Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

टेल दान शिलालेख— दाऊदको नाउँ उल्लेख गर्ने ३,००० वर्ष पुरानो शिलालेख

इस्राएलका महान्‌तम राजाको रूपमा आदर गरिएका दाऊद बाइबल धर्मशास्त्रमुताबिक परमेश्वरले औधी रुचाउनुभएका मानिस थिए । इस्राएलको इतिहासमा तिनले उल्लेखनीय भूमिका निर्वाह गरेका भए तापनि बाइबलभन्दा बाहिर तिनको बारेमा केही जानकारी नभएकोले बाइबलका आलोचकहरूले तिनको ऐतिहासिकतामाथि नै प्रश्न उठाउँदै आएका थिए । तर बिसौँ शताब्दीको अन्त्यतिर पत्ता लागेको पुरातात्त्विक खोजले आलोचकहरूको …

Read More »

नाबोनिदसका सिलिन्डरहरू— बाइबलीय विवरणसित सम्बन्धित २,५०० वर्ष पुरानो प्रमाण

नाबोनिदस नवबेबिलोनी साम्राज्यका राजा थिए जसले ५५६-५३९ ख्रिस्टपूर्वसम्म शासन गरे । ५३९ ख्रिस्टपूर्वमा फारसका राजा कोरेसद्वारा तिनको पराजयसँगै नवबेबिलोनी साम्राज्य ढल्न पुग्यो । तसर्थ ख्रिस्टियानेतर इतिहासले तिनलाई नै नवबेबिलोनी साम्राज्यका अन्तिम राजाको रूपमा उल्लेख गर्दै आएको थियो । तर दानिएलको विवरणअनुसार बेलसजर अन्तिम राजा भएको जस्तो देखिन्छ, “बेलसजर राजाले आफ्ना …

Read More »

याकूबको अस्थि-बाकस— नयाँ करारको पुरातात्त्विक इतिहासमा सर्वाधिक महत्त्वपूर्ण खोज

ख्रिस्टाब्द २००२ मा संसारलाई तीन छक पार्ने चुन ढुङ्गाबाट निर्मित एउटा अस्थि-बाकस फेला पारिएको उद्घोष गरियो । इस्राएलको यरूशलेममा फेला पारिएको उक्त अस्थि-बाकसमा प्राचीन आरमेइक भाषामा प्रस्ट रूपमा लेखिएको थियो— “याकूब, योसेफका पुत्र, येशूका भाइ ।” यो यति महत्त्वपूर्ण खोज थियो कि अङ्ग्रेजी पत्रिका टाइमले यसलाई “नयाँ करारको पुरातात्त्विक इतिहासमा …

Read More »

“येशूको डुङ्गा”— बाइबलीय विवरणको पुष्टि गर्ने अर्को प्रमाण

ख्रिस्टाब्द १९८६ को जनवरी महिनामा इस्राएल देशको गालील समुद्रको उत्तरी तटमा माटोमुनि गडेर रहेको अवस्थामा एउटा डुङ्गा फेला पारियो । दुई हप्ताभित्रै यो खबर वनको डडेलोझैँ फैलियो । स्थानीय अखबारहरूले “येशूको डुङ्गा” फेला पारियो भनी लेख्न थाले । गालीलको समुद्रमा पत्ता लगाइएको “पहिलो प्राचीन पानी जहाज” भनी पुरातत्त्वविद्हरूले घोषणा गरे …

Read More »

एब्ला आलेखहरू— बाइबलसित सम्बन्धित ४,५०० वर्ष पुराना साक्षीहरू

बाइबलीय पुरातत्त्वविद्याको क्षेत्रमा एब्ला आलेखहरूको उल्लेखनीय महत्त्व रहेको छ । यस खोजले बाइबलीय ज्ञानमा थप प्रकाश छर्ने काम गरेको छ । माटोले बनेका १,८०० ओटा पत्रहरू, ४,७०० टुक्राहरू र अन्य हजारौँ ससाना चोइटाहरूको सङ्ग्रहलाई दिइएको नाउँ हो, एब्ला आलेखहरू । सिरियाको एब्ला नाउँ गरेको प्राचीन सहरमा यो खोज पत्ता लागेको …

Read More »

मृत सागरका मुट्ठाहरू— बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज

ख्रिस्टाब्द १९४७-१९५६ सम्ममा मृत सागरको उत्तर-पश्चिमपट्टि अवस्थित एघार ओटा गुफामा पत्ता लगाइएका झन्डै ९८१ ओटा पाण्डुलिपिका टुक्राको सङ्ग्रहलाई मृत सागरका मुट्ठाहरू भनेर चिनिन्छ । कुमरान भनेर चिनिने यो क्षेत्र यरूशलेमदेखि १३ माइल पूर्वमा र समुद्री सतहदेखि १,३०० फिट तल पर्छ । धेरैले यसलाई बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज भनेका …

Read More »

पिटर हिचेन्स— बाइबल जलाएका तिनले बाइबलकै पक्षमा वकालत गर्न थाले

ख्रिस्टाब्द १९५१ मा पिटर हिचेन्सको जन्म युरोपेली टापुको मुलुक माल्टामा भएको थियो । तिनका दाजु क्रिस्टोफर हिचेन्स कुख्यात नास्तिक थिए । दाजुभाइ नै धार्मिक दृष्टिकोणबाट सचेत परिवारमा हुर्के तापनि दुवै जना प्रखर नास्तिक बने । आफूले घरमा सिकेका ख्रीष्टियान मूल्य-मान्यताहरूको विरुद्धमा उत्रे तिनीहरू । वास्तवमा पिटरको विद्रोह यति उत्कट थियो …

Read More »

बाइबलबारे ७ ओटा आश्चर्य

संसारमा हालसम्म प्रकाशित सबै पुस्तकहरूमध्ये बाइबल विविध क्षेत्रमा आश्चर्यपूर्ण छ । बाइबलबारे भएका विविध आश्चर्यमध्ये यहाँ ७ ओटा आश्चर्यबारे चर्चा गरिएको छ ।   १. पहिलो आश्चर्य— एकत्व बाइबलका सबै पुस्तक लेख्नलाई जम्माजम्मी झन्डै पन्ध्र सय वर्ष लागेको थियो । बाइबल लेख्न ४० भन्दा बढी मानवीय लेखक संलग्न भए । …

Read More »

जोन सी. राइट— दक्ष लेखक जसले अन्ततः परमेश्वरमा घुँडा टेके

२२ अक्टोबर १९६१ मा अमेरिकामा जन्मेका जोन सी. राइट विज्ञानसित सम्बन्धित आख्यान र काल्पनिक उपन्यासमा कलम चलाउने अमेरिकाका दक्ष लेखक हुन् । अरफान्स अफ खायोस, द गोल्डेन एजजस्ता प्रसिद्ध उपन्यासहरू प्रकाशित गरिसकेका राइट पहिले वकिलसाथै अखबारका सम्पादक थिए । कानुनको क्षेत्रमा असफल भएपछि राइट अखबारको दुनियाँमा प्रवेश गरेका थिए । …

Read More »

मार्भिन ओलास्की— जसले आफूले खोजेका शान्ति बाइबलका पानाहरूमा फेला पारे

१२ जुन १९५० मा मार्भिन ओलास्कीको जन्म अमेरिकामा यहूदी परिवारमा भएको थियो । तर तिनी किशोर अवस्थामा नास्तिक बने । कलेजमा मार्क्सवादको शिष्य बनी ख्रिस्टाब्द १९७२ मा तिनी कम्युनिस्ट पार्टी युएसएमा लागे । त्यही समयतिर तिनले बिहे गरे; सम्बन्धविच्छेद गरे । तिनको आफ्नै स्वीकारमा तिनले दस आज्ञाको “हत्या नगर्नू” भन्ने …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle