Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

बनयान र न्युटनबाट सिकौँ जसले आइसोलेसनलाई सदुपयोग गरे

के परमेश्वरले आइसोलेसनलाई आफ्नो राज्य बिस्तारको लागि प्रयोग गर्न सक्नुहुन्छ ? यसको जवाफ सोर्‍है आना सकारात्मक हुन्छ । बाइबलमा भएका उदाहरणहरूमध्ये हिजो हामीले यूहन्ना र पावलको जीवनी अनि आइसोलेसनमा हुँदा तिनीहरूले कसरी नयाँ करारका छवटा पुस्तक लेखे भनी मनन गर्‍यौँ । बाइबलमा मात्र नभएर इतिहासमा पनि हामी यस्ता उदाहरणहरू पाउँछौँ …

Read More »

कोरोना प्रभाव: परमेश्वरको राज्य बिस्तारमा आइसोलेसनको सदुपयोग

प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेपछि ख्रिस्टाब्द १९९९ मा अर्थात् आजभन्दा २१ वर्षअगि म राजधानीस्थित एउटा बाइबल स्कुलमा भर्ना भएँ । म स्वेच्छाले नभई करले आएको थिएँ । सुरुका दिनहरू दिक्कलाग्दा भए जुन अस्वाभाविक थिएन किनकि म फुक्का संसारबाट बन्द संसारमा प्रवेश गरेको थिएँ । फलत: भाग्ने कोसिस पनि गरेँ, तर …

Read More »

कोरोना प्रभाव: बाइबल बिक्रीमा १४३% ले वृद्धि

कोरोना भाइरस (कोभिड-१९) को प्रभाव दिनप्रति दिन बढिरहेको छ । अप्रिल १२ सम्ममा १७,८३,७२४ जना यस भारइसबाट सङ्क्रमित भएका छन्; १,०८,९०७ जनाले ज्यान गुमाएका छन्; ४,०४,८६५ जना निको भएका छन् भने ५०,६१९ जनाको अवस्था गम्भीर छ ।[i] कोरोना भाइरसको फैलावटको यस्तो भयावह स्थितिमा सान्त्वनाका लागि मानिसहरूले बाइबल पढ्नमा रुचि देखाएका …

Read More »

सन्देहवादी प्राध्यापकको निष्कर्ष— येशूले वास्तवमै मृत्युमाथि जित हासिल गर्नुभयो

ख्रिस्टाब्द १८१७ मा अमेरिकामा स्थापित हार्वड ल स्कुलमा कानुनका एक जना बौद्धिक प्राध्यापकले पढाउँदै थिए । पढाउने क्रममा तिनले आफ्ना विद्यार्थीहरूलाई भन्दै थिए कि येशूको पुनरुत्थान केवल मिथ्या हो । तिनी नास्तिक भएकाले तिनले आश्चर्यकर्ममाथि विश्वास गर्दैनथ्ये । तर तिनका तीन जना विद्यार्थीले तिनको भनाइको खण्डन गर्दै साक्षीबारे तिनका प्रशंसित …

Read More »

पुनरुत्थानपश्चात् येशूका ७ ओटा प्रकटीकरण

प्रेरितको पुस्तकका लेखक डा. लूका लेख्छन्, “आफ्नो दुःख–भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो । चालीस दिनसम्म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो” (प्रेरित १:३) । पुनरुत्थान हुनेबित्तकै येशू सुटुक्क स्वर्ग जानुभएन । आफ्नो पुनरुत्थानको पुष्टि गर्न ४० दिनको अवधिमा उहाँ विभिन्न …

Read More »

येशूको पुनरुत्थानलाई झुटो प्रमाणित गर्न तम्सेका लेखकको जीवनमा नाटकीय परिवर्तन

ख्रिस्टाब्द १८८१ मा इङ्गल्यान्डमा जन्मेका अल्बर्ट हेन्‍री रोसको छद्मभेषी नाउँ थियो, फ्र्याङ्क मोरिसन । तिनका पिता व्यापारी थिए जसले विभिन्न व्यवसायहरू सञ्चालनमा ल्याएका थिए । फ्र्याङ्क प्रकाशक र विज्ञापनदाताका अतिरिक्त लेखक पनि थिए । फ्र्याङ्क मोरिसनका नाउँमा तिनका सातवटा पुस्तकसाथै केही लेखहरू प्रकाशित भएका छन् । तर तिनी एउटा किताबको …

Read More »

इस्टर एउटा हर्षोल्लासपूर्ण उत्सव हो— नेल्सन मन्डेला

१९१८ मा दक्षिण अफ्रिकामा जन्मेका नेल्सन मन्डेला दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति थिए जसले ख्रिस्टाब्द १९९४-१९९९ सम्म शासन गरे । रङ्गभेद विरुद्धको आन्दोलनका नायक मन्डेला मानवतावादी राजनीतिज्ञ थिए । २७ वर्ष लामो जेल जीवन बिताएका तिनी १९९० मा जेलमुक्त भए । २५० ओटाभन्दा बेसी पुरस्कार बटुलेका मन्डेलालाई १९९३ को नोबेल शान्ति …

Read More »

येशूको पुनरुत्थानका लागि ७ ओटा दरिला साक्षी

येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ जो आजभन्दा लगभग दुई हजार वर्षअगि यस धरतीमा जिउनुभयो । उहाँ यस धरतीबाट बिदा हुनुभएको केही वर्षभित्रमा नै उहाँका अनुयायीहरूले उहाँको जीवनीलाई लिखित रूप दिए । पवित्रशास्त्र बाइबलको दोस्रो विभाजन अर्थात् नयाँ करारका अगिल्ला चारवटा पुस्तक येशूकै बारेमा लेखिएका जीवनी हुन् जसलाई “सुसमाचारहरू” भनिन्छ । ती …

Read More »

इस्टरबारे तपाईंले जान्नुपर्ने ७ ओटा सत्यता

१. प्रभु येशू ख्रीष्ट मृतकहरूबाट पुनरुत्थान हुनुभएको सम्झनामा मनाइने उत्सव नै इस्टर हो । इस्टरलाई पास्क वा पुनरुत्थानको आइतबार पनि भनिन्छ । यो एउटा वार्षिक पर्व हो । २. बाइबलको नयाँ करारअनुसार येशू ख्रीष्टको पुनरुत्थान ख्रीष्टियान विश्वासको जग हो । प्रेरित पावल लेख्छन्, “यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता …

Read More »

पहिलो गुड फ्राइडेमा येशूले सामना गर्नुभएका ६ ओटा न्यायिक जाँच

येशू गेतसमनीको बगैँचामा गिरफ्तार हुनुभएपछि शुक्रबार बिहान ९ बजे उहाँलाई क्रूसमा चढाइनुअगि उहाँले ६ ओटा न्यायिक जाँचको सामना गर्नुभयो । अगिल्ला तीनवटा जाँच धार्मिक थिए भने पछिल्ला तीनवटा जाँच कानुनी । १. पहिलो जाँच— हन्नासको सामु (यूहन्ना १८:१२–१४, १९–२३) येशूलाई पक्रेपछि “पहिले तिनीहरूले उहाँलाई हन्नासकहाँ लगे, जो त्यस सालका प्रधान …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle