पेस गरे । प्रधानमन्त्रीको समर्थन भए तापनि विधेयक पारित भएन । १७८९-१८०६ सम्म हरेक …

Read More »

के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग ३)

सञ्चार र भूगोलको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो भनी अगिल्ला दुईवटा पाठमा हामीले हेरिसक्यौँ । आज हामी तेस्रो दृष्टिकोणमाथि मनन गर्ने छौँ । ३. अमन-चैनको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको थियो मानव इतिहास युद्धले भरिएको छ । आजभन्दा ५ हजार वर्षअगि देखि नै विभिन्न जाति तथा समुदायमहरू …

Read More »

के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग २)

झन्डै दुई हजार वर्षअगि मानवीय चोलामा येशूको आगमन विविध दृष्टिकोणबाट ठिक समयमा भएको थियो । गएको लेखमा तपाईंले सञ्चारको दृष्टिकोणबाट यस ग्रहमा उहाँको प्रवेश ठिक समयमा भएको थियो भनी पढ्नुभयो भने यहाँ हामी भौगोलिक दृष्टिकोणबाट ठिक समयमा थियो भनी हेर्ने छौँ । २. भूगोलको दृष्टिकोणबाट येशूको आगमन ठिक समयमा भएको …

Read More »

के दुई हजार वर्षअगि येशूको आगमन ठिक समयमा थियो ? (भाग १)

पावलद्वारा गलातीहरूलाई लिखित पत्रअनुसार येशू समयको पूर्णतामा जन्मनुभयो, “तर समयको पूर्णतामा परमेश्‍वरले आफ्‍ना पुत्रलाई पठाउनुभयो । उहाँ एउटी स्‍त्रीबाट जन्‍मनुभयो, तथा व्‍यवस्‍थाको अधीनमा जन्‍मनुभयो” (गलाती ४:४) । अर्को पत्रमा व्यक्त उही लेखकको भनाइअनुसार येशू ठिक समयमा मर्नुभयो, “किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो” (रोमी ५:६) …

Read More »

एक मात्र परमेश्वरमाथिको विश्वासले ल्याएका रूपान्तरणहरू

संसारका ५५% भन्दा बेसी जनसङ्ख्या एकेश्वरवादी छन् । एक मात्र ईश्वरको अस्तित्वमाथिको विश्वासलाई एकेश्वरवाद भनिन्छ । ख्रिस्टियमत, इस्लाम र यहूदी संसारका तीनवटा मुख्य धर्म हुन् जुन एकेश्वरवादी हुन् । एकेश्वरवादलाई इतिहासकै एकल सर्वाधिक खोज भन्दा फरक नपर्ला । यहूदीहरू बहुईश्वरवादी भएका भए तिनीहरू बेबिलोनीहरूजस्तै गाएब भएर जान्थे कि ? ख्रीष्टियानहरूले …

Read More »

बाइबलका १०० ओटा पद जसले अमेरिका निर्माण गरे

जर्ज वासिङ्टन अमेरिकाका प्रथम राष्ट्रपति हुन् जसले ३० अप्रिल १७८९ मा बाइबलमा हात राखी शपथ खाएका थिए । यस पवित्र ग्रन्थलाई मुलुककै मूल्यवान् सम्पत्तिको रूपमा सुरक्षितसाथ राखिएको छ । जिम्मी कार्टर, जर्ज एच. डब्लु. बुसजस्ता पछिल्ला राष्ट्रपतिहरूले पनि यसलाई शपथको लागि प्रयोग गरे । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी …

Read More »

अमेरिका— ख्रीष्टियान जगमा निर्मित मुलुक

पुस्तकको नाउँ Did America Have a Christian Founding?: Separating Modern Myth from Historical Truth हो । लेखक हुन्, मार्क डेभिड हल । तिनी राजनीतिशास्त्रका प्राध्यापकसाथै लेखक हुन् । अमेरिकी जीवनमा धर्म र राजनीतिबारे तिनले मनग्गे कृतिहरू लेखेका छन् । यो २०१९ मा प्रकाशित कृति हो । पुस्तक पठन यात्रामा यो …

Read More »

पाश्चात्य सभ्यता— जसलाई ख्रीष्टियान शिक्षाले स्थापित गरेको थियो

“विज्ञानको उदयको लागि ख्रिस्टियमत अपरिहार्य थियो । त्यसकारण विज्ञान विशुद्ध रूपमा पाश्चात्य चमत्कार थियो ।” यो How the West Won: The Neglected Story of the Triumph of Modernity नामक पुस्तकबाट साभार गरिएको अंश हो । यस भनाइबाट विज्ञानको उदयमा ख्रीष्टियान शिक्षाको भूमिका छर्लङ्ग हुन्छ । तर्कसङ्गत परमेश्वर अस्तित्वमा हुनुहुन्छ जसले …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle