सूर्योदयमाथि विश्वास गरेझैँ म ख्रिस्टियमतमाथि विश्वास गर्दछु, मैले यसलाई देखेकोले गर्दा मात्रै होइन तर यसद्वारा मैले हरेक कुरोलाई देखेकोले गर्दा पनि हो । सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री बचाउने ख्रीष्टियान विश्वासबारे भएको बाइबलीय दृष्टिकोणमा कहिल्यै अन्धो भएर छलाङ् मार्ने कुरो पर्दैन । हामीले सत्यतालाई जान्न सक्छौँ, केवल कुनै आत्मिक …
Read More »Kamal Adhikari
परिचित ख्रीष्टियान लेखक समुएलले खराबीलाई भलाइ ठाने
उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा अमेरिकामा जन्मेका समुएल ब्रेन्जल साल्भेसन आर्मी नामक ख्रीष्टियान संस्थामा कमिस्नर (संस्थाको द्वितीय उच्चतम पद) थिए । एउटा जागृति सभामा किशोर अवस्थामा नै प्रभु येशूलाई अङ्गालेका ब्रेन्जल पवित्रताको अभियानमा निकै परिचित लेखक, शिक्षकसाथै प्रचारक हुन् । तिनका प्रसिद्ध कृतिहरूमध्ये हेल्प्स टु होलिनेस (अर्थात् पवित्रताका सहायताहरू) एक हो जसलाई …
Read More »कारेसेको सिलिन्डरः बाइबलीय पात्रको उल्लेख गर्ने २,६०० वर्ष पुरानो पुरातात्त्विक खोज
कोरेसको सिलिन्डर प्राचीन माटोले बनेको एउटा सिलिन्डर हो जसमा फारसका राजा कोरेसको नाउँ उल्लेख गरिएको छ । ख्रिस्टाब्द १८७९ मा मेसोपोटामियाको बेबिलोन (अर्थात् आधुनिक इराक) मा यसलाई पत्ता लगाइएको हो । छैटौँ शताब्दी ख्रिस्टपूर्व अर्थात् आजभन्दा २,६०० वर्षअगि बनाइएको यस सिलिन्डरलाई अहिले ब्रिटिस सङ्ग्राहलयमा राखिएको छ । ५३९ ख्रिस्टपूर्वमा फारसले …
Read More »ख्रीष्टविनाको धनाढ्य जीवनभन्दा ख्रीष्टसहितको दरिद्रता नै बेस
ख्रिस्टाब्द १७३६ मा अमेरिकामा जन्मेका प्याट्रिक हेन्री अमेरिकाका वकिलसाथै राजनीतिज्ञ थिए । स्वतन्त्रताका योद्धा तिनी यस भनाइको लागि तिनी परिचित छन्, “मलाई कि स्वतन्त्रता दिनुहोस् कि भने मृत्यु ।” वक्ताको रूपमा कहलाइएका प्याट्रिकको इच्छा–पत्रको अन्तिम अनुच्देछमा यसरी लेखिएको छ, “अब मैले मेरा सबै सम्पत्ति मेरो परिवारको लागि तयार पारेको छु …
Read More »बाइबलमा उल्लिखित ७ किसिमका बप्तिस्मा
बाइबल धर्मशास्त्रमा ७ किसिमका बेग्लाबेग्लै बप्तिस्माको उल्लेख गरिएका छन् जुन यस प्रकार छन् । (१) मोशाको बप्तिस्मा मिश्रको दासत्वबाट छुटकारा पाउँदा इस्राएलीहरूले मोशाको बप्तिस्मा लिए । पावल लेख्छन्, “मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्तिस्मा पाएका थिए” (१ कोरिन्थी १०:१) । (२) यूहन्नाको बप्तिस्मा मसीहको आगमनको लागि मानिसहरूलाई तयार पार्दा …
Read More »के प्राण मर्छ (इजकिएल १८:४) ?
सातौँ-छैटौँ शताब्दी ख्रिस्टपूर्वका अगमवक्ता इजकिएलले लेखे, “किनकि हरेक जीवित प्राण मेरै हो— बाबु र छोरा दुवै एकैजस्तै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्छ” (१८:४) । तर प्राण (वा आत्मा) अमरणशील छ भनी बाइबलले प्रस्ट रूपमा सिकाउँछ । उदाहरणार्थ, पत्रुस लेख्छन्, “तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको …
Read More »विख्यात ईश्वरशास्त्री अगस्टिनले सामान्य ठिटोको क्रियाकलापबाट पाठ सिके
ख्रिस्टाब्द ३५४ मा उत्तर अफ्रिका (हाल अल्जेरिया) मा जन्मेका अगस्टिन ईश्वरशास्त्री, दार्शनिक, रक्षाशास्त्रीसाथै लेखक थिए । पाश्चात्य ख्रिस्टियमत र पाश्चात्य दर्शनशास्त्रको विकासमा तिनका रचनाहरूले उल्लेखनीय भूमिका निभाएका छन् । पाश्चात्य ख्रिस्टियमतमा तिनलाई अति नै महत्त्वपूर्ण मण्डली पिताको रूपमा आदर गरिन्छ । १०० भन्दा बेसी कृतिका लेखक अगस्टिन हिप्पोका बिशप थिए …
Read More »विश्वास र विज्ञानको सम्बन्धबारे १६ ओटा शानदार भनाइ
मेरो विज्ञानले मलाई संसार विज्ञानद्वारा व्याख्या गर्न सकिनेभन्दा ज्यादै जटिल छ भन्ने निष्कर्षमा पुर्यायो । अस्तित्वको रहस्यलाई म केवल अलौकिकताद्वारा बुझ्न सक्दछु । अलान स्यान्डेज, खगोलविद् विज्ञानले हामीलाई कार र चालक मात्र उपलब्ध गराउँछ तर कहाँ हाँक्ने भनेर यसले हामीलाई बताउँदैन । जर्ज लन्डवर्ग, समाजशास्त्री धर्मविनाको विज्ञान लङ्गडो हुन्छ र …
Read More »लुइसको जीवनमा यशैया ५३ अध्याय येशूकहाँ आउने माध्यम बन्यो
तिनको नाउँ हो, लुइस लपिदेस । तिनी यहूदी थिए । तिनले येशूलाई क्रूसमा टाँगेका तस्बिरहरू देखेका थिए । तर तिनको बुझाइमा येशू गैरयहूदीहरूका परमेश्वर हुनुहुन्थ्यो र यहूदी जातिसित उहाँको कुनै सम्बन्ध थिएन । पहिलो पटक नयाँ करार हात पार्दा तिनले इमान्दारीपूर्वक सोचेका थिए कि यो केवल तिनीहरूको जातिको विरुद्धमा लेखिएको …
Read More »अकस्मात् पत्ता लाग्यो बाइबलीय विवरणको पुष्टि गर्ने २,७०० वर्ष पुरानो शिलालेख
ख्रिस्टाब्द १८८० मा जेकब स्पाफोर्ड नाउँ गरेका जवान ठिटोले यरूशलेमको पूर्वपट्टि पर्ने सिलवान गाउँमा एउटा शिलालेख फेला पारे जसलाई सिलोआमको शिलालेख भनिन्छ । सिलोआम तलाउमा पानी लैजाने सुरुङ पार गर्ने क्रममा तिनले अकस्मात् उक्त शिलालेख पत्ता लगाएका थिए । यहूदाका राजा हिजकियाले आठौँ शताब्दी ख्रिस्टपूर्वमा सिलोआम तलाउको निर्माण गरेका थिए …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 