Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

विलियम सेक्सपिएरको जीवनमा बाइबलको औधी प्रभाव परेको थियो

विलियम सेक्सपिएर अङ्ग्रेज कवि, नाटककार र अभिनेता थिए । तिनलाई अङ्ग्रेजी भाषामा महान्‌तम लेखकको रूपमा आदर गरिन्छ । ५२ वर्षको आफ्नो जीवन कालमा सेक्सपिएरले साहित्यिक सङ्ग्रह नै तयार पारे जसमा तिनले ३७ ओटा नाटक, ६ ओटा कविता र १५४ ओटा सोनेट (चौध हरफको कविता) तयार पारे । तिनका नाटकहरू हरेक …

Read More »

बाइबलको वचन च्यातेका ज्याकको जीवनमा १८० डिग्रीको परिवर्तन आयो

तिनको नाउँ थियो, क्यास्पर वार्टजन । १९१३ मा अमेरिकामा जन्मेका वार्टजनको यस नाउँलाई माध्यमिक स्कुलमा जिस्काइएपछि आफ्नो नाउँ परिवर्तन गरी तिनले “ज्याक” राखे । ज्याक धर्मको उपेक्षा गर्दै हुर्के । ज्याकले स्कुल छाडे र तिनी जर्ज स्किलिङ्ग नाउँ गरेका जँड्याहाको मित्र बन्‍न पुगे । दिनहरू बित्दै जाँदा जर्जमा परिवर्तन आयो …

Read More »

रेडियोबाट प्रसारित ख्रीष्टियान गीत सुनेर कैयौँले उद्धार पाए

जोन बर्जर एसियामा केही गर्न चाहन्थे । त्यसको लागि तिनलाई कुनै एउटा केन्द्र चाहिएको थियो । तिनले छाने फिलिपिन्स । रेडियो प्रसारण अनुमतिको लागि तिनले फिलिपिन्सको सरकारलाई कागज पत्रहरू बुझाए । तर सरकारले ४ जुनभित्र काम फत्ते गर्नुपर्ने सर्त अगि तेर्सायो, नत्रता अनुमति नपाइने भयो । रुपियाँ-पैसा उठाउन थालियो । …

Read More »

ख्रीष्टियान राजनीतिज्ञ विल्बरफोर्सको सक्रियतामा दास प्रथा उन्मूलन भयो

“सर्वशक्तिमान् परमेश्वरले मेरो सामु दुईवटा महान् उद्देश्य राखिदिनुभएको छ: दास व्यापारको उन्मूलन र नैतिकताको सुधार”, २८ वर्षको उमेरमा विलियम विल्बरफोर्सले आफ्नो जर्नलमा परमेश्वरको बोलावटलाई यसरी व्यक्त गरेका थिए । विलियम विल्बरफोर्स ख्रीष्टियान राजनीतिज्ञ, ईश्वरशास्त्रीसाथै सामाजिक सुधारक थिए । तिनकै निरन्तर सक्रियतामा ब्रिटिस साम्राज्यबाट दास व्यापार सदाको निम्ति उन्मूलन भएको थियो …

Read More »

बाइबलको प्रकाशनसँगै छापाको दुनियाँमा नयाँ युगको सुत्रपात भयो

युरोप महादेशमा पहिलो पटक छापिएको मुख्य पुस्तक हो– गुटेनबर्ग बाइबल । यसको प्रकाशनसँगै पश्चिमी जगत्‌मा छापाको दुनियाँमा नयाँ युगको सुत्रपात भयो । धातुबाट निर्मित चलायमान टाइपद्वारा आफ्नो नवआविष्कृत छापाखानाको प्रयोग गरी जोहानेस गुटेनवर्गले यस बाइबललाई छापेका थिए । छापाखानको उदयसँगै सञ्चारको दुनियाँमा नयाँ उपलब्धि हासिल गरियो । जोहानेस गुटेनबर्गले यस …

Read More »

येशू ख्रीष्‍टमाथि मेरो अत्यधिक विश्‍वास छ— क्रिकेटर दरेन स्यामी

ख्रिस्टाब्द २०१० मा दरेन स्यामी वेस्ट इन्डिज क्रिकेट टिमका कप्‍तानमा नियुक्त गरिए । हालसम्म तिनी मात्र एक यस्ता कप्‍तान हुन् जसले दुई पटक आईसीसी वर्ल्ड ट्वेन्टी ट्वेन्टीको उपाधी उचालेका छन् । तिनकै कप्‍तानीमा वेस्ट इन्डिजले २०१२ मा श्रीलङ्कालाई हराएको थियो भने २०१६ मा इङ्गल्यान्डमाथि जित दर्ता गरेको थियो । २००४ …

Read More »

ख्रीष्टका भक्त डुनान्टको पहलमा रेड क्रसको स्थापना भयो

ख्रिस्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतीयलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्‍री डुनान्टले आफ्नै आँखाले देखे । युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए । तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई म कहिल्यै भुल्ने छैनँ …

Read More »

अङ्ग्रेज प्राकृतिक इतिहासका पिता जोन रे एक शसक्त ख्रीष्टियान थिए

जोन रेलाई अङ्ग्रेज प्राकृतिक इतिहासका पिता मानिन्छ । रसायनशास्‍त्री रोबर्ट बोएलेसँगै तिनी पनि रोएल सोसाइटीका संस्थापक सदस्य थिए । वनस्पतिशास्‍त्र र प्राणीशास्‍त्र दुवैमा तिनी आफ्नो समयका महान्‌तम अधिकारी थिए । तिनको हिस्टोरिया प्लान्टरममा उल्लिखित बोट-बिरुवाहरूको वर्गीकरण आधुनिक जीव वर्गीकरणशास्त्रको लागि एउटा महत्त्वपूर्ण खुड्किलो थियो । ख्रिस्टाब्द १६२७ मा इङ्गल्यान्डमा जन्मेका …

Read More »

मरे होलान् भनी ठानिएका बालक प्रसिद्ध पास्टरसाथै लेखक बने

तिनको जन्ममा तिनी मरे होलान् भनी ठानियो । त्यसैले धाईहरूको ध्यान आमापट्टि गयो जो बेसरी बिरामी परेकी थिइन् । तर ४० मिनेटपश्चात् शिशुको धड्कन फेला परेपछि तिनलाई जीवन दिने कोसिस गरियो । तिनी बाँच्न सफल भए । ती बच्चा अद्भूत देखा परे । तीन वर्षको उमेरमा तिनले बाइबलको एउटा पद …

Read More »

मेरो एउटा सपना छ

मिति २८ अगस्त १९६३ को हो । अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. मा निर्मित लिङ्कन स्मारकको सामु  २,५०,००० भन्दा बेसी मानिसको भिड जम्मा भएको थियो । मार्टिन लुथर किङ्गले एउटा भाषण प्रस्तुत गरे जसलाई आई ह्याभ अ ड्रिम अर्थात् मेरो एउटा सपना छ नाउँले चिनिन्छ । तिनको भाषणलाई अमेरिकी इतिहासमा …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle