Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

के आइन्स्टाइन आस्तिक थिए ?

ख्रिस्टाब्द १८७९ मा जर्मन साम्राज्यमा जन्मेका अल्बर्ट आइन्स्टाइन “जिनिअस” शब्दको पर्यायवाची बने । तिनले आधुनिक भौतिकशास्त्रका दुईवटा खम्बामध्ये एउटा खम्बा (सामान्य सापेक्षताको सिद्धान्त) लाई विकास गरे । अर्को खम्बा हो, क्वान्टम यान्त्रिकी । समय, गुरुत्वाकर्षण र पदार्थको शक्तिमा रूपान्तरण (E=mc2) जस्ता विषयमा तिनले क्रान्ति नै ल्याइदिए । १९४० मा अमेरिकाको …

Read More »

येशू परमेश्‍वर हुनुहुन्छ भन्‍नाका लागि ४ ओटा दरिला साक्षी

येशू को हुनुहुन्छ ? सम्भवतः सारा मानव इतिहासमा अन्य कुनै प्रश्‍नभन्दा यो प्रश्‍नको बारेमा बढी खोज र अनुसन्धान गरिएको छ । येशू गैरख्रिस्टियानहरूका लागि असल शिक्षक, मुसलमानहरूका लागि एक अगमवक्ता त ख्रीष्‍टियानहरूका लागि परमेश्‍वरका पुत्र हुनुहुन्छ । किन ख्रीष्‍टियानहरूले येशूलाई परमेश्‍वरको रूपमा आराधना चढाउँछन् त ? १. येशूले ३०० ओटाभन्दा …

Read More »

परमेश्‍वरको अस्तित्वको लागि ४ ओटा साक्षी

के परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ? हुनुहुन्छ भन्‍नाका लागि मनग्गे साक्षीहरू छन् जसमध्ये यहाँ ४ ओटा प्रस्तुत गरिएका छन् । १. विश्‍वको साक्षी यो सम्पूर्ण विश्‍व (अर्थात् युनिभर्स) कहाँबाट आयो ? यसको लागि केवल तीनवटा विकल्प अगि सार्न सकिन्छन् । (१) यो विश्‍व अनन्त छ । (२) यो विश्‍व आफै अस्तित्वमा …

Read More »

बुद्धिमान् संरचनाका ४ ओटा उदाहरण

पृथ्वी हाम्रो सौर्य मण्डलको सूर्यबाट तेस्रो ग्रह हो । हालसम्मको मानवीय ज्ञानअनुसार यो मात्र एउटा यस्तो पिण्ड हो जसमा जीवको अस्तित्व छ । यस अद्भुत ग्रहको बारेमा कतिपय रहस्यहरू उजागर हुन बाँकी भए तापनि पत्ता लगाइएका तथ्यहरूले पनि हामीलाई छक्‍क पार्छन् । १. पृथ्वीको परिक्रमण तपाईंले कुनै अफिसको टेबुलमा राखिएको …

Read More »

ख्रीष्‍टियान विश्‍वासलाई अङ्गाल्नुपर्ने ४ ओटा कारण

नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रिस्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्‍ट व्यक्तित्व हुनुहुन्थेन । मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो । तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताब्दीभित्र पूरै रोमलाई ढाकिदियो र यो आज हाम्रो भूमिसम्म फैलिएको छ । किन मानिसहरू यस विश्‍वासतर्फ …

Read More »

ख्रीष्‍टियान विश्‍वासलाई अनुसन्धान गरेपछि नास्तिक पत्रकारले घुँडा टेके

तिनी नास्तिक थिए । तिनको बुझाइमा प्रेमिलो र सर्वशक्तिमान् सृष्‍टिकर्ताको अवधारणा वाहियातसिवाय केही थिएन । पत्रकार र कानुनका विद्यार्थी तिनी अमेरिकाको सिकाको ट्रिब्युन नामक दैनिक अखबारका कानुनी सम्पादक थिए । एक दिन तिनकी अज्ञेयवादी पत्‍नी लेज्लीले आएर यसो भनिन्, “केही समयको खोजपछि मैले येशूको अनुयायी हुने निर्णय गरेकी छु ।” …

Read More »

चन्द्र धरातलमा प्रभु-भोज खाएर इतिहास रचे बुजले

इतिहासमा २० जुलाई १९६९ अविस्मरणीय छ किनकि त्यही दिनमा चन्द्रमाको धरातलमा पाइला टेकी दुई जना अन्तरिक्ष यात्रीले इतिहास रचे । ती दुई जना मानिस थिएः निल आर्मस्ट्रङ्ग र बुज अल्ड्रिन । नासाद्वारा प्रक्षेपित अप्पोलो ११ नामक अन्तरिक्ष यानमार्फत तिनीहरूले चन्द्र धरातलमा पाइला टेकेका थिए । तर यी दुईमध्ये त्यही दिन …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle