Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

बाइबलका भविष्यवाणीहरूबारे १२ ओटा शानदार भनाइ

पूरै बाइबलमा जम्माजम्मी १८१७ ओटा अगमवाणी पाइन्छन्— पुरानो करारमा १२३९ र नयाँ करारमा ५७८ । पूरै बाइबलको २७ प्रतिशत भाग अगमवाणीसित सम्बन्धित छन् । जे. बार्टोन पाइने, लेखक बाइबलमा सयौँ वर्षअगि भनिएका सयौँ भविष्यवाणीहरू हुबहु पूरा भएका छन् । ख्रीष्टको जन्मको समय (दानिएल ९), सहर (मीका ५:२) र प्रकृति (यशैया …

Read More »

बाइबलमा अभिलिखित गिबोनको पोखरी पत्ता लाग्यो

२ शमूएल २:१२–१७ मा लेखिएको छ, “नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे । अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे । तिनीहरूले एक–अर्कालाई गिबोनको पोखरीनेर भेटे, र एउटाले पोखरीको वारि र अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे । अबनेरले योआबलाई …

Read More »

के यो सम्पूर्ण विश्व संयोगद्वारा अस्तित्वमा आएको हुन सक्छ ?

हाम्रा आँखाले देख्न सक्ने र देख्न नसक्ने अनि नजिक र टाढा भएका यी यावत् थोक कहाँबाट आए ? सम्पूर्ण पदार्थ, शक्ति, अन्तरिक्ष र समय कहाँबाट अस्तित्वमा आए ? अर्को तरिकाले भन्नुपर्दा, यो सम्पूर्ण विश्व अर्थात् युनिभर्स कहाँबाट आयो ? उन्नाइसौँ शताब्दीको अन्त्यसम्मको गैरख्रिस्टियान जवाफ हुन्थ्यो: यो अनन्त भएकोले सधैँभरि अस्तित्वमा …

Read More »

५ करोड प्रति बिक्री हुन सफल एउटा ख्रीष्टियान पुस्तकको कथा

चार जना मानिसको हत्याको आरोप लागेका ब्रायन निकोलसको तीव्र खोजी हुँदै थियो । मार्च २००५ मा निकोलसले अस्ले स्मिथ नाउँ गरेकी स्त्रीलाई ७ घण्टासम्म उनकै अपार्टमेन्टमा बन्दी बनाए । त्यस बेला स्मिथले रिक वारेनद्वारा लिखित द पर्पोज ड्रिभन लाइफको ३२ अध्यायलाई पढिन् । उक्त वचनले निकोलसको निर्णयमा काम गर्‍यो । …

Read More »

बप्तिस्मा-दिने यूहन्नाले कहाँ बप्तिस्मा दिन्थे— यर्दन नदीमा वा बेथानियामा वा एनोनमा ?

मत्तीले प्रस्ट पारेका छन् कि बप्तिस्मा-दिने यूहन्नाले मानिसहरूलाई यर्दन नदीमा बप्तिस्मा दिन्थे । मानिसहरूले “आफ्‍ना पाप स्‍वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्‍तिस्‍मा लिन लागे” (मत्ती ३:६) । यूहन्ना १ अध्यायअनुसार तिनले बेथानियामा बप्तिस्मा दिन्थे, “यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए” (पद २८) । …

Read More »

ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने १०१ ओटा कारण

“मिखाएल फाराडे, ग्यालिलियो ग्यालिली, विलियम केल्भिन, गुग्लिल्मो मार्कोनी, आइज्याक न्युटन, लुई पास्चर र एडमन्ड ह्विटकरजस्ता अनगिन्ती प्रतिष्ठित वैज्ञानिकहरूले परमेश्वरले विश्वको सृष्टि गर्नुभयो भनी विश्वास गरे ।” यो १०१ गुड रिजन्स टु बिलिभ: अ कम्प्रेहेन्सिभ केस फर क्रिस्चियानिटी नामक पुस्तकबाट साभार गरिएको अंश हो । ख्रीष्टियान विश्वास कुनै अन्धविश्वास नभई यो …

Read More »

चुरोटको लागि लगिएको किताब पढेर लुटेरा ख्रीष्टको अनुयायी बने

पिटर भी. डिजन अमेरिकाको टेक्सासस्थित पार्क सिटिज प्रेसबिटेरियन चर्चका सहायक पास्टर हुन् । तिनले लेखेका एउटा पुस्तकको नाउँ हो, द प्रायोरिटी अफ नोइङ्ग गड । यस पुस्तकमा लेखकले भारतका रमद नाउँ गरेका एक जना व्यक्तिको कथालाई समावेश गरेका छन् । रमद लुटेराहरूको समूहका एक सदस्य थिए । एक दिन कुनै …

Read More »

येशूको शिक्षाबारे १८ ओटा घतलाग्दा भनाइ

हामीले बुद्धिको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले सद्गुणको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले न्यायको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले शान्तिको विषयमा कुरा गर्दा ख्रीष्टको विषयमा कुरा गरिरहेका हुन्छौँ । हामीले सत्य, जीवन र छुटकाराको विषयमा …

Read More »

कैयाफा अस्थिबाकस: येशूको जीवनीसित जोडिएको २,००० वर्ष पुरानो खोज

आजभन्दा ३० वर्षअगि अर्थात् ख्रिस्टाब्द १९९० मा पहिलो शताब्दीको एउटा महत्त्वपूर्ण पुरातात्त्विक खोज पत्ता लाग्यो । संसारको एउटा प्राचीनतम सहर यरूशलेमको दक्षिणमा पर्ने पिस फोरेस्ट नामक जङ्गलमा एउटा अस्थिबाकस फेला पारियो जसलाई कैयाफा अस्थिबाकस नाउँ दिइएको छ । चुन–ढुङ्गाले बनेको उक्त अस्थिबाकसमा आरमेइक भाषामा प्रस्ट रूपमा “कैयाफाका पुत्र योसेफ” भनेर …

Read More »

लेखकका अनुसार समाजवाद इतिहासकै सबैभन्दा अपमानित अवधारणा हो

दिनेस डिसुजा लेखकसाथै फिल्म निर्माता हुन् । ख्रिस्टाब्द १९६१ मा हाम्रै छिमेकी मुलुक भारतमा जन्मेका तिनी १९९१ अमेरिकी नागरिक बने । दर्जनभन्दा बेसी पुस्तकका लेखक तिनी ख्रीष्टियान रक्षाशास्त्री पनि हुन् । हालै प्रकाशित तिनको कृतिको नाउँ हो, युनाइटेड स्टेट्स अफ सोस्यालिज्म । पुस्तक पठन यात्रामा यो मेरो ३८ औँ पुस्तक …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle