Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

ख्रीष्टको ईश्वरत्वबारे ७ ओटा तर्कसङ्गत भनाइ (भाग २)

मोशाले व्यवस्थामाथि मनन गर्न सक्थे; मुहम्मदले तरवार नचाउन सक्थे; बुद्धले व्यक्तिगत परामर्श दिन सक्थे; कन्फ्युसियसले बुद्धिमान् भनाइहरू व्यक्त गर्न सक्थे । तर यी कुनै पनि मानिस संसारका पापको निम्ति प्रायश्चित्त बन्न योग्य थिएनन् । … ख्रीष्ट मात्रै असीमित आराधना र सेवाको लागि योग्य हुनुहुन्छ । आर. सी. स्प्रौल, ईश्वरशास्त्री, लेखकसाथै …

Read More »

तपाईंको विश्वस्तता महान् छ

५८६ ख्रिस्टपूर्वमा यरूशलेमको विनाश भएपछि लेखकले शोकाकुल आवाजमा कवितात्मक शैलीमा व्यक्त गरेका गीत हो विलापको पुस्तक । विलाप ३:२२–२३ मा लेखिएको छ, “परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन । हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ । तपाईंको विश्वस्तता महान् छ ।” यस खण्डले …

Read More »

‘परमप्रभुको मन्दिर’ लेखिएको २,६०० वर्ष पुरानो शिलालेख पत्ता लाग्यो 

इस्राएलको दक्षिणमा पर्ने अरद (प्राचीन यहूदा) नामक सहरमा एउटा शिलालेख फेला पारिएको छ जसमा अन्य केही लेखहरूसँगै ‘परमप्रभुको मन्दिर’ भनेर पनि लेखिएको छ । यस आविष्कारलाई छैटौँ शताब्दी ख्रिस्टपूर्वको मिति दिइएको छ जसको अर्थ हुन्छ कि यो २,६०० वर्ष पुरानो लेखोट हो । यसको लेखक अज्ञात भए तापनि यसको प्रापक …

Read More »

बाइबल तीर्थयात्रीको लौरो मात्र होइन तर विमान चालकको कम्पास पनि हो

ख्रीष्टियान ईश्वरशास्त्रबारे एच. ओर्टोन विले र पावल टी. कुल्बर्टसनद्वारा लिखित ४ ओटा ठेलीमध्ये Introduction to Christian Theology को पृष्ठ सङ्ख्या ३७ को आरम्भमा लेखकद्वयले कसैको भनाइलाई उद्धृत गरेका छन् । यस वर्णनमा बाइबललाई सठिक ढङ्गमा व्याख्या गरिएको छः परमेश्वरको मस्तिष्क, मानिसको अवस्था, उद्धारको मार्ग, पापीहरूको विनाश, विश्वासीहरूको प्रसन्नता बाइबलमा समावेश …

Read More »

एक जना जँड्याहाको परिवर्तनले गर्दा सयभन्दा बढीले प्रभुलाई पाए 

ख्रिस्टाब्द १९३९ मा अमेरिकामा जन्मेका जोस म्याकडोल कुनै समय ख्रिस्टियमतका वैरी थिए । तिनी ख्रीष्टियान विश्वासलाई खण्डन गर्न तम्सिएका थिए । तर नसकेपछि तिनी बौद्धिक रूपमा बेइमान हुन सकेनन् । अन्ततोगत्वा, १९५९ डिसेम्बर १८ का दिन राती ८ बजेर ३० मिनेट जाँदा तिनले आफ्नो जीवन प्रभु येशूको चरणमा सुम्पे । …

Read More »

झुट र अनाज्ञाकारिताको बाबजुद पनि कसरी परमेश्वरले सुँडेनीहरूलाई आशिष् दिन सक्नुभयो (प्रस्थान १:२०-२१) ?

मिश्रका राष्ट्रप्रमुख फारोले हिब्रू सूँडेनीहरूलाई हिब्रू स्त्रीबाट जन्मेको छोरोलाई मार्ने र छोरीलाई चाहिँ जिउँदो राख्ने आज्ञा दिएका थिए । तथापि छोरोलाई पनि जिउँदै राखी सुँडेनीहरू फारोप्रति अनाज्ञाकारी मात्र भएनन्, तर तिनीहरूले झुट पनि बोले । तरै पनि परमेश्वरले सुँडेनीहरूलाई आशिष् दिनुभयो, “अनि परमेश्‍वरले सुँडेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्‍यामा झन्‌ …

Read More »

संवादको दुई दिनपछि तिनले येशूमाथि विश्वास गरे

पाश्चात्य उच्च साहित्यहरूका सङ्ग्रहलाई पाश्चात्य जगत्‌का महान् पुस्तकहरू भनी चिनिन्छ । यी महान् पुस्तकहरूमा झन्डै एक सय लेखकका चार सय पचासभन्दा बढी छनोटहरू समावेश छन् र यसले झन्डै पच्चिस शताब्दीको समयलाई ओगटेको छ । ती लेखकहरूमा होमर, प्लेटो, अरस्तु, प्लोटिनस, अगस्टिन, अक्विनास, डान्टे, हब्बस, स्पिनोजा, काल्भिन, रौसेउ, सेक्सपियर, ह्युम, कान्ट, डार्बिन, …

Read More »

१७ वर्षकी युवतीले ख्रीष्टलाई इन्कार गर्नुको साटो गोली रोजिन्

उत्तर र पूर्वपट्टि सिरिया, दक्षिणपट्टि इजराएल र पश्चिपट्टि भूमध्यसागरले घेरिएर रहेको देशको नाउँ हो, लेबानोन । पश्चिम एसियामा अवस्थित यस मुलुकमा ख्रिस्टाब्द १९७५–१९९२ सम्म गृह युद्ध चर्किएको थियो । अनुमानित २,५०,००० ले ज्यान गुमाएको यस गृहयुद्धमा एक जना ख्रीष्टियान युवतीको साहसपूर्ण कथा यस प्रकार रहेको छ । उनको नाउँ हो, …

Read More »

येशूको ईश्वरत्वबारे ९ ओटा तर्कसङ्गत भनाइ (भाग १)

एउटा मान्छे जसले नयाँ करारलाई पढ्न सक्छ र ख्रीष्टले मान्छेभन्दा बढी हुँ भनी दाबी गर्नुहुन्छ भन्ने कुरालाई देख्न सक्दैन भने ऊ बादल नलागेको दिनको मध्यान्हको घडीमा आकाशतिर हेरी सूर्यलाई नदेख्ने मान्छेजस्तै हो । फ्र्याङ्क मिडद्वारा सम्पादित द इन्साइक्लोपिडिया अफ रिलिजियस कोटेसन्स पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन न त …

Read More »

बाइबलसित सम्बन्धित तीन हजार वर्ष पुरानो शिलालेख फेला पारियो

इस्राएलका महानतम राजाको रूपमा आदर गरिएका दाऊद बाइबल धर्मशास्त्रमुताबिक परमेश्वरले औधी रुचाउनुभएका मानिस थिए । इस्राएलको इतिहासमा तिनले उल्लेखनीय भूमिका निर्वाह गरेका भए तापनि बाइबलभन्दा बाहिर तिनको बारेमा केही जानकारी नभएकोले बाइबलका आलोचकहरूले तिनको ऐतिहासिकताबारे नै प्रश्न उठाउँदै आएका थिए । तर बिसौँ शताब्दीको अन्त्यतिर पत्ता लागेको पुरातात्त्विक खोजले आलोचकहरूको …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle