Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

येशू “संसारको प्रायश्चित्त बन्नुभयो”— महात्मा गान्धी

“येशू पूर्णतः निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरूसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो ।” येशू ख्रीष्टको शिक्षाबाट प्रभावित महात्मा गान्धीद्वारा येशूको बारेमा व्यक्त भनाइ हो यो ।[i] पिता करमचन्द उत्तमचन्द गान्धी र माता पुतलीबाई गान्धीबाट २ अक्टोबर १८६९ मा …

Read More »

मरियमका पति योसेफ कसका छोरा थिए— याकूबका वा एलीका ?

येशूकी आमा मरियमका पति योसेफ कसका छोरा थिए ? मत्तीको सुसमाचारअनुसार योसेफ याकूबका छोरा थिए (मत्ती १:१६) भने लूकाको विवरणमुताबिक तिनी एलीका छोरा थिए (लूका ३:२३) । मत्ती १:१६ ले बताउँछ, “याकूब तिनै योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन् । यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन् ।” …

Read More »

कति जना अपराधीले येशूको अपमान गरे— एक जनाले वा दुवै जनाले ?

प्रभु येशू ख्रीष्ट क्रूसमा झुन्ड्याइनुहुँदा उहाँका दायाँ र बायाँ दुई जना डाँका पनि उहाँसँगै क्रूसमा टाँगिएका थिए । एक जनाले वा दुवै जनाले येशूको अपमान गरे भन्ने सम्बन्धमा सुसमाचारका विवरणहरू बेमेल भएका जस्ता देखिन्छन् । मत्ती— “अनि उहाँसँग क्रूसमा झुन्ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे” (मत्ती २७:४४) …

Read More »

संसारमा अमूल्य योगदान पुर्‍याएका ६७ जना ख्रीष्टियान वैज्ञानिक

यस सूचीमा अभिलिखित व्यक्तिहरूले सार्वजनिक रूपमा आफूलाई ख्रीष्टियान भनेर चिनाएका छन् । तसर्थ यहाँ उल्लिखित वैज्ञानिहरू ख्रीष्टियान वैज्ञानिकहरू हुन् । एकातिर यो सूचीमा सोर्‍हौँ शताब्दीअगि योगदान पुर्‍याएका वैज्ञानिकहरूको नाउँ उल्लेख गरिएको छैन भने अर्कोतिर सबै ख्रीष्टियान वैज्ञानिकका नाउँहरू पनि उल्लेख गरिएका छैनन् । अठारौँ शताब्दीअगिका ख्रीष्टियान वैज्ञानिकहरू फ्रान्सिस बेकन (१५६१-१६२६) …

Read More »

स्टट— एउटा खुट्टा नभए तापनि चीनमा सुसमाचार लिएर गएका मिसनरी

एउटा मात्र खुट्टा भएको अशक्त व्यक्ति भएर पनि तिनी किन मिसनरी भएर चीन जान लागेका थिए भनी सोधिँदा तिनले यसरी उत्तर दिएका थिए, “दुईवटा खुट्टा भएकाहरू गएका मैले देखिनँ । तसर्थ, म जानैपर्छ ।” यसरी जवाफ दिने व्यक्ति थिए, जर्ज स्टट । बुबा जोन स्टट र आमा जेन एन्डरसनबाट १३ …

Read More »

स्टिभेन— जसले आफूलाई तीन गोली हान्नेलाई क्षमा दिए

स्टिभेन म्याकडोनाल्ड न्युयोर्क पुलिस विभागका गुप्तचर थिए । १२ जुलाई १९८६ का दिन तिनी आफ्ना सहकर्मीसँगै अमेरिकाको न्युयोर्कस्थित सेन्ट्रल पार्कमा गस्ती गर्दै थिए । तिनीहरूले त्यहाँ साइकल चोरी भएको खबर पाएका थिए । १३-१५ वर्ष उमेरका तीन जना केटा शङ्कास्पद देखिए । तिनीहरूसित सोधपुछ गर्ने क्रममा साभोद जोन्स नाउँ गरेका …

Read More »

बेथानी— बायाँ हात गुमे तापनि पानीसित खेल्ने स्त्रीको रूपमा परिचित

१३ वर्षकी छँदा बेथानी आफ्ना दौँतरी र नातेदारहरूसँगै समुद्री तटमा गइन् । उनी समुद्रको छालसँगै बहने खेल खेल्न गएकी थिइन् जसलाई सर्फिङ्ग भनिन्छ । मिति ३१ अक्टोबर २००३ को हो । बिहानको साढे सात बजेको थियो । सर्फिङ्ग खेल्दा प्रयोग गरिने आफ्नो फलेकमाथि पल्टिरहँदा उनले आफ्नो बायाँ हात पानीमा झारेकी …

Read More »

जोनी— असक्तता भएकाहरूका लागि प्रेरणाकी स्रोत

“मेरो कमजोरी (गर्दनदेखि मुनि पक्षाघात) मेरो सबैभन्दा ठुलो सम्पत्ति हो किनकि म उठ्दा हरेक बिहान यसले मलाई ख्रीष्टका पाखुराहरूमा लैजान्छ ।” यो भनाइ पक्षाघात भएकी जोनी एरिक्सन टाडाको हो जो चित्रकार, वक्ता, अभिनेत्री र लेखिका हुन् । आफ्नो शारीरिक अवस्था जस्तोसुकै कमजोर भए तापनि इच्छाशक्ति भएमा अद्भुत सफलता हात पार्न …

Read More »

एरिक— सगरमाथाको टुप्पोमा पाइला टेक्ने एक मात्र दृष्टिविहीन

ख्रिस्टाब्द १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ्ग नोर्गेले पहिलो पटक सगरमाथाको टुप्पोमा पाइला टेकेपछि साहसिक यात्राको लागि सगरमाथा आकर्षण बन्यो यद्यपि आरोहणको क्रममा धेरैले ज्यान गुमाएका छन् । २००१ मा एरिक नाम गरेका दृष्टिविहीनले पनि संसारकै सर्वोच्च शिखरमा पाइली टेकी इतिहास रच्ने योजना बुने । शारीरिक दुर्बलता मात्र तिनको …

Read More »

फेन्नी क्रज्बी— जसले दृष्टिविहीन भएर पनि ८,००० ओटा भजन रचिन्

एक जना सेवकले फेन्नी क्रज्बीप्रति सहानुभूति देखाउँदै भन्यो, “परमेश्वरले तिमीमाथि प्रशस्त वरदानहरू खन्याउनुभएको छ । तर मेरो विचारमा उहाँले तिमीलाई दृष्टि नदिनुचाहिँ ज्यादै दुःखको कुरो हो ।” फेन्नीले तुरुन्तै उसलाई यसो भन्दै हप्काइन्, “के तपाईंलाई थाहा छ कि जन्मने बेलामा मेरा सृष्टिकर्तालाई एउटा बिन्ती चढाउने मौका मलाई प्रदान गरिएको भए …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle