Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

बाइबल: जसले तपाईंको संसार निर्माण गर्‍यो

“बाइबलले आधुनिक विज्ञान र सिकाइको आधुनिक संसार सृजना गर्‍यो किनकि वास्तविकता के हो भनी यसले हामीलाई सृष्टिकर्ताको दर्शन प्रदान गर्‍यो । यसले नै आधुनिक पाश्चात्य जगत्‌लाई पढ्ने र सोच्ने सभ्यता बनायो ।” यो विशाल मंगलवाडीद्वारा लिखित The Book that Made Your World: How the Bible Created the Soul of Western …

Read More »

मान्छेको सिकार गर्ने नागाहरू येशूको सुसमाचारद्वारा रूपान्तरित भए

दक्षिण एसियाली मुलुक भारतको उत्तर-पूर्वमा अवस्थित आठवटामध्ये एउटा राज्यको नाउँ हो, नागाल्यान्ड । यसको पूर्वमा म्यान्मा, पश्चिममा आसाम, उत्तरमा अरुणाञ्चल प्रदेश र दक्षिणमा मनिपुर पर्छ । नागाल्यान्डको राजधानी कोहिमा हो भने सबैभन्दा ठुलो सहर दिमापुर हो । १६,५७९ वर्ग किलोमिटरमा फैलिएको यो राज्य भारतका २८ ओटा राज्यमध्ये भुगोलको हिसाबले २५ …

Read More »

फिजी: बाइबलले सुधारेको देश

तिनको नाउँ हो, सेरु काकोबु । तिनी मुखियासाथै सैनिक नेता थिए । करिब ख्रिस्टाब्द १८१५ मा तिनको जन्म फिजीमा भएको थियो । फिजी प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देश हो । यो एउटा यस्तो देश थियो जहाँ मान्छेको मासु खाने आदिवासीहरू बस्दथे जो निकै हिंसक थिए । काकोबु पनि …

Read More »

चाहेको धर्म मान्न पाउनु हरेक मान्छेको जन्मजात अधिकार हो

पृथ्वीमा हुनुहुँदा येशूले भन्नुभएको थियो, “तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ” (यूहन्ना ८:३२) । मान्छेलाई स्वतन्त्र तुल्याउने तत्त्व हो, सत्यता । मैले हालै पढेर सकेको पुस्तक यही विषयवस्तुसित सम्बन्धित छ । Christianity and Freedom: Volume 1, Historical Perspectives (Law and Christianity) पुस्तकको नाउँ हो …

Read More »

कोपा अमेरिका जितेपछि मेस्सीले लेखे, “परमेश्वरलाई धन्यवाद होस्”

लियो मेस्सी भनेर पनि चिनिने तिनको पूरा नाउँ लियोनेल अन्द्रेस मेस्सी हो । अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान तिनको जन्म २४ जुन १९८७ मा अर्जेन्टिनामा भएको थियो । अक्सर तिनलाई संसारकै सर्वोत्कृष्ट खेलाडीको रूपमा आदर गरिन्छ । धेरैले तिनलाई इतिहासकै सर्वोत्कृष्ट खेलाडी पनि मान्छन् । मेस्सी इतिहासका रचयिता हुन् । ४७४ …

Read More »

सती प्रथाको उन्मूलनमा ख्रीष्टियान मिसनरीहरूको भूमिका

यो ख्रिस्टाब्द १७९९ सालको घटना हो । एक साँझ कलकत्ताबाट फर्कंदै गर्दा विलियम केरीले नदीको तटमा धेरै मानिस जम्मा भएका देखे । तिनीहरू केका लागि भेला भएका थिए भनी सोध्दा मरेको मानिस जलाउन भन्ने जवाफ पाए तिनले । तर त्यहाँ तिनीहरूले मृत पुरुषकी जिउँदी पत्नीलाई पनि जलाउन लाग्दै थिए भन्ने …

Read More »

येशूका चेला फिलिपको चिहान पत्ता लाग्यो

बाइबलमा चार जना बेग्लाबेग्लै व्यक्तिको नाउँ फिलिप छ । (१) हेरोद महान्‌को छोरो जो इतुरिया र त्राखोनितिसका शासक थिए (लूका ३:१) । (२) हेरोद महान्‌को अर्को छोराको नाउँ पनि फिलिप नै थियो र तिनी हेरोदियासका पति थिए (मत्ती १४:३) । (३) सात जना डिकनमध्ये एक (प्रेरित ६:५) । (४) येशूका …

Read More »

परमेश्वरको अस्तित्वको लागि २७ ओटा वैज्ञानिक भनाइ (भाग ३)

वास्तविक नास्तिक वैज्ञानिक हुन सक्छ भन्ने कुरो मेरो लागि अकल्पनीय छ । रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता तब मेरो विश्लेषणमा धर्म र विज्ञान दुई महान् दिदीका शक्तिहरू हुन् जसले मानव-जातिलाई तल र माथि तानेका छन् र तान्दै छन् । रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता …

Read More »

परमेश्वरको अस्तित्वको लागि १९ ओटा वैज्ञानिक भनाइ (भाग २)

विश्व ईश्वरीय सृष्टि भएकोले विज्ञान सम्भव छ । जोन पोल्किङ्गहर्न, भौतिकशास्त्रीसाथै ईश्वरशास्त्री मेरो विज्ञानको महत्त्व र आनन्द कुनै नयाँ कुरो पत्ता लगाउँदाका ती विरलै क्षणहरूमा आउँछ जुन बेला म आफैलाई भन्छु, ‘यसरी नै परमेश्वरले गर्नुभएको थियो ।’ मेरो लक्ष्य परमेश्वरको योजनाको सानो कुना बुझ्नु हो । हेन्‍री स्काफर, रसायनशास्त्रीसाथै प्राध्यापक …

Read More »

परमेश्वरको अस्तित्वको लागि २१ ओटा वैज्ञानिक भनाइ (भाग १)

वैज्ञानिक खोज धार्मिक खोज पनि हो । विज्ञान र धर्मको बिचमा कुनै द्वन्द्व छैन । संसारको बारेमा हामीले पत्ता लगाउने हरेक खोजद्वारा परमेश्वरबारे हाम्रो ज्ञान झनै बृहत् हुन्छ । जोसेफ एच. टेलर जुनिएर, नोबेल पुरस्कार विजेतासाथै खगोल-भौतिकशास्त्री म जति धेरै विज्ञानको बारेमा अध्ययन गर्दछु, त्यति नै धेरै परमेश्वरमाथि विश्वास गर्दछु …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle