Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

पहिलो गुड फ्राइडेमा पूरा भएका ७ ओटा भविष्यवाणी

येशूको मृत्युको सम्झना गरी मनाइने उत्सव नै गुड फ्राइडे हो । यो इस्टर सन्डेअगिको शुक्रबार हो । बाइबलको पुरानो करारमा सैयौँ वर्ष पहिले नै येशूको मृत्यु वरिपरिको दृश्यबारे दर्जनौँ भविष्यवाणी गरिएका थिए । यस आलेखमा हामी पहिलो गुड फ्राइडेको दिनमा पूरा भएका ७ ओटा भविष्यवाणीलाई सरसरती हेर्ने छौँ । १. …

Read More »

क्रूसबाट येशूले भन्नुभएका ७ ओटा वाणी

येशू क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्नो मुखबाट ७  ओटा वाणी बोल्नुभएको थियो जुन अत्यधिक महत्त्वपूर्ण छन् । उहाँका तीनवटा वाणी (१, २ र ७) लूकाको सुसमाचारमा मात्र पाइन्छन् भने अर्का तीनवटा वाणी यूहन्नाको सुसमाचारमा मात्र पाइन्छन् (३, ५ र ६) । एउटाचाहिँ (४) मत्ती (२७:४६) र मर्कूस (१५:३४) दुवैमा पाइन्छ । …

Read More »

पहिलो गुड फ्राइडेमा घटेका ७ ओटा घटना

चारवटै सुसमाचारले येशूको क्रूसारोहण वरिपरिको दृश्यलाई महत्त्वकासाथ अभिलिखित गरेका छन् । येशूको मृत्युलाई सम्झेर गुड फ्राइडे मनाइन्छ । हामी यहाँ पहिलो गुड फ्राइडेमा भएका ७ ओटा घटनालाई सङ्क्षिप्त रूपमा केलाउनेछौँ । ती घटनाहरू यहाँ क्रमैसँग राखिएका छन् । १. येशू गेतसमनीको बगैँचामा गिरफ्तार हुनुभयो (मत्ती २६:३६–५६) । येशू आफ्ना चेलाहरूसँगै …

Read More »

गुड फ्राइडेबारे तपाईंले जान्नुपर्ने ७ ओटा सत्यता

१. येशूको मृत्युको सम्झनामा वर्षको एक पटक मनाइने उत्सवलाई नै गुड फ्राइडे भनिन्छ । येशू निर्दोष र पापरहित हुनुभए तापनि उहाँ आजभन्दा लगभग दुई हजार वर्षअगि मानव–जातिको पापको लागि क्रूसमा टाँगिनुभएको थियो । गुड फ्राइडे अङ्ग्रेजी Good Friday को लिप्यन्तरण हो । गुड फ्राइडेलाई अङ्ग्रेजीमा होली फ्राइडे वा ग्रेट फ्राइडे …

Read More »

४ वर्षकी बालिकाद्वारा डाक्टरहरूका लागि उत्साहपूर्ण प्रार्थना

फिलिपिन्स दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक हो । प्रशान्त महासागरको पश्चिममा पर्ने यो मुलुक झन्डै ७,६४१ ओटा टापु मिलेर बनेको छ । ३ लाख वर्ग किलोमिटरमा फैलिएको यस मुलुकमा ख्रिस्टाब्द २०१५ को जनगणनाअनुसार १० करोड जनसङ्ख्या बसोबास गर्छन् ।[i] यहाँ कम्तीमा ९२% मानिस ख्रीष्टियान छन् ।[ii] दुनियाँलाई प्रभावित तुल्याएको कोरोना भाइरस …

Read More »

६ वर्षे बालकद्वारा कोरोनामाथि जित, आमाले भनिन्, “परमेश्वरलाई धन्यवाद”

टेनेस्सी अमेरिकाको दक्षिण-पूर्वमा अवस्थित राज्यको नाउँ हो । ख्रिस्टाब्द २०१९ को अनुमानअनुसार यहाँ ६८ लाख जनसङ्ख्या बसोबास गर्छन् ।[i] भूगोलको हिसाबले छत्तिसौँ ठुलो यस राज्यमा ८१% ख्रीष्टियान छन् ।[ii] कोरोना सङ्क्रमितहरूको हिसाबले टेनेस्सी अठारौँ स्थानमा रहेको छ । हालसम्म यहाँ ३,८०२ जना सङ्क्रमित भएका छन् भने ६५ जनाको निधन भइसकेको …

Read More »

कोरोना प्रभाव: २१% गैरख्रिस्टियानले बाइबल पढ्न सुरु गरे

९८ लाख वर्ग किलोमिटरमा फैलिएको अमेरिका (युएसए) संसारको चौथो ठुलो मुलक हो ।[i] २०१९ को अनुमानअनुसार यहाँको जनसङ्ख्या ३२ करोड रहेको छ ।[ii] यहाँका ६५% मानिस ख्रीष्टियान छन् ।[iii] कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरूको सूचीमा अहिले अमेरिका पहिलो नम्बर छ ।[iv] हालसम्म १२,७३,७९२ जना सङ्क्रमितहरूमध्ये अमेरिकामा ३,३६,८३० जना रहेको छ । …

Read More »

कोरोनाविरुद्ध लड्न ब्राजिलद्वारा राष्ट्रिय प्रार्थना तथा उपवास दिनको घोषणा

लेखकसाथै पास्टर डेभिड जेरेमियाले प्रार्थनाको शक्तिबारे शानदार ढङ्गमा व्यक्त गरेका छन्, “प्रार्थना एउटा यस्तो मार्ग हो जसद्वारा तपाईं/ले शैतानलाई पराजित गर्नुहुन्छ; हराएकाहरूकहाँ पुग्नुहुन्छ; विश्वास त्याग गरेकोलाई पुनस्थापित गर्नुहुन्छ; सन्तहरूलाई मजबुत पार्नुहुन्छ; मिसनरीहरूलाई बाहिर पठाउनुहुन्छ; बिरामीलाई निको पार्नुहुन्छ; असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ ।”[i] ब्राजिल दक्षिण अमेरिकामा मात्र …

Read More »

येशू मेरा चङ्गाइकर्ता पनि हुनुहुन्छ— कोरोनामाथि विजय प्राप्त पास्टर

युनाइटेड किङ्गडमलाई युके वा ब्रिटेन पनि भनिन्छ । इङ्गल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आएरल्यान्ड मिलेर बनेको यो राज्य युरोपको मुख्य भूभागबाट उत्तर-पश्चिममा अवस्थित छ । यहाँ अनुमानित ६ करोड ७८ लाख जनसङ्ख्यामध्ये ६०% ख्रीष्टियान छन् ।[i] कोरोना भाइरस (कोभिड-१९) प्रभावित मुलुकहरूको सूचीमा युके आठौँ स्थानमा छ ।[ii] यहाँ हालसम्म ३८,१६८ …

Read More »

परमेश्वर मेरो साथमा हुनुहुन्थ्यो— कोरोनामाथि विजय प्राप्त ९० वर्षीया वृद्धा

वासिङ्गटन उत्तर-पश्चिममा अवस्थित एउटा अमेरिकी राज्य हो । प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनको सम्मानमा यो राज्यको नाउँ वासिङ्गटन राखिएको हो । राजधानी वासिङ्गटन डी. सी. सित नझुक्कियोस् भन्नाका लागि यसलाई अक्सर वासिङ्गटन राज्य पनि भनिन्छ । भूगोलको आधारमा अमेरिकाको अठारौँ ठुलो राज्य वासिङ्गटनको जनसङ्ख्या ७६ लाख रहेको छ ।[i] कोरोना सङ्क्रमणको …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle