Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

के जन्मैको दृष्टिविहीन मानिस आमा-बुबाको पापको कारण दृष्टिविहीन जन्मिएको थियो (यूहन्ना ९:१-७) ?

येशू यरूशलेममा जाँदै गर्नुहुँदा उहाँले एक जना जन्मैदेखिको दृष्टिविहीन मानिसलाई देख्नुभयो । तब चेलाहरूले सोधे, “रब्‍बी, कसले पाप गर्‍यो, यसले कि यसका आमा-बुबाले, र यो अन्‍धो जन्‍म्‍यो?” (पद २) । चेलाहरूको प्रश्नबाट तिनीहरूको दृष्टिकोण झल्कन्छ । बाइबलीय समयका यहूदी ईश्वरशास्त्रीहरूका अनुसार जन्मैदेखिको अपाङ्गताका लागि दुईवटा कारण थिए: (१) प्रसव-वेदनापूर्वको पाप …

Read More »

पहिलो शताब्दीदेखि बिसौँ शताब्दीसम्म मण्डली इतिहासको झलक

“ईश्वरशास्त्र, आराधना, मण्डलीको व्यवस्था र मिसनमा मात्र नभई शिक्षा, सरकार, अर्थतन्त्र, उद्योग र सामाजिक कार्य सबैमा काल्भिनको विचारको छाप पाइन्छ ।” यो चर्च हिस्ट्री १०१: द हाइलाइट्स अफ ट्वेन्टी सेन्चुरिज (मण्डली इतिहास १०१: बिस शताब्दीका मुख्य-मुख्य घटनाहरू) नामक पुस्तकबाट साभार गरिएको अंश हो । जोन काल्भिन सोर्‍हौँ शताब्दीका मात्र नभएर …

Read More »

अन्धकारलाई सराप्नुको साटो मैनबत्ती बाल्नुहोस्— एम्नेस्टी इन्टरनेसनल

पिटर बेनेन्सनको दाबीअनुसार १९ नोभेम्बर १९६० का दिन लन्डनमा यात्रा गर्दा तिनले युरोपको दक्षिण-पश्चिममा पर्ने मुलुक पोर्चुगलको कोइम्ब्रा नामक सहरकका दुई जना विद्यार्थीको बारेमा पढ्दै थिए । स्वतन्त्रताको पक्षमा वकालत गरेका आरोपमा तिनीहरूलाई पोर्चुगलमा सात वर्षको जेल सजाय सुनाइएको थियो ।[i] पछि द अबजर्भर नामक ब्रिटिस अखबारमा ‘बिर्सिएका बन्दीहरू’ शीर्षकमा …

Read More »

बाइबलका कठिनाइहरूलाई बुझ्न मदत गर्ने ११ ओटा सिद्धान्त

“बाइबलको हरेक शब्द वाक्यको एउटा भाग हो । हरेक वाक्य अनुच्छेदको एउटा भाग हो । हरेक अनुच्छेद पुस्तकको एउटा भाग हो । हरेक पुस्तक सम्पूर्ण धर्मशास्त्रको एउटा भाग हो । कुनै विषयबारे कुनै एउटा खास खण्डको अर्थ खोलाइ धर्मशास्त्रको पूर्ण शिक्षाको विपरीत हुनुहुँदैन ।” यो कमन्ली मिसअन्डर्स्टुड बाइबल भर्सेस (सामान्य …

Read More »

ढोका थुनेर प्रार्थना गर भन्नुहुँदा येशूको भनाइको तात्पर्य के थियो (मत्ती ६:६) ?

येशूले गोप्य रूपमा प्रार्थना गर्न आज्ञा दिनुभयो, “तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ” (मत्ती ६:६) । के हाम्रो प्रार्थना गुप्तमा नै हुनुपर्छ ? के ख्रीष्टियानहरूले सार्वजनिक रूपमा प्रार्थना चढाउन सक्दैनन् …

Read More »

रक्षाशास्त्रको इतिहास: पहिलो शताब्दिदेखि बिसौँ शताब्दीसम्म

नयाँ करारको कुनै पनि पुस्तक सिधै रक्षाशास्त्रसित सम्बन्धित नभए तापनि प्राय: सबै रचनामा ख्रीष्टियान विश्वासको जवाफ दिने प्रयास गरिएको पाइन्छ । “पावलका मुख्य पत्रहरू, हिब्रू, चारवटा सुसमाचार र प्रेरितको पुस्तकजस्ता नयाँ करारका भागहरूले लेखकहरूका मनमा भएको रक्षाशास्त्रसम्बन्धी विचारलाई प्रकट गर्छन् ।” यो हिस्ट्री अफ अपोलोजेटिक्स (रक्षाशास्त्रको इतिहास) बाट उद्धृत छोटो …

Read More »

मानव अधिकारको धारणामाथि बाइबलको प्रभाव

१० डिसेम्बर १९४८ ऐतिहासिक दिन थियो किनकि उक्त दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा हस्ताक्षर गरियो । संयुक्त राष्ट्रसङ्घका तत्कालीन ५८ ओटा सदस्य राष्ट्रमध्ये ४८ ओटा मुलुकले यसको पक्षमा मत खसाल्यो, आठवटा अनुपस्थित थियो, दुईवटाले मत दिएन भने कुनै पनि देश यसको विरुद्धमा उठेन । फ्रान्सको राजधानी पेरिसमा संयुक्त राष्ट्रसङ्घको साधारण …

Read More »

पावलको शरीरमा भएको काँढो के थियो (२ कोरिन्थी १२:७) ?

पावलको शरीरमा एउटा काँढो दिइएको थियो भनी तिनले लेखे, “तर प्रशस्‍त प्रकाशहरूको कारण घमण्‍डले म बढ्‌ता नफुलूँ भनेर मलाई सताउन र घमण्‍डबाट रोक्‍नलाई शैतानको दूत, अर्थात्‌ एउटा काँढो मेरो शरीरमा दिइयो” (२ कोरिन्थी १२:७) । तर तिनको शरीरमा दिइएको काँढोचाहिँ के थियो ? यहाँ ‘शरीर’ को लागि जुन ग्रिक शब्दको …

Read More »

येशूको जीवनका ७ ओटा अद्वितीय पक्ष

१. पूरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ २. उहाँको गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ ३. उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ ४. उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ ५. उहाँको स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ ६. उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ ७. उहाँको पापविहीनतामा येशू अद्वितीय हुनुहुन्छ

Read More »

परमेश्वर हुनुहुन्छ भने संसारमा किन खराबी छ ?

“हरेकले दुष्ट्याइँको अनुभव गर्छ । यो दर्द, दु:खकष्ट, रोग, विपत्ति, मृत्युजस्ता विभिन्न रूपमा आउँछ । के दर्दको कुनै उद्देश्य छ ? मैले मन पराएको मान्छे किन मर्‍यो ? किन हाम्रो सहरलाई आँधीबेहरीले प्रहार गर्‍यो ? किन हाम्रो घरमा चट्याङ पर्‍यो ? किन हाम्रो छिमेकमा तुफान आयो ? किन खडेरी र …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle