Recent Posts

अमेरिकी नोटमा लेखिएको छ— परमेश्‍वरमा नै हामी भरोसा गर्छौं

अमेरिकाको नोटमा लेखिएको छ, “In God We Trust.” यसको नेपाली अनुवाद यस्तो हुन्छ, “परमेश्‍वरमा नै हामी भरोसा गर्छौं ।” यो अमेरिकाको औपचारिक नारा पनि हो । अमेरिकाले १९५६ देखि यस नारालाई अप्नाएको थियो । अमेरिकी गृहयुद्धको बेलामा रचना गरिएको यो नारा ख्रिस्टाब्द १८६४ मा पहिलो पटक अमेरिकी सिक्‍कामा देखा परेको …

Read More »

हाम्रा परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ

“हाम्रा परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ” नामक भजन सर्वोत्कृष्ट भजनहरूको सूचीमा पर्छ । ख्रिस्टाब्द १५२९ तिर सुधारवादी मार्टिन लुथरद्वारा रचित यस भजनलाई “सुधारवादको राष्ट्रिय गान” भनिएको छ । यस भजनलाई अङ्ग्रेजी भाषामा मात्रै कम्तीमा पनि ७१ पटक अनुवाद गरिएको छ । ख्रीष्टियान जगत्‌मा गाइने अन्य कुनै पनि भजनभन्दा यस भजनलाई सबैभन्दा …

Read More »

येशूले किन आफ्नी आमा मरियमलाई “हे नारी” भनी सम्बोधन गर्नुभयो (यूहन्ना २:४) ?

गालीलको काना नगरमा भएको एउटा विवाह भोजमा येशू र उहाँका चेलाहरूलाई पनि निमन्त्रणा थियो । येशूकी आमा मरियम पनि त्यहाँ थिइन् । दाखमद्य सकिएपछि येशूले त्यसको समाधान गर्न सक्नुहुन्छ भन्ने आशा लिएर मरियमले येशूलाई अवगत गराइन्, “तिनीहरूसित दाखमद्य छैन ।” यही प्रसङ्गमा येशूले भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई …

Read More »

बाइबल नै इङ्गल्यान्डको सफलताको रहस्य हो— महारानी भिक्टोरिया

एक पटक अफ्रिकाका राजकुमारका राजदूत महारानी भिक्टोरियालाई भेट्न आए । महारानीको सामु तिनले एउटा प्रश्न राखे जुन सोध्नू भनी तिनलाई आज्ञा गरिएको थियो, “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति र सफलताको रहस्य के हो ?” आफ्नो टेबुलमाथि भएको एउटा पुस्तकलाई उठाउँदै महारानीले जवाफ दिइन्, “इङ्गल्यान्डको सफलताको रहस्य यही पुस्तक हो भनी …

Read More »

येशूका महानतम वाणीबारे १० ओटा शानदार भनाइ

येशूका वचनहरूलाई धेरै पढिन्छ; धेरै उद्धृत गरिन्छ; धेरै प्रेम गरिन्छ; धेरै विश्वास गरिन्छ अनि धेरै अनुवाद गरिन्छ किनकि ती अहिलेसम्मकै महानतम वचनहरू हुन् । तिनको महानता कहाँ छ ? तिनको महानता मानवीय छातीमा स्पन्दित हुने महानतम समस्याहरूलाई प्रस्टसँग, निश्चयतासाथ र आधिकारिक रूपमा हल गर्ने शुद्ध प्रकाशमय आत्मिकतामा छ । बर्नाड …

Read More »

विख्यात पत्रकार माल्कोम येशू ख्रीष्टका अनुयायी बने  

ख्रिस्टाब्द १९०३ मा इङ्गल्यान्डमा जन्मेका माल्कोम मुगरिज पत्रकार, लेखक, सञ्चारकर्मीसाथै व्यङ्ग्यकार थिए । जवान छँदा सामाजिक समानताको पक्षमा लेख्ने गरे तापनि पछि तिनी साम्यवाद विरोधी बने । दोस्रो विश्वयुद्धमा तिनले ब्रिटिस सरकारको लागि सेना र जासुसीको रूपमा कामसमेत गरे । पाँच जना सन्तानमध्ये साहिँलो छोरोको रूपमा जन्मेका माल्कोम साम्यवादी शिक्षाबाट …

Read More »

२,८०० वर्ष पुरानो बाइबलीय राजा आहाजको छाप फेला पारियो

मत्तीको सुसमाचारमा उल्लिखित येशूको वंशावलीमा सूचीकृत राजाहरूमध्ये एक हुन्, आहाज । तिनी यहूदाका एघारौँ राजा थिए जसले ७४१–७२६ ख्रिस्टपूर्वसम्म शासन गरे । तिनी योतामका छोरासाथै उत्तराधिकारी थिए । तिनी यहूदाका राजा हुँदा २० वर्षका थिए र तिनले १६ वर्षसम्म शासन गरे । तर “तिनले आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा …

Read More »

हिन्दु धर्ममा जन्मेका परिचित क्रिकेटर बिनोदले येशूमा नयाँ जन्म पाए

क्रिकेटको दुनियाँमा पृथक् पहिचान बनाउन सफल व्यक्ति हुन्, बिनोद कम्ब्ली । केवल १४ इनिङ्ग्समा १,००० रन बनाउन सफल तिनी बायाँ-हाते ब्याट्सम्यान हुन् । सबैभन्दा थोरै इनिङ्ग्समा यति धेरै रन बनाउने भारतीय क्रिकेटर बनी तिनले इतिहास रचेका छन् । गरिब परिवारमा जन्मेका भारतका साबिक क्रिकेटर बिनोदले भारतको लागि मात्र नभएर दक्षिण …

Read More »

नासाका वैज्ञानिकहरूले अन्तरिक्षमा बाइबलको वचन पाठ गरे

२४ डिसेम्बर १९६८ मा एउटा गजबको इतिहास रचिएको थियो । त्यस दिन चन्द्रमालाई फन्को मार्ने क्रममा नासाका तीन जना अन्तरिक्ष यात्रीले अन्तरिक्षमा नै पालैपालो बाइबलको वचन (उत्पत्ति १:१-१०) पढेका थिए । तिनीहरू अप्पोल्लो ८ नाम दिइएको अन्तरिक्ष यात्रामा थिए । ६ दिन ३ घण्टा ४२ मिनेट अन्तरिक्षमा बिताई अन्तरिक्ष यात्रीत्रय …

Read More »

के मानिस र पशुको भाग्य एउटै हुन्छ (उपदेशक ३:१९) ?

दार्शनिक सोलोमनद्वारा व्यक्त भनाइबाट मानिस र पशुको मृत्युको बिचमा कुनै भिन्नता छैन जस्तो देखिन्छ, “मानिसको भाग्‍य पशुको झैँ हुन्‍छ । ती दुवैको एउटै दशाले प्रतीक्षा गरिरहन्‍छ । एउटा जसरी मर्छ, अर्को पनि त्‍यसरी नै मर्छ । सबैको एउटै सास हुन्‍छ । मानिसहरूको पशुभन्‍दा बढी सुविधा हुँदैन । हरेक कुरा व्‍यर्थ …

Read More »

माकुरोको जालोले विश्वासीलाई शत्रुहरूको हातबाट बचायो 

उत्तर  अफ्रिकामा विश्वासीहरूमाथि उग्र सतावट आउँदा फ्रेडरिक नोलान नाउँ गरेका विश्वासी आफ्ना शत्रुहरूबाट भाग्दै थिए । बेँसीहरूमा भागे तापनि शत्रुहरू तिनको पिछा गर्दै थिए । वैरीहरूले तिनलाई पहाडहरूमा पनि एकलै छाडेनन् । भाग्दा-भाग्दा थकाइले तिनी लखतरान भइसकेका थिए । अब भाग्नको लागि कुनै ठाउँ बाँकी रहेको थिएन । शत्रुहरूले फेला …

Read More »

बाइबलको विश्वव्यापी प्रभावबारे १८ ओटा शानदार भनाइ

हामी बाइबलमाथि भरोसा गर्न सक्छौँ किनकि यसले जे गर्ने छु भनी दाबी गर्छ, यसले त्यो गर्छ अर्थात् यसले जीवन परिवर्तन गर्छ । दसौँ लाख मानिसले क्षमा पाएका र अनन्त जीवन पाएका गवाही दिएका छन् । तिनीहरूका प्रार्थनाका जवाफहरू दिइएका छन् । तिनीहरूका सबैभन्दा गहन आवश्यकताहरू पूरा भएका छन् । जीवनमा …

Read More »

च्यातिएको बाइबल पढेर नयाँ सृष्टि बने आन्दोलनकारी युआन

दक्षिण अमेरिकामा पर्ने राष्ट्र बोलिभियामा अवस्थित एउटा सहरको नाउँ हो, ओरुरो । त्यहाँ युआन नाउँ गरेका एक जना आन्दोलनकारी थिए जो कामदारहरूका लागि न्यायको पक्षमा लड्दै दिए । एकातिर तिनी समाजदेखि रिसाएका थिए भने अर्कोतिर आफ्नै भाग्यदेखि विरक्तिएका थिए । भोक र थकाइले गरुङ्गो शरीर लिई अगाडि हिँड्दै जाँदा तिनको …

Read More »

बाइबलमा उल्लिखित तर काल्पनिक ठानिएका राजा पत्ता लाग्यो

नाबोनिदस नव–बेबिलोनी साम्राज्यका राजा थिए जसले ५५६-५३९ ख्रिस्टपूर्वसम्म शासन गरेका थिए । ५३९ ख्रिस्टपूर्वमा फारसका राजा कोरेसद्वारा तिनको पराजयसँगै नव–बेबिलोनी साम्राज्य ढल्न पुग्यो । तसर्थ बाइबलेतर इतिहासले तिनलाई नै नव–बेबिलोनी साम्राज्यका अन्तिम राजाको रूपमा उल्लेख गर्दै आएको थियो । तर दानिएलको विवरणअनुसार बेलसजर अन्तिम राजा भएका जस्ता देखिन्छन्, “बेलसजर राजाले …

Read More »

हामी परमेश्वरका हातद्वारा बनाइएका शिल्प हौँ   

ख्रिस्टाब्द १८२६ मा इङ्गल्यान्डमा जन्मेका हेन्‍री मुरहाउस बिशपसाथै लेखक थिए । तिनी आफ्नो समयका परिचित वक्ता थिए । उन्नाइसौँ शताब्दीको आरम्भमा तिनी प्रचारको लागि अमेरिका जाने गर्थे । एक पटक मुरहाउस अस्तव्यस्त सहरबाट पैदल हिँड्दै थिए । एक जना ठिटोले पसलबाट माटोको सानो भाँडोमा दूध बोकेर ल्याइरहेको प्रचारकले देखे । …

Read More »

Powered by Youth Circle