एक जना सेवकले फेन्नी क्रज्बीप्रति सहानुभूति देखाउँदै भन्यो, “परमेश्वरले तिमीमाथि प्रशस्त वरदानहरू खन्याउनुभएको छ । तर मेरो विचारमा उहाँले तिमीलाई दृष्टि नदिनुचाहिँ ज्यादै दुःखको कुरो हो ।” फेन्नीले तुरुन्तै उसलाई यसो भन्दै हप्काइन्, “के तपाईंलाई थाहा छ कि जन्मने बेलामा मेरा सृष्टिकर्तालाई एउटा बिन्ती चढाउने मौका मलाई प्रदान गरिएको भए …
Read More »Kamal Adhikari
निक— हात र खुट्टाविना जन्मेका प्रेरणादायी प्रचारक
“परमेश्वरले हात र खुट्टा नभएको मानिसलाई उहाँको हात र खुट्टा हुनको लागि प्रयोग गर्न सक्नुहुन्छ भने निश्चय नै उहाँले कुनै पनि इच्छुक ह्रदयलाई प्रयोग गर्नुहुने छ ।” यो निकको भनाइ हो जो हात र खुट्टाविना जन्मे तापनि आज विश्वभरि प्रेरणादायी वक्ता कहलाइएका छन् । वर्तमान संसारमा फरक क्षमता भएका मानिसहरूका …
Read More »मानिसमा भएको परमेश्वरको स्वरूप के हो (उत्पत्ति १:२६-२७) ? (भाग ४)
तिनको नाउँ हो, कोडी हफ । १२ वर्षको उमेरदेखि तिनले गाँजा तान्न थाले । १३ वर्षमा तिनले सडकमा पत्रिका बेच्न थाले, खाना र ड्रग्सको लागि पैसा जुटाउन । तिनी चोर थिए । तिनले ड्रग्सको कारोबार गर्थे । तिनी बारम्बार जेलमा पनि परे । हफसित पैसा थिएन; तिनको जाने ठाउँ थिएन; …
Read More »मानिसमा भएको परमेश्वरको स्वरूप के हो (उत्पत्ति १:२६-२७) ? (भाग ३)
कुनै एउटा मुख्य विश्वविद्यालयमा नीतिशास्त्र पढाउने प्राध्यापकले आफ्ना विद्यार्थीहरूलाई नीतिशास्त्रसम्बन्धी कुनै एउटा विषय रोजेर त्यसबारे शोधपत्र लेख्न अनुरोध गरे । विद्यार्थीहरूले आआफ्नो शोधपत्रलाई कारणसहित उचित प्रकारले समर्थन गर्नुपर्थ्यो । एक नास्तिकवादी विद्यार्थीले नैतिक सापेक्षवादको विषयमा धाराप्रवाह रूपमा लेख्यो । उसको तर्क थियो, “सबै नैतिक नियम सापेक्ष छन् । सच्याइ वा …
Read More »मानिसमा भएको परमेश्वरको स्वरूप के हो (उत्पत्ति १:२६-२७) ? (भाग २)
जुलियन कोप्काको जन्म दक्षिण अमेरिकाको पश्चिममा अवस्थित पेरु नामक देशमा भएको थियो । २४ डिसेम्बर १९७१ मा आफ्नी आमासँगै उनी पितासित ख्रीष्टमस मनाउने उद्देश्यले पिताले काम गरेका सहर पुकाल्पाका लागि प्रस्थान गरे । त्यति बेला उनी १७ वर्षकी थिइन् । चालक दलका ६ जना सदस्यसहित जम्माजम्मी ९२ जना सवार विमान …
Read More »मानिसमा भएको परमेश्वरको स्वरूप के हो (उत्पत्ति १:२६-२७) ? (भाग १)
मिति १७ डिसेम्बर १९०३ को थियो । अमेरिकाको उत्तर क्यारोललिनाको किटी हक नामक सहरको चार माइल दक्षिणचाहिँ स्थान थियो । भाइ ओर्भिल राइटले बिहान १०:३५ मा पहिलो उडान भरे । १२ सेकेन्डमा तिनी जमिनको सतहबाट १२० फिट उचाइमा पुगे । त्यसपछि करिब १० फिटको उचाइमा रही दाजु विल्बर राइटले ५३ …
Read More »त्यागिएका शिशुहरूप्रति ख्रीष्टियान प्रेम
तेस्रो शताब्दीको उत्तरार्द्धसम्ममा आफ्रा र उनको परिवारले ख्रीष्टियान विश्वासलाई अङ्गालिसकेका थिएनन् । उनको परिवार साइप्रसबाट अग्सवर्ग लाग्यो । आफ्राकी आमा हिलारियाले छोरीलाई भेनस देवीको सेवाको निम्ति अर्पण गरिन् । सुरुमा आफ्रा वेश्यावृत्तिमा संलग्न भइन् । त्यस बेला ख्रीष्टियानहरूमाथि सतावट उग्र थियो । त्यसैको चपेटामा परेर स्पेनका बिशप नर्किसस शरणस्थान खोज्दै …
Read More »मानव सभ्यता निर्माणमा ख्रीष्टियान शिक्षाको भूमिका
सभ्यता निर्माणमा ख्रिस्टियमतको भूमिका पाश्चात्य समाजको इतिहास र रचनासित गाँसिएको छ । आफ्नो लामो इतिहासभरि मण्डली शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूमा मात्र मुख्य स्रोत बनेको छैन, तर कला, संस्कृति र दर्शनशास्त्रको लागि पनि प्रेरणा बनेको छ । यसका अतिरिक्त, राजनीति र धर्ममा पनि मण्डली प्रभावशाली नायक बनेको छ । मण्डलीले विविध …
Read More »येशू कहाँबाट स्वर्गारोहण हुनुभयो— बेथानिया वा जैतून पर्वत ?
तेस्रो सुसमाचारीय लेखक डा. लूकाको विवरणअनुसार येशू बेथानियाबाट स्वर्गारोहण हुनुभयो, “त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो । उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो” (लूका २४:५०-५१) । तर उही लेखकको दोस्रो पुस्तकमा भनिएको छ, “उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ …
Read More »शिशु-हत्याको रोक ख्रीष्टियान शिक्षाको अर्को सकारात्मक नतिजा
प्रतिष्ठित इतिहासकार विलियम ई. एच. लेकीले व्यक्त गरेका छन्, “शिशु-हत्या प्राचीन सभ्यताको एउटा गहनतम दाग थियो ।”[i] तिनले त्यसोभन्दा बढाइचढाइँ गरेका थिएनन् । अर्का लेखक फ्रेडरिक फरारले पनि बताएका छन् कि ख्रिस्टियमतका प्रारम्भिक वर्षहरूमा ग्रिकसाथै रोमीहरूका बिचमा शिशु-हत्या कुख्यात रूपमा विश्वव्यापी थियो ।[ii] जानाजानी शिशुको ज्यान लिने कार्यलाई शिशु-हत्या भनिन्छ । …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 