Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

कोरोना: ह्विलचेएरमा बस्ने गभर्नरले भने— परमेश्वरमाथि भरोसा राख्नुहोस्

टेक्सास अमेरिकाको दक्षिणमा पर्ने एउटा राज्यको नाउँ हो । क्षेत्रफलको आधारमा यो अमेरिकाको दोस्रो ठुलो राज्य हो । पहिलो अलस्का हो । ६,९६,२४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो राज्य नेपालभन्दा झन्डै पाँच गुणा ठुलो छ । २०१९ को आँकडाअनुसार यहाँको जनसङ्ख्या २ लाख ८९ हजार रहेको छ ।[i] यहाँका ७७% …

Read More »

मदर्स डेबारे ख्रीष्टियानले जान्नुपर्ने ७ ओटा कुरा

१. ‘मदर्स डे’ अङ्ग्रेजी Mother’s Day को लिप्यन्तरण हो । यसलाई ‘मातृ दिवस’ भनेर अनुवाद गर्न सकिन्छ । यो परिवारको आमालाई विशेष किसिमले सम्झना गरी मनाइने दिवस हो । यसको अर्थ बाँकी ३६४ दिन आमाको बेवास्ता गरी त्यस दिन मात्र उहाँलाई सम्झने भन्ने होइन । आमा ३६५ दिनै अति आदरको …

Read More »

कोरोना भाइरसको महामारीको लागि को जिम्मेवार— परमेश्वर वा मानिस ?

यस्तो जटिल प्रश्नको जवाफ खोज्ने प्रयासमा प्रेरित पावलको अर्तीलाई ख्याल गरी पहिले मानवीय विनम्रतालाई व्यक्त गर्नु बुद्धिमानी हुन्छ, “आहा! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने! ‘किनभने प्रभुको मनलाई कसले जानेको छ ? अथवा उहाँको सल्‍लाहकार को भएको छ’” (रोमी …

Read More »

९३ वर्षीय वृद्धको जवाफ जसले डाक्टरहरूलाई रुवायो

इटालीको अस्पतालमा एक जना ९३ वर्षका वृद्ध उपचारको लागि भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि तिनलाई एक दिनको रेस्पिरेटर  (कृत्रिम रूपमा स्वासप्रश्वास गराउने यन्त्र) को खर्च तिर्न अनुरोध गरिँदा तिनी रुन थाले । बिलको खातिर रुनु पर्दैन भनी डाक्टरले ती पाका मानिसलाई थमथमाउन खोज्दा ती वृद्धले जवाफमा जे भने …

Read More »

कोरोना: भित्र डाक्टरहरू उपचार गर्दै, बाहिर विश्वासीहरू उत्साहको लागि प्रार्थना गर्दै

दुनियाँभरका ख्रीष्टियानहरू प्रार्थनामा समय बिताउँदै छन् । आफ्नो जीवन नै जोखिममा हालेर अग्रपङ्क्तिमा बसी कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरूको उपचारका निम्ति लागिपरेका चिकित्सकहरूलाई उत्साह दिनका लागि ख्रीष्टियानहरू प्रार्थनामा सक्रिय छन् । अमेरिकी राज्य जर्जियाको अल्बानीस्थित अस्पतालको अगाडि कैयौँ मानिस भेला भई अस्पतालभित्र काम गररिरहेका स्त्री र पुरुषहरूका लागि प्रार्थना गरे । …

Read More »

कोरोनाको कारण प्रभावित ५० हजार परिवारलाई चर्चद्वारा राहत वितरण

ओक्लाहामा अमेरिकाको दक्षिण मध्यतिर पर्ने एउटा राज्यको नाउँ हो । क्षेत्रफलको हिसाबले यो बिसौँ ठुलो राज्य हो ।[i] नेपालभन्दा केही हदसम्म ठुलो यस राज्यको कुल जनसङ्ख्या ३९ लाख रहेको छ ।[ii] प्यु रिसर्च सेन्टरमुताबिक यहाँ ७९% मानिस ख्रीष्टियान छन् ।[iii] कोरोना सङ्क्रमित सङ्ख्याको आधारमा आइतबार बेलुकासम्म ओक्लाहामा ३२ औँ स्थानमा …

Read More »

कोरोना: कोमामा बच्चा जन्माएकी स्त्रीद्वारा परमेश्वरलाई धन्यवाद व्यक्त

कोरोना प्रभावित दुनियाँमा विचित्रका खबरहरू आइरहँदा अमेरिकाको वासिङ्गटन राज्यबाट अर्को त्यस्तै प्रकृतिको खबर सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड-१९) को विरुद्धमा सङ्घर्ष गर्ने क्रममा कोमामा पुगेकी एक जना गर्भवती महिलाले कोमामा छँदा नै बच्चा जन्माएकी छन् र उनले त्यसको श्रेय परमेश्वर र आफ्नो विश्वासलाई दिएकी छन् । छोरीको नाउँ …

Read More »

मैले परमेश्वरको प्रेम देखेँ— हरेस खाइसकेका तर कोरोनालाई जितेका व्यक्ति

अमेरिकाको उत्तर-पूर्वमा अवस्थित एउटा राज्यको नाउँ हो, ओहियो । भूगोलको आधारमा चौँतिसौँ ठुलो यस राज्य नेपालभन्दा केही हदसम्म सानो छ । २०१९ को अनुमानअनुसार यहाँको कुल जनसङ्ख्या एक करोड १६ लाख रहेको छ ।[i] प्यु रिसर्च सेन्टरअनुसार यहाँका ७६% मानिस ख्रीष्टियान छन् ।[ii] कोरोना सङ्क्रमणको दृष्टिकोणबाट अमेरिकाका ५० ओटा राज्यमध्ये …

Read More »

कोरोना प्रभाव: स्वास्थ्यकर्मीहरूको सम्मानमा डाक्टरको स्वरूपमा ख्रीष्टको प्रतिमा

संसार कोरोना भाइरस (कोभिड-१९) को विरुद्धमा लडिरहेको छ । अग्रपङ्क्तिमा छन्, स्वास्थ्यकर्मीहरू । तिनीहरूलाई हौसला दिन संसारभरि विविध किसिमका दृश्यहरू सार्वजनिक भइरहेका छन् जसमध्ये एक हो, डाक्टरको स्वरूपमा प्रभु येशू ख्रीष्टको प्रतिमा । दक्षिण अमेरिकी मुलुक ब्राजिलको सहर रिओ दे जेनेरिओमा येशू ख्रीष्‍टको एउटा बडेमाको प्रतिमा खडा छ जसको नाउँ …

Read More »

९८ वर्षीय पास्टरद्वारा कोरोनामाथि जित

हालसम्म २० लाखभन्दा बेसी मानिसमा सङ्क्रमित कोरोना भाइरसले १,३४,६०३ जनाको ज्यान लिइसकेको छ ।[i] सङ्क्रमित सङ्ख्याको आधारमा चीन अहिले सातौँ स्थानमा छ यद्यपि यो भाइरस चीनमै सुरु भएको थियो । अगिल्ला छवटा मुलुकमा क्रमश: अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी र युके रहेका छन् । चीनमा सङ्क्रमितहरूको कुल सङ्ख्या ८२,३४१ रहेको …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle