Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

पात्रोमाथि येशूको प्रभाव

२०५८ असार ११ गते मैले नागरिकता लिएँ । मेरो नागरिकतामा जन्म मिति विक्रम संवत्‌ पद्धतिमा मात्र उल्लेख गरिएको छ, ग्रेगोरी पात्रोको प्रणालीअनुसार छैन । त्यसको ८ वर्षपछि मेरी पत्नी जानकीले नागरिकता लिइन् । उनको नागरिकतामा उनको जन्म मिति नेपाली पात्रोअनुसार मात्र नभएर ग्रेगोरी पात्रोअनुसार पनि उल्लेख गरिएको छ जसअनुसार उनी …

Read More »

येशू नजन्मनुभएको भए के हुनेथियो ?

मानव-जातिलाई प्रशस्तताको जीवन दिनु येशूको आगमनको एउटा उद्देश्य थियो । उहाँले भन्नुभयो, “म त तिनीहरूले जीवन पाऊन्‌, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ” (यूहन्ना १०:१०) । मैले हालै पढेर सिद्ध्याएको पुस्तकमा येशू नआउनुभएको भए के हुनेथियो भनी चिरफार गरिएको छ । पुस्तकको नाउँ Unimaginable: What Our World Would …

Read More »

४ ओटा वैज्ञानिक खोज जसले हामीलाई उत्पत्ति १:१ मा डोर्‍याउँछन्

विज्ञानको एउटा शाखालाई विश्व-उत्पत्तिशास्त्र (अर्थात् कस्मोलोजी) भनिन्छ । यसमा विश्वको उत्पत्ति, विकास र अन्त्यको अध्ययन गरिन्छ । अन्तरिक्ष, समय, शक्ति, पदार्थसाथै ग्रह, तारा अनि तारापुञ्जहरूको समष्टिलाई विश्व (वा युनिभर्स) भनिन्छ । बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले तपाईं र मलाई उत्पत्ति १:१ मा डोर्‍याउँदै छन् जहाँ लेखिएको छ, “आदिमा परमेश्‍वरले आकाश र …

Read More »

पवित्र आत्माबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. पवित्र आत्मा त्रिएकताको तेस्रो व्यक्ति हुनुहुन्छ त्रिएक परमेश्वरमा पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ । पिता र पुत्रजस्तै पवित्र आत्मा पनि परमेश्वर हुनुहुन्छ । पत्रुसले भने, “ए हननिया, पवित्र आत्‍मासँग झूट बोल्‍ने र जमिनको बिक्रीको मोलबाट केही हिस्‍सा आफूसँग राख्‍ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो ? … तिमीले …

Read More »

संसार रूपान्तरणमा ख्रीष्टियान शिक्षाको योगदान

मैले आज मात्र पढेर सकेको पुस्तकको नाउँ How Christianity Transformed the World हो अर्थात् कसरी ख्रिस्टियमतले संसार रूपान्तरण गर्‍यो । पुस्तक पठन यात्रामा यो मेरो ११८ औँ पुस्तक हो । १४९ पृष्ठको यस कृतिलाई पढी सिद्ध्याउन मलाई ४ दिन (जुन ६-९) मा ६ घण्टा लाग्यो । पुस्तकका रचनाकार हुन्, सारोन …

Read More »

उत्तर कोरियाबाट भाग्न सफल अनाथ ख्रीष्टियानहरूको पहलमा अमेरिका पुगे

ख्रिस्टाब्द १९९४ मा उत्तर कोरियामा अनिकाल पर्दा जोसेफ किम ४ वर्षका थिए । अनुगामी वर्षहरूमा भोकमरीले १० लाखभन्दा बेसीको ज्यान लिएर गयो जसमध्ये एक जना थिए, जोसेफका पिता । पैसा कमाएर घरमा पठाउने उद्देश्यले आमा चीनमा भाग्न सफल भइन् तर छोरोले उनलाई फेरि कहिल्यै देख्न पाएनन् । १२ वर्ष पुग्दा …

Read More »

विलेम्स— जसले आफैलाई पक्रन आउनेको जीवन बचाए

आफ्नो नियमित पुस्तक पठनमा हिजो मैले How Christianity Transformed the World  नामक पुस्तकमा डर्क विलेम्सको बारेमा पढेँ । साढे चार सय वर्षअगि तिनले अर्को मानवप्रति जुन त्याग गरे, त्यो अवर्णनीय छ । तिनको कथाले कसको मन नछोला र ? डर्क विलेम्सको जन्म पश्चिम युरोपेली मुलुक नेदरल्यान्डमा भएको थियो । तिनले …

Read More »

बिहानको तारा को हो— शैतान (यशैया १४:१२) वा येशू (प्रकाश २२:१६) ?

यशैयाको पुस्तकमा लेखिएको छ, “ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌” (१४:१२) । सन्दर्भलाई विश्लेषण गर्दा यस खण्डले शैतान र त्यसको पतको विषयमा उल्लेख गर्दै छ भनी परम्परागत रूपमा अर्थ खोलिएको छ । त्यसो हो भने यहाँ शैतानलाई “बिहानको …

Read More »

गोली बाइबलमा लाग्यो तर सिपाहीको ज्यान बच्यो

४ वर्षसम्म लम्बिएको (१९१४-१९१८) पहिलो विश्वयुद्धमा २ करोडभन्दा बेसी मानिस मारिएको थियो भनी अनुमान गरिएको छ । तर यही विश्वयुद्धमा एक जना १७ वर्षे सिपाहीलाई बाइबलले अचम्म किसिमले बचाएको थियो । ती सिपाहीको नाउँ थियो, लिओनार्द नाइट । विश्वयुद्ध जारी रहँदा जर्मन सिपाहीद्वारा तिनीमाथि गोली प्रहार गरियो । तर तिनले …

Read More »

बाइबलको ईश्वरीय प्रेरणाको प्रमाण

“परमेश्वर कहिल्यै नमेटिने कलमले लेख्नुहुन्छ, कहिल्यै नचिप्लिने जिब्रोले बोल्नुहुन्छ र कहिल्यै नचुक्ने हातले काम गर्नुहुन्छ ।” प्रचारकहरूका राजकुमार भनेर चिनिने सी. एच. स्पर्जिनको भनाइलाई Has God Spoken? Proof of the Bible’s Divine Inspiration (के परमेश्वर बोल्नुभएको छ ? बाइबलको ईश्वरीय प्रेरणाको प्रमाण) मा उद्धृत गरिएको छ ।  यो पुस्तकमा बाइबलका …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle