Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट प्रभु राजालाई

हाम्रो देशको उत्तरपट्टि रहेको छिमेकी मुलुक चीनको एउटा सानो नगरमा एक जना ख्रीष्टियान मिसनरी आइपुगिन् । लुटेराहरूको एउटा समूहले त्यस नगर र त्यसमा भएको हरेक कुरोलाई भर्खरै नष्ट पारेको रहेछ । त्यसपछि एक जना स्थानीय ख्रीष्टियानले भग्नावशेषमा परिणत भएको आफ्नो घरलाई देखाए । छत जलेर नष्ट भएको थियो; घरका काठपातहरू …

Read More »

खगोलविज्ञानले बाइबलीय धारणातर्फ डोर्‍याएको छ— नासाका वैज्ञानिक ज्यास्ट्रो

रोबर्ट ज्यास्ट्रो अमेरिकाका खगोलविद्साथै भौतिकशास्त्री थिए । नासाका एक प्रमुख वैज्ञानिकसाथै लोकप्रिय लेखक ज्यास्ट्रो १९२५ मा जन्मे । १९४८ मा कोलम्बिया विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधि गरेका तिनी १९५८ मा नासाको सृजना हुँदा यसमा प्रवेश गरे  । तिनी माउन्ट विलशन बेधशालामा राखिएको हब्बलको कुर्सीमा पनि बसे । माउन्ट विलशनको निर्देशकका अतिरिक्त ज्यास्ट्रो …

Read More »

बारथोलोमाउसको आदर्श थियोः प्रार्थना गर र काम गर

जर्मनीको एउटा अन्धकार कोठामा भयभीत छोराछोरीहरू तिनीहरूकी आमाको वरिपरि झुम्मिएका थिए । तिनीहरूमध्ये जिल्ल परेका चार वर्षको बालक पनि त्यहाँ उपस्थित थियो जो अनाथ हुनै लागेको थियो । उसले सुनिरहँदा प्राण त्याग गर्नै लागेकी उसकी आमाले कानेखुसी गरिन्, “मेरा प्रिय छोरा-छोरीहरू हो, तिमीहरूका लागि मसित महान् खजाना छ ।” “आमा, …

Read More »

“जससँग छ त्यसलाई दिइनेछ” (मर्कूस ४:२५) भन्नुको मतलब के हो ?

येशूले भन्नुभयो, “किनभने जससँग छ त्‍यसलाई दिइनेछ, र जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ” (मर्कूस ४:२५) । येशूको भनाइको मतलब के हो ? यो खण्डलाई बारम्बार गलत किसिमले बुझिएको छ । येशूले यहाँ धनसम्पत्तिको बारेमा चर्चा गर्नुभएको होइन, न त आशिष्‌हरूको बारेमा । येशूले भन्न खोज्नुभएको कुरोचाहिँ यही हो …

Read More »

सन चु किल– ताओ धर्म-गुरुबाट ख्रीष्टियान धर्म-गुरु

“येशू साँचो मुक्तिदाता हुनुहुन्छ कि हुनुहुन्न भनी बिहानै प्रार्थना गर्दा मैले बाँसुरीको प्रस्ट आवाज र बन्दुक पड्केको ठुलो आवाज सुनेँ जसले कोठा नै हल्लाइदिए । मैले माथिबाट मलाई तीन पटक बोलाइएको आवाज सुनेँ, ‘सन चु किल, सन चु किल, सन चु किल!’ म थर्थर काँपेँ र मेरो शिर नै नउठाई …

Read More »

कहिल्यै स्कुल नगएका चार्ल्स अमेरिकाकै विशाल मण्डली स्थापना गर्न सफल भए

१८५१ मा चार्ल्स टिन्डले अमेरिकामा दासको रूपमा जन्मेका थिए । तिनका पिता दास थिए भने आमा फुक्का । तिनकी आमाले तिनलाई ख्रीष्टलाई प्रेम गर्नुपर्छ भनी सिकाए तापनि तिनको मालिकले तिनलाई मण्डलीमा जान रोकेको थियो । गएको खण्डमा तिनलाई कोर्राले हानिन्थ्यो भनी धम्की आउँथ्यो मालिकबाट । अमेरिकी गृहयुद्धको समाप्तिपछि चार्ल्स मुक्त …

Read More »

कन्याबाट येशूको जन्मबारे ७ ओटा तर्कसङ्गत भनाइ

हाम्रा परमेश्वर येशू … पवित्र आत्माद्वारा … मरियमको कोखमा गर्भधारण हुनुभयो । इग्नेसियस, एन्टिओखियाका बिशप उहाँ आफै सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि हिब्रू कन्याबाट जन्मेर देह धारण गर्नुभयो । अरिस्तिदेस, लेखक पिता परमेश्वरको एकलौटे पुत्र हाम्रा शिक्षक येशू ख्रीष्ट सम्भोगको परिणामस्वरूप जन्मनुभएन । … …

Read More »

परमेश्वरको अस्तित्वको प्रश्न कत्तिको महत्त्वपूर्ण छ ?

ख्यातिप्राप्त समाजशास्त्रीसाथै धर्मको इतिहासकार रोड्नी स्टार्कको भनाइलाई पुस्तकमा उद्धृत गरिएको छ, “विज्ञान र धर्म एक-अर्कामा मेल मात्र खाँदैनन्, तर ती अलग गर्नै नसकिने गरी गाँसिएका छन् । गहन धार्मिक ख्रीष्टियान विद्वान्‌हरूद्वारा विज्ञानको उदय हासिल गरिएको हो ।” मैले केही हप्ताअगि पढेको पुस्तिकाको नाउँ Does God Exist? Why It Matters हो …

Read More »

जङ्गलमै बसेर नयाँ करारलाई स्थानीय भाषामा अनुवाद गर्ने मिसनरी

रोबर्ट मोर्स आफ्नो परिवारसँगै बर्मामा मिसनरी बनेर गएका थिए । सेवाको क्रममा तिनी र तिनको परिवार बर्माबाट निष्कासन गरिए । त्यस बेला केही केटाकेटीहरू बिरामी थिए भने एक जना स्त्रीको बच्चा जन्माउने बेला आइपुगिसकेको थियो । परिस्थिति प्रतिकूल भएकोले तिनीहरू अमेरिका फर्केर जान सकेनन् । बाँच्नका लागि तिनीहरू पहाडहरूमा लुके …

Read More »

निकोलको जीवनमा बिमार आशिष् साबित भयो

विलियम रोबर्ट निकोलको जीवनमा बिमार आशिष् साबित भयो किनकि यही अस्वस्थताले तिनको सेवाकार्यको निधो गरेको थियो । ख्रिस्टाब्द १८५१ मा स्कटल्यान्डमा जन्मँदा तिनका फोक्सो कमजोर थिए । तिनकी आमासाथै परिवारका अन्य दुई जना क्षयरोगको कारण मरे । पिता पास्टर ह्यारीले तिनलाई हुर्काए । पिताको मण्डलीमा केवल सय जना विश्वासी भए …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle