Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

“आमेन” बारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. नेपाली शब्द “आमेन” हिब्रू भाषाको लिप्यन्तरण हो र यसको अर्थ हुन्छ, “यस्तै होस् ।” आमेन सहमतिको घोषणा हो । यसलाई ग्रिक, ल्याटिन, अङ्ग्रेजीसाथै अन्य मनग्गे भाषाहरूमा लिप्यन्तरण गरिएको छ, अनुवाद होइन । भन्नुको मतलब यही हो कि ती भाषाहरूमा पनि आमेन नै भनिन्छ । २. आमेन एउटा विश्वव्यापी शब्द …

Read More »

धार्मिक अगुवाहरूका बिचमा येशू कसरी फरक हुनुहुन्छ ?

“देहधारणको सिद्धान्त ख्रीष्टियान विश्वासको मुख्य शिक्षा हो । यसले बताउँछ कि नासरतका येशूमा परमेश्वर मानिस बन्नुभयो । यो सत्यताले ख्रिस्टियमतलाई एकेश्वरवाद मान्ने यहूदीसाथै इस्लामलगायत संसारका सबै धर्मबाट अलग राख्छ ।” यो गड एमङ्ग सेजेजः ह्वाई जिजस इज नट जस्ट एनादर रिलिजिअस लिडर नामक पुस्तकबाट साभार गरिएको अंश हो । २०२० …

Read More »

विश्व प्रसिद्ध वैज्ञानिक स्टिफेन हकिङ्ग कहाँ चुके ?

ख्रिस्टाब्द १९४२ मा इङ्गल्यान्डमा जन्मेका स्टिफेन हकिङ्ग भौतिकशास्त्रीसाथै लेखक थिए[i] । आइन्स्टाइनपछि महान्‌तम वैज्ञानिक मानिएका हकिङ्ग त्यही कुर्सीमा बसेका थिए जुन कुर्सीमा ३०० वर्षअगि अर्का विख्यात वैज्ञानिक सर आइज्याक न्युटन बसेका थिए । न्युटनले दृढतापूर्वक परमेश्वरको अस्तित्वमाथि विश्वास गर्थे र तिनले आफ्नो ख्रीष्टियान विश्वास र विज्ञानको बिचमा कुनै द्वन्द्व देखेनन् …

Read More »

आगलागीमा बाँच्न सफल बालक अठारौँ शताब्दीकै प्रखर वक्ता बने

घटना ९ फेब्रुअरी १७०९ को हो जुन बेला तिनी केवल ५ वर्षका थिए । रातको ११ बजिसकेको थियो केटो बसेको घरमा आगलागी भयो । सबै केटाकेटीलाई सुरक्षितसाथ घर बाहिर निकालियो तर तिनी भने दोस्रो तलामा नै छाडिए । आगो जलेर छाना खस्नै लाग्दा केटो चिच्च्याएपछि मात्र केटो भित्रै छाडिएछ भनी …

Read More »

येशूले किन अञ्जीरको रुखलाई सराप दिनुभयो (मर्कूस ११:१२-१४) ?

यही फेब्रुअरी १३-१४ मा धादिङको सल्यान्टारमा दुई दिने अपोलोजेटिक युवा सेमिनारमा सहजकर्ताको भूमिमा निर्वाह गरी शनिबार सेवामा आत्मिक मन्न खुवाउनको लागि म आरूघाट झरेको थिएँ । आरूघाट मेरो गृहनगर हो । त्यहाँस्थित मण्डलीमा म आत्मिक रूपमा जन्मेको थिएँ । बातचितको क्रममा एक जना भाइले प्रश्न गरे, “येशूले किन अञ्जीरको रुखलाई …

Read More »

७ रुपियाँबाट खरबपति बनेका वानामेकरले आफ्नो सफलताको श्रेय परमेश्वरलाई दिए

आफ्ना पिताको इँटा भट्टीमा काम गरेर जोन वानामेकरले ७ रुपियाँ हात पारे । पिताको मृत्युपश्चात् तिनले पुस्तक पसलमा काम गरे जहाँ तिनले हप्तामा १२५ रुपियाँ तनाखा बुझ्थे । काम गर्नको लागि तिनी हप्तामा दुई पटक चार माइलको यात्रा गर्थे । स्याउ र रोटी तिनको खाना थियो । थप २५ रुपियाँ …

Read More »

दास भएर जन्मेका जर्जलाई बाइबलले परिचित वैज्ञानिक बनाइदियो

ख्रिस्टाब्द १८६० तिर अमेरिकामा जन्मेका थिए जर्ज, दासको रूपमा । तिनको पुरा नाउँ हो— जर्ज वासिङ्टन कार्भर । तिनी केवल एक हप्ताको हुँदा तिनी, तिनकी दिदी र तिनकी आमा अपहरणमा परे । केही समय बितेपछि जर्जको कोही एक जना नातेदारले जर्जलाई लिएर आयो । तर आमा भने सधैँको लागि कतै …

Read More »

सृष्टिबारे ८ ओटा घतलाग्दा भनाइ

जति धेरै म प्रकृतिको अध्ययन गर्दछु त्यति नै धेरै म परमेश्वरको कामदेखि छक्क पर्दछु । लुई पास्चर, रसायनशास्त्रीसाथै सुक्ष्म–जीवशास्त्री हामीलाई भुल गर्नदेखि रोक्न अध्ययनको लागि हाम्रासामु दुईवटा पुस्तक राखिएका छन् । पहिलो, धर्मशास्त्रको ठेली हो जसले परमेश्वरको इच्छा प्रकट गर्छ र दोस्रो, सृष्टिको ठेली हो जसले उहाँको शक्ति प्रदर्शन गर्दछ …

Read More »

प्रार्थनाको नतिजास्वरूप टाइटानिक दुर्घटनाबाट बाँचेका थिए कर्णेल ग्रेसी

आरएमएस टाइटानिक नाम गरेको बडेमाको पानी जहाज बेलायतबाट अमेरिकातर्फ जाँदै थियो । जहाज एटलान्टिक महासागरको उत्तरपट्टि आइपुग्यो । हिउँको ढिक्कामा ठक्कर खाएर पानी जहाज डुब्यो, १५ अप्रिल १९१२ मा । अनुमानित २,२२४ मानिसमध्ये १,५०० भन्दा बेसी मानिस जहाज दुर्घटनामा परेर मरे । तर उक्त अनपेक्षाकृत दुर्घटनामा परमेश्वरले एउटा उदेकको काम …

Read More »

के येशूका चेला पत्रुसको घर फेला परेकै हो त ?

पत्रुस प्रभु येशू ख्रीष्टका १२ जना प्रेरितमध्ये एक थिए । तिनको घर कफर्नहुममा थियो (मर्कूस १:२९) जुन सहर गालील समुद्रको पश्चिमी किनारमा अवस्थित थियो । गालीलमा येशूले यो सहरलाई आफ्नो सेवाको केन्द्र–स्थलको रूपमा प्रयोग गर्नुभएको थियो । गालीलमा येशू कहाँ बस्नुभयो ? निश्चय नै पत्रुसको घरमा । येशूले यही घरमा …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle