Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

येशू निष्पाप हुनुहुन्थ्यो भने कसरी पाप बनाइनुभएको हुन सक्छ (२ कोरिन्थी ५:२१) ?

पावलका अनुसार येशू पाप बनाइनुभयो, “किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२ कोरिन्थी ५:२१) । यस पदमा ‘पाप नचिन्नुहुने’ व्यक्ति येशू हुनुहुन्छ जो हाम्रो खातिर पाप बनाइनुभयो । धर्मशास्त्रको प्रस्ट शिक्षाअनुसार येशू पापरहित हुनुहुन्छ । त्यसो हो भने कसरी पाप बनाइनुभएको …

Read More »

कसरी प्रभावशाली ख्रीष्टियान बन्ने ?

“सुकरातले भनेका थिए कि जाँच नगरिएको जीवन जिउन लायक छैन । आफ्नो जीवन जाँच्नु भनेको त्यसबारे सोच्नु हो, मूल्याङ्कन गर्नु हो । मूल्याङ्कनको लागि मूल्य-मान्यता र प्रणालीको खाँचो पर्छ । हामी सबैका मूल्य-मान्यताहरू छन् । जीवन के हो भन्ने बारेमा हामी सबैको कुनै न कुनै हेराइ छ । हामी बसेका …

Read More »

“जससँग छ त्यसलाई दिइनेछ” (मर्कूस ४:२५) भन्नुको मतलब के हो ?

येशूले भन्नुभयो, “किनभने जससँग छ त्‍यसलाई दिइनेछ, र जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ” (मर्कूस ४:२५) । येशूको भनाइको मतलब के हो ? यो खण्डलाई बारम्बार गलत किसिमले बुझिएको छ । येशूले यहाँ धनसम्पत्तिको बारेमा चर्चा गर्नुभएको होइन, न त आशिष्‌हरूको बारेमा । येशूले भन्न खोज्नुभएको कुरोचाहिँ यही हो …

Read More »

के विज्ञानले परमेश्वरतर्फ डोर्‍याउँछ ?

“विज्ञान र परमेश्वरको सन्दर्भमा आधुनिक विज्ञान मूलत: ख्रीष्टियान वैज्ञानिहरूद्वारा स्थापना गरियो भनी ख्याल गर्नु प्रासङ्गिक हुन्छ । ख्रीष्टियान परमेश्वर अर्थात् बौद्धिक चेतनाद्वारा यो विश्वको सृजना गरियो भन्ने तिनीहरूको विश्वास थियो । तसर्थ विश्वमा बौद्धिक अनुसन्धान गर्न सकिन्छ अर्थात् यो परीक्षणीय छ ।” यो डज साइन्स पोइन्ट टु गड ? (इज …

Read More »

बाइबलअनुसार यो पृथ्वी कति वर्ष पुरानो छ ?

पुस्तक पठन यात्रामा यो मेरो ३५ औँ पुस्तक हो । पुस्तकको नाउँ हो, अ बिब्लिकल केस फर एन ओल्ड अर्थ (पुरानो पृथ्वीको लागि बाइबलीय आधार) । डेभिड स्नोक यसका लेखक हुन् । लेखक पिट्सवर्ग विश्वविद्यालयमा भौतिकशास्त्रसाथै खगोल विज्ञानका सहयोगी प्राध्यापक हुन् । मण्डलीका एल्डरसमेत रहेका तिनले ७० ओटाभन्दा बेसी वैज्ञानिक …

Read More »

किन एस्तरको पुस्तकमा परमेश्वरको नाउँ उल्लेख भएको छैन ?

नेपाली बाइबलमा एस्तरको पुस्तक सत्रौँ पुस्तक हो । बाइबलका ६६ ओटा पुस्तकमध्ये दुईवटा स्त्रीको नाउँबाट राखिएको छ: रूथ र एस्तर । पूरै बाइबलमा एस्तरको पुस्तक मात्र यस्तो पुस्तक हो जहाँ परमेश्वरको नाउँ उल्लेख भएको छैन । एस्तरको पुस्तकमा एस्तरको कथा पाइन्छ । पुस्तकअनुसार साधारण यहूदी एस्तर रानी बन्न पुगिन् । …

Read More »

किन येशूले कनानी स्त्रीलाई कुकुरको संज्ञा दिनुभयो (मत्ती १५:२६) ?

येशू टुरोस र सीदोनको इलाकामा जानुभयो जुन गैरयहूदी क्षेत्र थियो । एक जना कनानी स्त्री येशूकहाँ आइन् र आफ्नी छोरीको चङ्गाइको निम्ति उहाँलाई बिन्ती गरिन् । येशूले उनलाई जवाफ दिनुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन” (मत्ती १५:२६) । किन येशूले कनानी स्त्रीलाई कुकुरको संज्ञा दिनुभयो ? के यो …

Read More »

फेला पर्‍यो क्रूसमा टाँग्न प्रयोग गरिएको काँटी

“जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे” (लूका २३:३३) । यूहन्ना लेख्छन्, “तब सिपाहीहरू आए र उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्यसपछि अर्कोको” (१९:३२) । येशूको क्रुसारोहणको सम्बन्धमा सुसमाचारीय विवरणहरूमा कमसे कम दुईवटा त्रुटि छन् भन्ने बाइबलका आलोचकहरूको दाबी थियोः (१) क्रूसमा …

Read More »

जातीय भेदभावविरुद्ध ७ ओटा तर्क

नेपालमा कानुनी रूपमा जातीय भेदभाव दशकौँ अगि हटे तापनि व्यावहारिक रूपमा यो विद्यमान नै छ । विविध कारणले हाम्रो समाजमा यसले स्थान पाइरहेको छ । यस आलेखमा जातीय भेदभावविरुद्ध ७ ओटा तर्क पेस गरिएका छन् । जातीय भेदभाव सृष्टिको विवरणको विरुद्धमा छ मानव जाति यस धरतीमा कसरी आयो भन्ने सवालमा …

Read More »

त्रिएक परमेश्वरबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

त्रिएक परमेश्वरको शिक्षा अत्यधिक महत्त्वपूर्ण सिद्धान्त हो । बाइबल धर्मशास्त्रमा ‘त्रिएक’ शब्द नपाइए तापनि यसबारे प्रस्ट रूपमा सिकाइएको छ । ‘त्रिएकता’ अङ्ग्रेजी शब्द Trinity को अनुवाद हो जसको अर्थ हुन्छ, तीनमा एकत्व । कुनै सिद्धान्त स्थापित हुनको लागि धर्मशास्त्रमा ‘शब्द’ नै उल्ललिखित हुनुपर्छ भन्ने छैन । अवधारणा प्रस्टसित सिकाइएको छ …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle