युरोप महादेशमा पहिलो पटक छापिएको मुख्य पुस्तक हो– गुटेनबर्ग बाइबल । यसको प्रकाशनसँगै पश्चिमी जगत्मा छापाको दुनियाँमा नयाँ युगको सुत्रपात भयो । धातुबाट निर्मित चलायमान टाइपद्वारा आफ्नो नवआविष्कृत छापाखानाको प्रयोग गरी जोहानेस गुटेनवर्गले यस बाइबललाई छापेका थिए । छापाखानको उदयसँगै सञ्चारको दुनियाँमा नयाँ उपलब्धि हासिल गरियो । जोहानेस गुटेनबर्गले यस …
Read More »Kamal Adhikari
येशू ख्रीष्टमाथि मेरो अत्यधिक विश्वास छ— क्रिकेटर दरेन स्यामी
ख्रिस्टाब्द २०१० मा दरेन स्यामी वेस्ट इन्डिज क्रिकेट टिमका कप्तानमा नियुक्त गरिए । हालसम्म तिनी मात्र एक यस्ता कप्तान हुन् जसले दुई पटक आईसीसी वर्ल्ड ट्वेन्टी ट्वेन्टीको उपाधी उचालेका छन् । तिनकै कप्तानीमा वेस्ट इन्डिजले २०१२ मा श्रीलङ्कालाई हराएको थियो भने २०१६ मा इङ्गल्यान्डमाथि जित दर्ता गरेको थियो । २००४ …
Read More »ख्रीष्टका भक्त डुनान्टको पहलमा रेड क्रसको स्थापना भयो
ख्रिस्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतीयलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्री डुनान्टले आफ्नै आँखाले देखे । युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए । तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई म कहिल्यै भुल्ने छैनँ …
Read More »अङ्ग्रेज प्राकृतिक इतिहासका पिता जोन रे एक शसक्त ख्रीष्टियान थिए
जोन रेलाई अङ्ग्रेज प्राकृतिक इतिहासका पिता मानिन्छ । रसायनशास्त्री रोबर्ट बोएलेसँगै तिनी पनि रोएल सोसाइटीका संस्थापक सदस्य थिए । वनस्पतिशास्त्र र प्राणीशास्त्र दुवैमा तिनी आफ्नो समयका महान्तम अधिकारी थिए । तिनको हिस्टोरिया प्लान्टरममा उल्लिखित बोट-बिरुवाहरूको वर्गीकरण आधुनिक जीव वर्गीकरणशास्त्रको लागि एउटा महत्त्वपूर्ण खुड्किलो थियो । ख्रिस्टाब्द १६२७ मा इङ्गल्यान्डमा जन्मेका …
Read More »मरे होलान् भनी ठानिएका बालक प्रसिद्ध पास्टरसाथै लेखक बने
तिनको जन्ममा तिनी मरे होलान् भनी ठानियो । त्यसैले धाईहरूको ध्यान आमापट्टि गयो जो बेसरी बिरामी परेकी थिइन् । तर ४० मिनेटपश्चात् शिशुको धड्कन फेला परेपछि तिनलाई जीवन दिने कोसिस गरियो । तिनी बाँच्न सफल भए । ती बच्चा अद्भूत देखा परे । तीन वर्षको उमेरमा तिनले बाइबलको एउटा पद …
Read More »मेरो एउटा सपना छ
मिति २८ अगस्त १९६३ को हो । अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. मा निर्मित लिङ्कन स्मारकको सामु २,५०,००० भन्दा बेसी मानिसको भिड जम्मा भएको थियो । मार्टिन लुथर किङ्गले एउटा भाषण प्रस्तुत गरे जसलाई आई ह्याभ अ ड्रिम अर्थात् मेरो एउटा सपना छ नाउँले चिनिन्छ । तिनको भाषणलाई अमेरिकी इतिहासमा …
Read More »दक्षिण कोरियाका राष्ट्रपतिले भने, “येशू ख्रीष्ट मेरो सामु … प्रकट हुनुभयो”
किम दे जुङ्ग दक्षिण कोरियाका आठौँ राष्ट्रपति थिए जसले ख्रिस्टाब्द १९९८-२००३ सम्म शासन गरे । २००० मा नोबेल शान्ति पुरस्कार जितेका किमलाई “एसियाको नेल्सन मन्डेला” भनेर पनि चिनिन्छ । ख्रिस्टाब्द १९२४ मा किमको जन्म दक्षिण कोरियामा मध्यम वर्गीय किसान परिवारमा भएको थियो । परिवारमा जन्मेका सात सन्तानमध्ये तिनी माहिला थिए …
Read More »बाइबलले भनेझैँ विश्वको सुरुआतको समर्थन गर्ने वैज्ञानिक साक्षी पत्ता लाग्यो
विश्व (युनिभर्स) अनन्त नभई यसको आरम्भ भएको थियो भन्नाका लागि विभिन्न मजबुत वैज्ञानिक साक्षीहरू छन् जसमध्ये एउटा वैज्ञानिक साक्षी होः सीएमबी नाम गरेको विकिरण । सीएमबीको पूरा अर्थ कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड हुन्छ । यो महाविस्फोटमा विश्वको थालनी भएपछि बाँकी रहेको विद्युत चुम्बकीय विकिरण हो । १९६४ मा यस विकिरणलाई सन्जोगवश …
Read More »वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको खोज बाइबलीय धारणासित मेल खान्छ
अल्बर्ट आइन्स्टाइन “जिनिअस” शब्दको पर्यायवाची बने । तिनले आधुनिक भौतिकशास्त्रका दुईवटा खम्बामध्ये एउटा खम्बा (सामान्य सापेक्षताको सिद्धान्त) लाई विकास गरे । अर्को खम्बा क्वान्टम यान्त्रिकी हो । समय, गुरुत्वाकर्षण र पदार्थको शक्तिमा रूपान्तरण (E=mc2) जस्ता विषयमा तिनले क्रान्ति नै ल्याइदिए । १९४० मा अमेरिकाको नागरिकता लिएका आइन्स्टाइनले जीवनकालमा ३०० भन्दा …
Read More »विज्ञानले सुप्रसिद्ध नास्तिक वैज्ञानिक स्यान्डेजलाई ख्रीष्टियानमा रूपान्तरण गर्यो
विज्ञान र धर्मको विषयसित सम्बन्धित सम्मेलनमा छलफल विश्वको उत्पत्तिमा केन्द्रित हुनेथियो । वैज्ञानिकहरू दुई भागमा विभाजित हुनुपर्थ्यो— परमेश्वरमाथि विश्वास गर्ने र परमेश्वरमाथि विश्वास नगर्ने । मञ्चमा वैज्ञानिकहरूको भिड लागेको थियो । वैज्ञानिकहरूको त्यस सम्मेलनमा अलान आर. स्यान्डेजले पनि भाग लिएका थिए । स्यान्डेज बिसौँ शताब्दीका अमेरिकाका अत्यधिक प्रभावशाली खगोलविद् थिए …
Read More »