Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

अब्राहाम लिङ्कनले जवाफ दिए, “हामी परमेश्वरको पक्षमा होऔँ भनेर बिन्ती चढाऔँ”

अमेरिकाका सोर्‍हौँ राष्ट्रपतिको नाउँ हो, अब्राहाम लिङ्कन । तिनले ख्रिस्‍टाब्द १८६१-१८६५ सम्म राष्‍ट्रपतिको पदमा रहेर देशको सेवा गरे । तिनले राज्यको एकता कायम राख्न उल्लेखनीय भूमिका खेले; दास प्रथालाई उन्मूलन गरे; सङ्घीय राज्यलाई मजबुत पारे र अर्थतन्त्रलाई आधुनिकीकरण गरे । १८०९ मा अमेरिकामा जन्मेका लिङ्कन एउटा धार्मिक परिवारमा हुर्केका थिए …

Read More »

मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिनुपर्ने हो वा होइन (हितोपदेश २६:४-५) ?

एउटै लेखकले एउटै खण्डमा एकातिर मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिन आज्ञा दिएका छन् भने अर्कोतिर नदिन । हितोपदेश २६:५ ले मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिन अर्ती दिएको छ, “मूर्खलाई त्‍यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्‍यो आफ्‍नै नजरमा बुद्धिमान्‌ हुनेछ ।” तर योभन्दा ठिक अगिल्लो पदले त्यसो नगर्न आज्ञा दिन्छ, “मूर्खलाई …

Read More »

अनुसन्धानको क्रममा ख्रीष्टियान कृति पढेर येशूमाथि विश्वास गरे डा. समुएलले

डा. समुएल ब्लुमेनफिल्ड ख्रिस्टाब्द १९२७ मा जन्मेका अमेरिकी लेखकसाथै शिक्षक हुन् । तिनले शिक्षासित सम्बन्धित १० ओटा कृति प्रकाशित गरेका छन् । सरकारी शिक्षाको आरम्भ कहाँबाट भएको होला भन्ने सम्बन्धमा तिनले एउटा अनुसन्धान गरेका थिए । सामूहिक रूपमा सिकाइने शिक्षाको जरा सुधारवाद र खास गरी जोन काल्भिनमा पुगेको छ भनी …

Read More »

बाइबलको त्रुटिविहीनताबारे ७ ओटा चाखलाग्दा भनाइ

बाइबल परमेश्वरको वचन हो र परमेश्वरले भुल गर्न सक्नुहुन्न । तसर्थ सही किसिमले बुझिएको खण्डमा त्रुटिविहीनतालाई इन्कार गर्नु भनेको परमेश्वरको चरित्रमाथि नै आक्रमण गर्नु हो । त्रुटिविहीनतालाई इन्कार गर्नेहरू चाँडै नै सिद्धान्त र अभ्यास दुवै क्षेत्रमा धर्मशास्त्रको सम्पूर्ण अधिकारलाई इन्कार गर्ने खतरनाक प्रभाव क्षेत्रमा प्रवेश गर्छन् । रबी जकरिया, लेखकसाथै …

Read More »

अनौठो तरिकाले बाइबलको सन्देश बाँड्ने अफ्रिकाको मानिसको कथा

एक पटक अफ्रिकामा मिसनरी भएर गएका परमेश्वरका दासले त्यहाँको स्थानीयलाई एउटा बाइबल दिए । ती मानिस यति खुसी भए कि तिनले बाइबललाई अङ्गालो हाले र परमेश्वरको वचनको निम्ति मिसनरीप्रति आभार व्यक्त गरे । केही दिन बितेपछि मिसनरीले ती मानिसलाई फेरि देखे । छक्क पार्ने कुरो के थियो भने मिसनरीले दिएका …

Read More »

बाइबलीय पात्र बारूकका २,६०० वर्ष पुराना २ ओटा छाप फेला पारिए

यर्मिया ३६:४ मा लेखिएको छ, “यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र बारूकले एउटा पत्रको मुट्ठोमा यर्मियाले लेखाएका सबै कुरा, जो परमप्रभुले यर्मियालाई भन्नुभएको थियो, सो लेखे ।” छैटौँ शताब्दी ख्रिस्टपूर्व अर्थात् आजभन्दा २,६०० वर्षअगि बाँचेका बारूक बाइबलका परिचित पात्र हुन् । बाइबलीय विवरणहरूअनुसार बारूक शास्त्री, चेला, सचिवसाथै यर्मिया अगमवक्ताका घनिष्ठ …

Read More »

येशूविनाको राजदरबारभन्दा येशूसहितको झ्यायालखाना नै उत्तम हो 

राजदरबारमा काम गर्ने एक जना रुसी महिला कर्मचारीले प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गरिन् । उनले आफ्नो विश्वासलाई लुकाइनन् बरु खुलेर गवाही दिइन् । जार अर्थात् रुसी बादशाह बेखुसी भए र तिनले ती महिलालाई झ्यालखानामा हालिदिए । उनले २४ घण्टा ज्यादै कष्टप्रद अवस्थामा बिताइन् । त्यसपछि उनलाई बादशाहको उपस्थितिमा …

Read More »

आधुनिक संसार निर्माणमा ख्रीष्टियान विश्वासको भूमिका

“धार्मिक स्वतन्त्रता, राजनीतिक जवाफदेहिता, असल सरकार, परोपकारिता र समुदायमाथि हाम्रो विश्वास सबै नै ख्रीष्टियान प्रभावको कारणले उदय भएका हुन् ।” यो हाऊ क्रिस्चियानिटी मेड द मोडर्न वर्ल्ड नामक पुस्तकबाट साभार गरिएको अंश हो । पुस्तक पठन यात्रामा यो मेरो ४३ औँ पुस्तक हो । २७० पृष्ठको यस कृतिलाई पढेर सिद्ध्याउन …

Read More »

के येशूले चेलाहरूकै जीवन कालमा फर्केर आउनुहुने प्रतिज्ञा गर्नुभयो ? (मत्ती १६:२८)

येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यहाँ खडा हुनेहरूमध्‍ये कतिले मानिसको पुत्रलाई आफ्‍नो राज्‍यमा आइरहेको नदेखेसम्‍म मृत्‍यु चाख्‍नेछैनन्‌” (मत्ती १६:२८) । येशूको यस कठिन भनाइको अर्थ के हो ? यो पदको अर्थ सहस्राब्दीय राज्य स्थापना गर्न येशू चेलाहरूकै जीवन कालमा फर्केर आउनुभयो भन्ने हुन सक्दैन किनकि राज्य स्थापना …

Read More »

हिन्दु धर्ममा भक्त प्रितीले आफूले नखोजेकी येशूमाथि विश्वास गरिन् 

प्रिती कृष्णनले येशूलाई अङ्गाल्ने थिइन् भनी कहिल्यै अपेक्षा गरेकी थिइनन् । भारतको उत्तर प्रदेश प्रान्तको सर्वाधिक ठुलोसाथै राजधानी सहर लखनऊस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट लखनऊमा उनी विद्यार्थी थिइन् । उनी हिन्दु धर्ममा एक ईश्वरभक्त स्त्री थिइन् । उनले नियमित रूपमा आफ्ना भगवान्‌हरूलाई प्रार्थना चढाउँथिन् । अधिकांश हिन्दुहरूजस्तै उनी कर्मबारे सचेत …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle