Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

क्रोध गर्नु पाप हो भने कसरी परमेश्वर क्रोधले भरपूर हुन सक्नुहुन्छ (नहूम १:२) ?

गलाती ५:१९-२१ मा पावलले पाप स्वभावका कामहरूको सूची दिएका छन् जसमध्ये एउटा हो, क्रोध । हामीलाई रिससाथै क्रोध त्याग्न आव्हान गरिएको छ, “तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली” (कलस्सी ३:८) । रिस मूर्खहरूको अंश हो, “मनमा झट्टै नरिसाऊ, किनभने …

Read More »

परमेश्वरको अस्तित्वलाई देखाउने हालै पत्ता लागेका तीनवटा वैज्ञानिक खोज

विज्ञानका इतिहासकार फ्रेडरिक बर्नहाम अवलोकन गर्छन्, “परमेश्वरले विश्वको सृष्टि गर्नुभयो भन्ने अवधारणा विगत १०० वर्षको कुनै पनि समयमा भन्दा आज निकै आदरणीय परिकल्पना हो ।” फ्रेडरिकको भनाइ कति साँचो छ भनी बुझ्न मदत गर्ने एउटा कृति हालै बजारमा आएको छ । वैज्ञानिक जगत्‌मा देखा परेको यो अति नै प्रभावशाली पुस्तकको …

Read More »

येशूलाई वाहियात ठान्ने पीएचडी गरेकी नास्तिक लेखिका येशूद्वारा नै परिवर्तित

“२८ वर्ष पुग्दा म समलिङ्गी थिएँ भनी मैले साहसपूर्वक घोषणा गरेँ । अङ्ग्रेजी साहित्य र सांस्कृतिक अध्ययनमा मैले विद्यावारिधि सक्नै लागेकी थिएँ ।” यो The Secret Thoughts of an Unlikely Convert: An English Professor’s Journey into Christian Faith नामक पुस्तकमा रोजारिया बटरफिल्डद्वारा व्यक्त भनाइ हो । यो उनको आत्मकथा हो …

Read More »

ख्रीष्टियानहरूलाई घृणा गर्ने हिन्दु गुरु ख्रीष्टियान गुरुमा परिणत

रबीले ख्रीष्टियानहरूलाई घृणा गर्थे र आफू कहिल्यै ख्रीष्टियान नबन्ने प्रतिज्ञा गरेका थिए, “म कहिल्यै ख्रीष्टियान बन्ने छैनँ । मेरो मृत्युशैय्यामा पनि बन्दिनँ । म हिन्दु भएर जन्मेँ र हिन्दै भएरै मर्ने छु ।” यो Death of a Guru: A Remarkable True Story of one Man’s Search for Truth नामक पुस्तकबाट …

Read More »

येशू किन तेस्रो दिनमा पुनरुत्थान हुनुभयो ?

येशूले भन्नुभयो, “किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्‍वीको गर्भमा तीन दिन र तीन रात रहनेछ” (मत्ती १२:४०) । अर्को ठाउँमा उहाँले भन्नुभयो, “यस मन्‍दिरलाई भत्‍काइदेओ, र म तीन दिनमा यसलाई खड़ा गर्नेछु । … जुन मन्‍दिरको विषयमा उहाँ …

Read More »

सबै मानिसको मृत्युभन्दा येशूको मृत्यु कसरी फरक छ ?

मानिस जन्मेपछि मर्छ तर येशूको मृत्युको विषयमा अध्ययन गर्दा अन्य कुनै पनि मानिसको मृत्युभन्दा उहाँको मृत्यु फरक भएको देखिन्छ । निम्न लिखित चारवटा तथ्यले उहाँको मृत्युलाई सबै मानिसको मृत्युभन्दा फरक तुल्याउँछ भन्ने मेरो बुझाइ रहेको छ । १. येशूको मृत्युबारे सैयौँ वर्ष पहिले भविष्यवाणी गरियो कसैले पनि कुनै पनि व्यक्तिको …

Read More »

के येशू क्रूसमा बेहोस मात्र हुनुभएको थियो ?

भारतका राष्ट्रिय हिन्दु सङ्घका अगुवा के. एस. सुदर्सनले एउटा भाषणमा येशू कहिल्यै क्रूसमा मारिनुभएन भनी बताए । तिनका अनुसार, “उहाँलाई केवल चोट लागेको थियो र उपचारपछि उहाँ भारत फर्कनुभयो जहाँ उहाँको वास्तवमा मृत्यु भएको थियो ।”[i] इस्लाम धर्मको धर्मशास्त्र कुरआनअनुसार येशू क्रूसमा मारिनुभएन बरु उहाँको सट्टामा अरू कसैलाई क्रूसमा झुन्ड्याइयो; …

Read More »

अमेरिकी राष्ट्रपतिका कानुनी सल्लाहकार कोलसनले येशूमा नयाँ जन्म पाए

यात्रा गर्दा पनि विद्युतीय किताबहरू बोक्नु मेरो आदत हो । यात्राको क्रममा मैले Born Again नामक पुस्तक पढ्दै थिएँ । लाखौँ मानिसको जीवनमा आशा ल्याउन  सफल यो पुस्तक येशू ख्रीष्टको प्रेम र शक्तिद्वारा रूपान्तरित मानिसको कथा हो । यो चार्ल्स कोलसनको रूपान्तरणबारे लिखित आत्मकथा हो । तिनले शक्ति, ख्याति, स्वतन्त्रता …

Read More »

बाइबलको पहिलो पदबारे तपाईंले जान्नुपर्ने ५ ओटा कुरा

नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा लेखिएको छः “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । सृष्टिसम्बन्धी यस कथनसहित बाइबलीय कथाको आरम्भ हुन्छ । बाइबलको यस पहिलो पदमा अभिलिखित केवल ७ ओटा शब्दबाट थुप्रै सत्यता बाहिर आउँछन् । यस पदबारे तपाईंले ५ …

Read More »

येशू पनि हिन्दु रे!

साझा प्रकाशनद्वारा प्रकाशित वेदमा के छ ? नामक पुस्तकमा डा. स्वामी प्रपन्नाचार्यले लेखेका छन्, “विश्वका ८० करोड ईसाईहरूको धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट उनी [येशू] हिन्दु नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत आएको पनि उनै प्रमाणहरूले सिद्ध छ । अनि जीवनको महत्त्वपूर्ण १८ वर्षसम्म ईसा कहाँ थिए ? यस प्रश्नको …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle