Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

४ वर्षकी बालिकाद्वारा डाक्टरहरूका लागि उत्साहपूर्ण प्रार्थना

फिलिपिन्स दक्षिण-पूर्वी एसियामा अवस्थित मुलुक हो । प्रशान्त महासागरको पश्चिममा पर्ने यो मुलुक झन्डै ७,६४१ ओटा टापु मिलेर बनेको छ । ३ लाख वर्ग किलोमिटरमा फैलिएको यस मुलुकमा ख्रिस्टाब्द २०१५ को जनगणनाअनुसार १० करोड जनसङ्ख्या बसोबास गर्छन् ।[i] यहाँ कम्तीमा ९२% मानिस ख्रीष्टियान छन् ।[ii] दुनियाँलाई प्रभावित तुल्याएको कोरोना भाइरस …

Read More »

६ वर्षे बालकद्वारा कोरोनामाथि जित, आमाले भनिन्, “परमेश्वरलाई धन्यवाद”

टेनेस्सी अमेरिकाको दक्षिण-पूर्वमा अवस्थित राज्यको नाउँ हो । ख्रिस्टाब्द २०१९ को अनुमानअनुसार यहाँ ६८ लाख जनसङ्ख्या बसोबास गर्छन् ।[i] भूगोलको हिसाबले छत्तिसौँ ठुलो यस राज्यमा ८१% ख्रीष्टियान छन् ।[ii] कोरोना सङ्क्रमितहरूको हिसाबले टेनेस्सी अठारौँ स्थानमा रहेको छ । हालसम्म यहाँ ३,८०२ जना सङ्क्रमित भएका छन् भने ६५ जनाको निधन भइसकेको …

Read More »

कोरोना प्रभाव: २१% गैरख्रिस्टियानले बाइबल पढ्न सुरु गरे

९८ लाख वर्ग किलोमिटरमा फैलिएको अमेरिका (युएसए) संसारको चौथो ठुलो मुलक हो ।[i] २०१९ को अनुमानअनुसार यहाँको जनसङ्ख्या ३२ करोड रहेको छ ।[ii] यहाँका ६५% मानिस ख्रीष्टियान छन् ।[iii] कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरूको सूचीमा अहिले अमेरिका पहिलो नम्बर छ ।[iv] हालसम्म १२,७३,७९२ जना सङ्क्रमितहरूमध्ये अमेरिकामा ३,३६,८३० जना रहेको छ । …

Read More »

कोरोनाविरुद्ध लड्न ब्राजिलद्वारा राष्ट्रिय प्रार्थना तथा उपवास दिनको घोषणा

लेखकसाथै पास्टर डेभिड जेरेमियाले प्रार्थनाको शक्तिबारे शानदार ढङ्गमा व्यक्त गरेका छन्, “प्रार्थना एउटा यस्तो मार्ग हो जसद्वारा तपाईं/ले शैतानलाई पराजित गर्नुहुन्छ; हराएकाहरूकहाँ पुग्नुहुन्छ; विश्वास त्याग गरेकोलाई पुनस्थापित गर्नुहुन्छ; सन्तहरूलाई मजबुत पार्नुहुन्छ; मिसनरीहरूलाई बाहिर पठाउनुहुन्छ; बिरामीलाई निको पार्नुहुन्छ; असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ ।”[i] ब्राजिल दक्षिण अमेरिकामा मात्र …

Read More »

येशू मेरा चङ्गाइकर्ता पनि हुनुहुन्छ— कोरोनामाथि विजय प्राप्त पास्टर

युनाइटेड किङ्गडमलाई युके वा ब्रिटेन पनि भनिन्छ । इङ्गल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आएरल्यान्ड मिलेर बनेको यो राज्य युरोपको मुख्य भूभागबाट उत्तर-पश्चिममा अवस्थित छ । यहाँ अनुमानित ६ करोड ७८ लाख जनसङ्ख्यामध्ये ६०% ख्रीष्टियान छन् ।[i] कोरोना भाइरस (कोभिड-१९) प्रभावित मुलुकहरूको सूचीमा युके आठौँ स्थानमा छ ।[ii] यहाँ हालसम्म ३८,१६८ …

Read More »

परमेश्वर मेरो साथमा हुनुहुन्थ्यो— कोरोनामाथि विजय प्राप्त ९० वर्षीया वृद्धा

वासिङ्गटन उत्तर-पश्चिममा अवस्थित एउटा अमेरिकी राज्य हो । प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनको सम्मानमा यो राज्यको नाउँ वासिङ्गटन राखिएको हो । राजधानी वासिङ्गटन डी. सी. सित नझुक्कियोस् भन्नाका लागि यसलाई अक्सर वासिङ्गटन राज्य पनि भनिन्छ । भूगोलको आधारमा अमेरिकाको अठारौँ ठुलो राज्य वासिङ्गटनको जनसङ्ख्या ७६ लाख रहेको छ ।[i] कोरोना सङ्क्रमणको …

Read More »

कोरोना महामारीले गर्दा परमेश्वरलाई प्रार्थना चढाउनेहरूको सङ्ख्या ह्वात्तै बढ्यो

“यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु” (२ इतिहास ७:१४) । पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या २,१५,३४४ पुगेको छ । …

Read More »

कोरोनाको कारण हजारौँ भोकाएकाहरूलाई खुवाउन चर्चले ढोका खोल्यो

येशू यस धरतीमा हुनुहुँदा उहाँले भन्नुभयो, “‘किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ । म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ । म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ । नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ । बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ । झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ …

Read More »

कोरोना महामारीको बिचमा विख्यात पास्टर लुकाडोको उत्साहपूर्ण सन्देश

ख्रिस्टाब्द १९५५ मा अमेरिकामा जन्मेका म्याक्स लुकाडो प्रभावशाली लेखकसाथै वक्ता हुन् । ६५ वर्षका लुकाडो अमेरिकाको टेक्सासस्थित ओक हिल्स चर्चका पास्टर हुन् ।[i] क्रिस्चियानिटी टुडे नामक पत्रिकाले तिनलाई “अमेरिकाका पास्टर” भनी सम्बोधन गरेको थियो भने रिडर्स डाइजेस्ट पत्रिकाले “अमेरिकाकै सर्वोत्कृष्ट प्रचारक” भनी उल्लेख गरेको थियो । झन्डै १०० ओटा कृति …

Read More »

ख्रीष्टियान संस्था एसपीद्वारा कोरोना सङ्क्रमितहरूका लागि न्युयोर्कमा अस्पताल खडा

न्युयोर्क अमेरिकाको उत्तर-पूर्वमा अवस्थित राज्यको नाउँ हो । अमेरिकाका ५० ओटा राज्यमध्ये भूगोलको हिसाबले यो २७ औँ ठुलो राज्य हो । ख्रिस्टाब्द २०१९ को तथ्याङ्कअनुसार यहाँ अनुमानित १ करोड ९५ लाख जनसङ्ख्या बसोबास गर्छन् ।[i] हाल कोरोना भाइरस (कोभिड-१९) बाट सबैभन्दा प्रभावित मुलुक अमेरिका हो र यसका ५० ओटा राज्यमध्ये …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle